चेस ओलम्पियाडमा युगान्डालाई हराउँदै नेपाद्धारा उपाधि होड कायम

१९ असोज ७५, शुक्रबार
Share this
791shares

काठमाडौँ, असोज १९
जर्जियामा जारी ४३ औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले युगान्डालाई ३–१ ले हराउँदै उपाधि होड कायम राखेको छ ।

Advertisement

समूह डी मा रहेको नेपालले नवौँ चरणको खेल जितेपछि नेपालको १० अङ्कका साथ दोस्रो स्थानमा छ । समान १० अङ्क नै बनाएको दक्षिण कोरिया शीर्ष र श्रीलङ्का तेस्रो स्थानमा छन् ।

तीस वटा मुलुक सहभागी यस समूहमा नवौँ चरणमा रिजेन्द्र राजभण्डारीले युगान्डाका साड्रक कान्टीन्टीलाई पराजित गरे । अर्को बोर्डमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले प्याटिक काउमालाई र विवेक थिङले हारुना नसुबुगालाई हराए ।

Advertisement

हिमाल लामा अरथुर सेग्वानीसँग पराजित भएका थिए । दशौँ चरणमा नेपालले बलियो टोली चिलीसँग प्रतिस्पर्धा गर्नेछ । वरियतामा ४९औँ स्थानमा रहेको चिली नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो । बरियतामा नेपाल ११८औँ स्थानमा छ ।

यसैगरी महिलातर्फ नवौँ चरणको खेलमा नेपालले ट्रिनिडाड एन्ड टोवागोसँग ३–१ पराजित भएको छ । नेपालकी सिन्दीरा जोशी र मोनालिसा खाम्बुले बराबरी खेलेका थिए । सुशीला गुरुङ र सुजना लोहनीले भने हार टार्न सकेनन् । दशौँ चरणमा नेपालले घानासँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top