NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

जेनजीले अब के गर्नुपर्छ ?

बिहिबार भदौ २६ , २०८२
Reading Time: 1 min read
A A
‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ भदौ , काठमाण्डौ ।

नेपाली युवा देशका भविष्य हुन् । यिनै युवाले आफ्नो भविष्य बर्बाद हुने देखेपछि जेनजी क्रान्ति गरेका छन् । क्रान्ति हो, क्रान्तिपछि न संविधानले काम गर्छ, न विचार,न सिद्धान्त ? क्रान्तिपछि क्रान्तिको मुल एजेन्डा नै स्थापित हुने हो , न कि पूरानै आततायी सरकारको पदचाप ।

जेनजीहरुले सुरु गरेको यो प्रोटेस्ट मुख्य गरी भ्रष्टाचार विरोधी थियो, त्यहीँबाट यो विद्रोह सुरु भएको थियो। जेन–जीको आन्दोलनपछि मंगलबार दिउँसो अहंकारी सत्ताको पतन भइसकेको छ। यो विद्रोहबाट अकल्पनीय धनजनको क्षति भयो, यो दुखद् पक्ष हो ।

तर शायद संसारमै विरलै हुने घटना नेपालका जेनजीहरुले गरेका छन् । यद्यपि यसको फल अझै हात परिसकेको छैनन् । यसैले अझै संयम धैर्य र चार्तुयता देखाउन जरुरी छ । पूरानो राज्य सत्तामा रजगज गरेकाहरु सल्बलाउन थालिसकेका छन् ।

सामूहिक राजीनामा दिएका भनिएकाहरु नै खबरदार संसद मास्न पाइदैन भनिरहेका छन् । यसको अर्थ अब फेरि यत्रो क्रान्तिपछि पनि त्यही संसदबाटै अन्तरिम सरकार र मन्त्रीमण्डल बनाउने हो त ? विल्कुल होइन, हुँदै होइन । राजनीतिक दलमा आवद्ध भएका नेता कार्यकर्ताहरु, अन्धभक्त, ठेकेदारहरुले फाइदा लिन सक्छन् ।

उनीहरुको सिण्डिकेट जरैबाट निमुर्ल पार्नुपर्नेछ । सबैभन्दा महत्वपूर्ण विषय अब पनि गलत मान्छेको हातमा देश पर्याे भने बर्बाद हुनेछ । यति छोटो अवधिमा सरकारलाई घुँडा टेकाउन सक्ने यो आन्दोलनले खुशी र विस्मय दुवै दिलायो। एउटा निरंकुशको हठको कारण त्यतिका कलिला युवाहरूले अनाहकमा ज्यान गुमाउनु पर्यो।

उनीहरू मर्न जरुरी नै थिएन, मार्न जरुरी नै थिएन। जसजसले गरे यो, जसले आदेश दियो, तिनीहरूलाई भविष्यमा बन्ने सरकारले र न्यायपालिकाले कठघरामा पक्का उभ्याउने छ। जे नहुनु पर्ने थियो, त्यही भइसक्यो । सरकारले घुँडा टेकिसकेपछि पनि जेजे आगजनीहरू भए र तोडफोड भए, त्यो पनि सिंहदरबार, अदालत, अख्तियार जस्ता जहाँ–जहाँ महत्वपूर्ण कागजातहरू छन्, भ्रष्टाचारका कागजातहरू छन्, त्यो ठाउँमा छानी–छानी आगो लगाइएको छ।

त्यो पनि हुँदै नहुने कुरा भयो। राष्ट्रको सम्पत्तिमा आगजनी र तोडफोड कुनै पनि दृष्टिबाट क्षम्य छैन। त्यसको पनि लेखाजोखा होला, हुनु पनि पर्छ । लुटपाट र आगजनी सभ्य समाजले कहिले पनि गर्न सक्दैन। अहिलेदेशमा सरकारविहीनताको अवस्था छ । सरकार फेल भइसकेको, प्रहरी र प्रशासन फेल भइसकेको, कमाण्ड सेनाले हातमा लिएको अवस्था छ ।

शान्ति र सुव्यवस्था क्रमशः सेनाको कारणले फिर्ता आउँदैछ। देश सेनालाई सुरक्षित बनाइरहेको छ र जेनजीको आन्दोलनलाई पनि सेनाले नै सफल बनाउने छ । अहिले पूरानो राज्यसत्ताबाट कहाँनेरबाट अहिलेको यो क्रान्तिपछिको उपलब्धिलाई सफल हुन्बाट रोक्न सकिन्छ भनेर तानाबाना बुन्न थालिसकेको अवस्था छ ।

हो यहीनेर सबैभन्दा बढी चनाखो हुनु पर्नेछ । बजारमा भारतले आफ्नो सीमावर्ती क्षेत्रहरूमा रक्षा गर्ने भन्दै सुरक्षा फौज तैनाथ गरेको , पहिला नै यो आन्दोलनको डिजाइन गरिएको, विदेशीले खेलेको, आर्थिक सहयोग गरेको लगायतका खबरहरु छ्यापछ्याप्ती छन् ।

यदि कुनै पनि कारणले नेपाली सेनाले अहिले पनि कतिपय स्थानमा जारी हुलदङ्गा र तोडफोड नियन्त्रण गर्नसकेन र प्रहरी र प्रशासन सरकार जस्तै नेपाली सेना पनि विफल भयो भने त्यही बहानामा विदेशी सेना र शान्ति बहालीको निहुँमा अरु देशका सेनाहरू नेपाल घुस्ने सम्भावना पनि उत्तिकै छ।

यसलाई नकार्न सकिँदैन। धेरै देशमा यो भएको पनि छ। त्यसैले सबै देशभक्त नेपालीहरूले नेपाली सेनालाई यो बेलामा साथ दिनु पर्छ। एउटै मात्रै आशाको केन्द्र भनेको अहिलेको अवस्थामा नेपाली सेना हो। उसलाई विफल बनाउनु हुँदैन। सबै ठाउँमा सेना र सुरक्षा बल पुग्न सक्दैन।

ती ठाउँहरूमा स्थानीय टोल सुरक्षा समितिहरू आफैँले बनाएर भए पनि यो तरल अवस्थामा ती ठाउँहरूको सुरक्षा, जनधनको सुरक्षा आफैँले गर्नुपर्ने बेला हो यो । विश्वमै शान्तिस्थापर्नाथ अब्बल नेपाली सेनाले सुरक्षाको जिम्मा लिएपछि यो अस्तव्यस्तता धेरै दिन टिक्ने वाला छैन।

क्रमशः बिस्तारै ठाउँमा आउँछ। भगेका भगाइएका कैदीबन्दीहरु पक्राउ परिरहेका छन् । लुटपाट मच्चिएका र लुटिएका सामानहरू स्थानीय मानिसहरूका पहलमा घरघरमा गएर त्यसरी चोरिएका सामानहरू फिर्ता गर्दै गरेका समाचारहरू पनि आएका छन् । तर यो तरल अवस्थामा सबैले आफ्नै–आफ्नै रोटी सेक्ने गरेका विचारहरू बाहिर ल्याइरहेका छन् ।

ठ्याक्कै त्यसैगरी जीनजीहरू पनि अभिभावको राजनीति आस्थाका आधारमा केही विभाजित अभिब्यक्तिहरु दिइरहेका छन् । कसैले यो पक्षको त कसैले त्यो पक्षको कुरा राखेको, अनि सबैजना एकमत हुन नसकेको देखिन्छ। सामूहिक नेतृत्व रहेको क्रान्तिहरुमा यो स्वभाविक हो ।

अहिले जेनजीका प्रतिनिधिहरुलाई जोजो छन्, उनीहरूलाई नै ’ए यो त फलानो पार्टीको फलानो मान्छेको छोरा रहेछ’, ’त्यो फलानो पार्टीको मान्छेको छोरी रहेछ’, ’यसको समर्थक रहेछ’, ’उसको झोले रहेछ’ भनेर आपसमा फुटाउने र दोष लगाउने काम सुरु भइसकेको छ।

अर्थात् धमिलो पानीमा माछा मार्ने काम सुरु भइसकेको छ। हो यही नेर जेनजीहरुले परिपक्कता देखाउनु पर्नेछ । उमेर र अनुभवले राजनीतिक रुपमा पर्ने असर बारे आंकलन गर्न नसकेपनि क्रान्तिवीर बनिसकेका जेनजीहरु अन्य सबै पक्षमा बयस्क बनिसकेका छन् । यसैले यो बेलामा, सबभन्दा ठूलो कुरा संयम र होश नगुमाउनुहोला।

सबैको कुरा सुन्नुहोला तर अन्तिममा देशको हित केले हुन्छ, त्यसमा डिसिजन गर्नुहोला। एकमत हुनुहोला, देश बचाउनुहोला। अब देश बचाउने जिम्मा तपाईंहरूको हातमा छ। युवाकै भविष्यका लागि भ्रष्ट राज्य संस्थालाई घुँडाटेकाएर क्रान्तिको पहिलो अध्यायमा जित हासिल गरेका जेनजीहरुले अब यसलाई संस्थागत गर्न ढिला नगर्नुहोला, अबको पहिलो प्राथमिकता देश, देश बाँचेमात्रै हामी बच्छौं अनि नेपाल बच्छ।

भविष्यका कर्णधार युवाको विचार र युवाकै सक्षमताले देशको भविष्य निर्धारण गर्छ । तर नेपालमा भने युवा पुराना नेतृत्वबाट प्रयोग मात्रै हुँदै आए । युवा हस्तक्षेपकारी बन्न सकेनन् । पटक पटकको आन्दोलनले देशमा व्यवस्थापकीय परिवर्तन भयो । तर नेता र नेतृत्व उही र उनीहरु नै दोहोरिए ।

पुराना नेताहरुको बुद्धि र विवेकले मुलुक बनेन । बरु नेताहरुमै भ्रष्ट मनशाय मौलायो । त्यसैले नेपाल नै भ्रष्टाचार, बेथिति र विकृतिको दलदलमा फस्यो । तर पनि जनताले देश बन्ला कि ? भनेर नेताहरुकै मुख ताके । तर अहँ ! देश बनेन् । यसैले नै जेनजीहरु क्रान्तिवीर बने, अब उनीहरुलाई अल्मलिने छुट पक्कै छैन् । जय देश, जय जेनजी

Tags: # जेनजीले अब के गर्नुपर्छ ?#जेनजी क्रान्तिपछि के हुँदैछ ?

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.