देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

२४ भदौ ८२, बुधबार

२५ भदौ , काठमाण्डौ ।

जेनजी  आन्दोलनका कारण मंगलबार देशभरको जनजीवन अस्तव्यस्त बनेको छ। नेपाली सेना सहितका सुरक्षा फौज परिचालन भएपछि राजधानी काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएपनि, आन्दोलनकारी हरूले छाडेका क्षतिका निशानहरू डरलाग्दा छन्।

देशभर निषेधाज्ञा जारी गरिएको छ र सेनाले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ। काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरहरूमा शान्ति सुरक्षा कायम गर्न र अराजक गतिविधि नियन्त्रण गर्न नेपाली सेना परिचालन गरिएको छ।

मंगलबारको जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी पछि सुरक्षा निकायहरू उच्च सतर्कतामा छन्। सेनाले माइकिङ गर्दै अनावश्यक रूपमा घरबाहिर ननिस्कन सर्व साधारण लाई आग्रह गरिरहेको छ भने आकस्मिक सेवामा संलग्न व्यक्ति लाई परिचय पत्रका आधारमा आवत जावतको अनुमति दिएको छ।

सिंहदरबार स्थित संसद भवन, सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं, सरकारी वकिलको कार्यालय, वैद्य खाना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका सरकारी तथा संवैधानिक निकायहरूमा भएको आगजनी र तोडफोडबाट ठूलो क्षतिपुगेको छ।

सडकमा जताततै सवारी साधनहरू जलेको र ढुंगा, इँट्टा, सिसाका टुक्राहरू छरिएका देखिन्छन्।अहिले काठमाडौंसहित देशभरका शहरका सडक सुनसान छन् ।

जेनजी बाट सडक सर सफाइ पनि सुरु भएको छ। नेपाली सेनाले देशभर आज साँझ ५ बजेसम्म निषेधाज्ञा र भोलि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ। सेनाले अपराध जन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ।

कर्णाली प्रदेश सभाभवन पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। सभामुख, उपसभामुखको कार्यकक्ष, सचिवालय र संसदीय समितिका सबै कार्यालयहरूमा आगजनी भएको छ।

सबै कागजात, डकुमेन्ट, रेकर्ड र प्राविधिक सामग्रीहरू जलेर नष्ट भएका छन्। अनुमानित अर्बौं बराबरको क्षति भएको छ।यसैगरी, कोशी प्रदेशको राजधानी विराटनगरका सरकारी संरचनाहरू पनि ध्वस्त भएका छन्।

प्रदेशसभा भवन, उच्च अदालत, मोरङ जिल्लाअदालत, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायत दर्जनौं सरकारी भवनहरूमा आगो लगाइएको छ।

राष्ट्रिय वाणिज्य बैंक र भाटभटेनी सुपरमार्केटमा समेत तोडफोड र आगजनी भएको छ, जहाँ लुटपाट समेत मच्चाइएको छ। नक्सालमा रहेको प्रहरी मुख्यालय नजिकैको हिल्टन होटल र भाटभटेनीमा लागेको आगो २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन र हिल्टन भित्र प्रज्ज्वलनशील पदार्थहरू पड्किरहेका छन्।

आन्दोलनको सबैभन्दा ठूलो निशाना भने न्यायपालिका बनेको छ। सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौँ र विशेष अदालतमा आगजनी भएको छ।

सर्वोच्च अदालतमा भएको आगजनीका कारण २४ हजारभन्दा बढी मुद्दाका फाइलहरू र अभिलेख सहितका डाटा सेन्टर पूर्ण रूपमा ध्वस्तभएका छन्।

हेटौँडा स्थित ब्याकअप डाटा सेन्टरमा समेत तोडफोड र आगजनी भएपछि सर्वोच्चको सर्भर डाउन भएको छ, जसले गर्दा अनलाइन बाट मुद्दाको पेशीतोक्ने कार्य ठप्प भएको छ।

न्यायाधीशहरूका अनुसार डिजिटलाइज गर्ने प्रक्रियामा रहेका सबै अभिलेखहरू जलेर नष्ट भएका छन्। विशेष अदालतमा रहेका भ्रष्टाचार मुद्दाका फाइलहरू पनि खरानी भएका छन्।

सर्वोच्च अदालतले मुद्दाको पेशीअनिश्चितकालीन समयका लागि स्थगित गरेको छ। आन्दोलनकारी हरूले पूर्वप्रधानमन्त्रीएवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठ स्थित निवासमा समेत आक्रमण गरेका थिए।

आक्रमणमा परेर रगताम्मे भएका देउवालाई सेनाको हेलिकप्टरबाट उद्धार गरी सैनिक अस्पतालमा उपचारपछि सुरक्षित स्थानमा राखिएको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ।

सामाजिक सञ्जालमार्फत बाहिरिएको भिडियोमा देउवाको शरीर रगताम्मे देखिन्छ । सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको सैनिकअधिकारीहरू बताउँछन् ।

त्यसपछि अन्यत्र सुरक्षित ठाउँमा राखेर उपचार भइरहेको सैनिक स्रोतले जनाएको छ । देशभरि फैलिएको यो हिंसा र विनाशले नेपालको सामाजिक, आर्थिक र कानूनी संरचना माथि गम्भीर प्रभावपारेको छ।

यो संकटको घडीमा सबै पक्षलाई संयमताअपनाई शान्ति र सुव्यवस्था कायम गर्न एकजुट हुन नेपाली सेनाले अपिलगरिरहेको छ। साथै संकट समाधानका लागि सेनाले वार्ताको पहल पनि जारी राखेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top