NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
Reading Time: 1 min read
A A
देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ भदौ , काठमाण्डौ ।

जेनजी  आन्दोलनका कारण मंगलबार देशभरको जनजीवन अस्तव्यस्त बनेको छ। नेपाली सेना सहितका सुरक्षा फौज परिचालन भएपछि राजधानी काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएपनि, आन्दोलनकारी हरूले छाडेका क्षतिका निशानहरू डरलाग्दा छन्।

देशभर निषेधाज्ञा जारी गरिएको छ र सेनाले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ। काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरहरूमा शान्ति सुरक्षा कायम गर्न र अराजक गतिविधि नियन्त्रण गर्न नेपाली सेना परिचालन गरिएको छ।

LS Auto

मंगलबारको जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी पछि सुरक्षा निकायहरू उच्च सतर्कतामा छन्। सेनाले माइकिङ गर्दै अनावश्यक रूपमा घरबाहिर ननिस्कन सर्व साधारण लाई आग्रह गरिरहेको छ भने आकस्मिक सेवामा संलग्न व्यक्ति लाई परिचय पत्रका आधारमा आवत जावतको अनुमति दिएको छ।

सिंहदरबार स्थित संसद भवन, सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं, सरकारी वकिलको कार्यालय, वैद्य खाना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका सरकारी तथा संवैधानिक निकायहरूमा भएको आगजनी र तोडफोडबाट ठूलो क्षतिपुगेको छ।

सडकमा जताततै सवारी साधनहरू जलेको र ढुंगा, इँट्टा, सिसाका टुक्राहरू छरिएका देखिन्छन्।अहिले काठमाडौंसहित देशभरका शहरका सडक सुनसान छन् ।

जेनजी बाट सडक सर सफाइ पनि सुरु भएको छ। नेपाली सेनाले देशभर आज साँझ ५ बजेसम्म निषेधाज्ञा र भोलि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ। सेनाले अपराध जन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ।

कर्णाली प्रदेश सभाभवन पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। सभामुख, उपसभामुखको कार्यकक्ष, सचिवालय र संसदीय समितिका सबै कार्यालयहरूमा आगजनी भएको छ।

सबै कागजात, डकुमेन्ट, रेकर्ड र प्राविधिक सामग्रीहरू जलेर नष्ट भएका छन्। अनुमानित अर्बौं बराबरको क्षति भएको छ।यसैगरी, कोशी प्रदेशको राजधानी विराटनगरका सरकारी संरचनाहरू पनि ध्वस्त भएका छन्।

प्रदेशसभा भवन, उच्च अदालत, मोरङ जिल्लाअदालत, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायत दर्जनौं सरकारी भवनहरूमा आगो लगाइएको छ।

राष्ट्रिय वाणिज्य बैंक र भाटभटेनी सुपरमार्केटमा समेत तोडफोड र आगजनी भएको छ, जहाँ लुटपाट समेत मच्चाइएको छ। नक्सालमा रहेको प्रहरी मुख्यालय नजिकैको हिल्टन होटल र भाटभटेनीमा लागेको आगो २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन र हिल्टन भित्र प्रज्ज्वलनशील पदार्थहरू पड्किरहेका छन्।

आन्दोलनको सबैभन्दा ठूलो निशाना भने न्यायपालिका बनेको छ। सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौँ र विशेष अदालतमा आगजनी भएको छ।

सर्वोच्च अदालतमा भएको आगजनीका कारण २४ हजारभन्दा बढी मुद्दाका फाइलहरू र अभिलेख सहितका डाटा सेन्टर पूर्ण रूपमा ध्वस्तभएका छन्।

हेटौँडा स्थित ब्याकअप डाटा सेन्टरमा समेत तोडफोड र आगजनी भएपछि सर्वोच्चको सर्भर डाउन भएको छ, जसले गर्दा अनलाइन बाट मुद्दाको पेशीतोक्ने कार्य ठप्प भएको छ।

न्यायाधीशहरूका अनुसार डिजिटलाइज गर्ने प्रक्रियामा रहेका सबै अभिलेखहरू जलेर नष्ट भएका छन्। विशेष अदालतमा रहेका भ्रष्टाचार मुद्दाका फाइलहरू पनि खरानी भएका छन्।

सर्वोच्च अदालतले मुद्दाको पेशीअनिश्चितकालीन समयका लागि स्थगित गरेको छ। आन्दोलनकारी हरूले पूर्वप्रधानमन्त्रीएवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठ स्थित निवासमा समेत आक्रमण गरेका थिए।

आक्रमणमा परेर रगताम्मे भएका देउवालाई सेनाको हेलिकप्टरबाट उद्धार गरी सैनिक अस्पतालमा उपचारपछि सुरक्षित स्थानमा राखिएको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ।

सामाजिक सञ्जालमार्फत बाहिरिएको भिडियोमा देउवाको शरीर रगताम्मे देखिन्छ । सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको सैनिकअधिकारीहरू बताउँछन् ।

त्यसपछि अन्यत्र सुरक्षित ठाउँमा राखेर उपचार भइरहेको सैनिक स्रोतले जनाएको छ । देशभरि फैलिएको यो हिंसा र विनाशले नेपालको सामाजिक, आर्थिक र कानूनी संरचना माथि गम्भीर प्रभावपारेको छ।

यो संकटको घडीमा सबै पक्षलाई संयमताअपनाई शान्ति र सुव्यवस्था कायम गर्न एकजुट हुन नेपाली सेनाले अपिलगरिरहेको छ। साथै संकट समाधानका लागि सेनाले वार्ताको पहल पनि जारी राखेको छ ।

Tags: # कहाँ छन् शेरबहादुर ?

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.