×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

२६ भाद्र २०८२

२६ भदौ , काठमाण्डौ ।

पेटमा भोक, टाउकामा ऋण, हातमा बेरोजगारी अनि भविष्य अन्धकार देख्न थालेपछि जनताको अन्तिम विकल्प सडक विद्रोह मात्र रहन्छ । यो यस्तो सडक विद्रोहले श्रीलङ्कापछि बङ्गलादेश हुँदै नेपाल सम्मका सत्ता रातारात ढलेका छन् । यी तिनै देशको अवस्था उस्तै थियो ।

Advertisement

आन्दोलनकारीहरूले तिनै देशमा एउटै तरिकाले सत्ताका मतियारहरूलाई लखेटेका छन् । अबको पालो इन्डोनेसियाको छ । त्यहाँ नेपालमा आन्दोलन सुरु हुनु भन्दा एक साता अघिदेखि जनताले सडकमा विद्रोह सुरु गरी सकेका छन् ।

एक पछि अर्को हुँदै श्रीलङ्का, बङ्गलादेश, नेपालमा सत्ता ढलेपछि इन्डोनेसियाको आन्दोलनको समेत समीक्षा गर्दै यति बेला भारतीय मिडियाहरू भारतमा पनि छिमेकी देशहरूको जस्ता मुद्दा रहेको र त्यसलाई बेलैमा सरकारले सम्बोधन नगरी विद्रोहको चेतावनी दिई रहेका छन् ।

भारतका वरिष्ठ पत्रकार रविस कुमारले भनेका छन् भारतमापनि यी देशहरूकै जस्ता धेरै मुद्दा मिल्ला मिल्दाजुल्दा छन् । नेपालमा भएको यो विद्रोह भारतका लागि पनि सबक हुन सक्छ ।जुनै पनि मुलुकमा सत्ता परिवर्तनसँगै मुलुकमा आशा जाग्छ, तर हरेक पटक सत्तामा पुगेपछि राजनीतिक दलहरू भ्रष्टाचारको दलदलमा फस्छन्।

जनताले दिएको जनदेशलाई इमानदारीपूर्वक सेवा गर्ने अवसर पाएका नेताहरूको पहिलो प्राथमिकता जनहित नभई निजी स्वार्थ पूर्तिका लागि अभिप्रेरित हुन्छ । त्यसपछि जनता विद्रोहको बाटो रोज्न बाध्य हुन्छन् ।भ्रष्टाचार केवल पैसाको खेल मात्र होइन, यसले समाजको नैतिक आधार हल्लाउँछ।

ठुला ठेक्कापट्टा, पद–प्रतिष्ठा बाँडफाँट, नातावाद–कृपावाद जस्ता कुराले लोकतन्त्रको आधारशिला कमजोर हुन्छ। यसरी नेताले जब जनता भन्दा दलाल र चाकडीबाजीलाई महत्त्व दिन थाल्छन्, तब देश शासन होइन, शोषणतर्फ धकेलिन्छ । तर यस्तो अन्यायपूर्ण र असमान व्यवस्थाले कहिल्यै स्थायित्व पाउँदैन ।

इतिहास साक्षी छ—जब भ्रष्टाचारले सीमा नाघ्छ, विद्रोह अपरिहार्य हुन्छ। नेपालमा मात्रै होइन, बङ्गलादेशदेखि श्रीलङ्का, इन्डोनेसिया मात्र हैन अन्य मुलुकसम्म यही चक्र दोहोरिने छ । राजनीतिक दलहरूले बुझ्नुपर्ने मुख्य सत्य के हो भने जनताको विश्वास धोका दिनेहरूको टिकाउ शासन कहिल्यै रहँदैन ।

विद्रोह सडकमा निस्किएपछि नेताहरूको सारा शक्ति, सम्पत्ति र षड्यन्त्र धुलोमा मिल्छ । हरेक देशका जनताको चेतावनी सरल छ—सत्ता जनताको हो, यदि दुरुपयोग भयो भने विद्रोह अवश्य हुन्छ । जनताको मत लिएर सत्तामा पुगेर भ्रष्टाचार गरेको भन्दै नेपालका दुई छिमेकी देश श्रीलङ्का र बङ्गलादेशका राष्ट्र प्रमुखहरूलाई जसरी त्यहाँ जनताले राष्ट्रपति भवन प्रधानमन्त्री कार्यालयदेखि निजी निवाससम्म नियन्त्रणमा लिई देशबाट लखेटेका थिए त्यसै गरी मङ्गलवार नेपालमा जेनजी पुस्ताले प्रधानमन्त्रीदेखि प्रमुख दलका नेताहरूलाई समेत भाग्न मात्र बाध्य बनाएन सिंहदरबार, प्रतिनिधि सभा, सर्वोच्च अदालत, अख्तियारदेखि सङ्घीय राजधानी काठमाण्डौंसहित देशै भरका सरकारी कार्यालयहरूमा आगजनी गरे ।

इतिहासमा नै यति छोटो समयमा तिन दशक भन्दा लामो समय चलेको राज्य सत्ता २४ घण्टा भित्र विस्थापित गरे । जसरी श्रीलङ्का र बांगलादेशको सिको नेपालमा आइ पुग्यो त्यसै गरी अब दक्षिण तर्फको भारत र इन्डोनेसिया सम्म सल्कदैछ ।

इन्डोनेसियामा दश दिन देखि आन्दोलन चली रहेको छ । त्यहाँका विद्यार्थीहरूले उठाएका मुद्दा र नेपालका जेनजीहरुले उठाएका मुद्दा मिल्दाजुल्दा छन् । अहिलेसम्म कम्तीमा १० जनाको मृत्यु र सयौँ घाइते भई सकेका छन् । राष्ट्रपति प्रबोवो सुबियान्तोले सत्ता सम्हालेको एक वर्ष नपुग्दै ठुलो राजनीतिक चुनौती खेप्नुपरेको हो ।

त्यति बेला सरकारले सांसदहरूलाई आवास भत्ताका रूपमा प्रतिव्यक्ति ३ हजार अमेरिकी डलर दिने निर्णय गरेको थियो। तीन हजार डलर भनेको इन्डोनेसियामा एक जना सांसदले पाउने तलबभन्दा १० गुणा बढी हो। त्यति बेला सरकारले शिक्षा, स्वास्थ्यलगायत जनतालाई दिने आधारभूत सेवा–सुविधामा कटौती गरेर सांसदहरूको सेवा–सुविधा बढाएको भन्दै आक्रोश बढेको थियो।

त्यसको विरुद्ध ‘गेजायन मेमाङ्गिल’ जस्ता विद्यार्थी समूहहरूले जकार्तास्थित संसद् भवनअगाडि जम्मा भएर प्रदर्शन गरेका थिए। त्यति बेला प्रदर्शन शान्तिपूर्ण नै थियो। शान्तिपूर्ण प्रदर्शनका क्रममा गत बिहीबार राति प्रदर्शनकारीहरूको भीडमा विशेष अर्धसैनिक प्रहरी इकाइले बख्तर बन्द गाडी चलाएको थियो। २१ वर्षीय युवकलाई किचेको थियो।

बख्तर बन्दले ठक्कर दिएपछि ब्याक गरी–गरी ती युवकलाई किचेर मारेको भिडियो सार्वजनिक भएपछि शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेको थियो। त्यहाँ स्वास्थ्य, शिक्षा र स्थानीय सरकारको बजेटलगायत धेरै आधारभूत सामाजिक सेवाहरूमा कटौती गरिएको छ ।

गरिबको सङ्ख्या बढ्दै छ र मध्यम वर्ग खुम्चिँदै छ । समाजका दुवै वर्ग पीडामा छन् । प्रदर्शनकारीहरूले विधायकहरूको नयाँ आवास भत्ता र विदेश भ्रमण जस्ता अन्य सुविधाहरू रद्द गर्न माग गरी रहेका छन् । नेपालमापनि धेरै व्यवस्था परिवर्तन भए । तर जनताको अवस्था परिवर्तन हुन सकेको थिएन ।

सत्ता बिचौलियाहरूको चङ्गुलमा परेको थियो । भ्रष्टाचार व्यापक थियो । गणतन्त्र स्थापना भएको १७ वर्षमा १६ पटक प्रधानमन्त्री फेरिएका थिए । जनतामा व्यापक असन्तुष्टि थियो । जुन कुरालाई राजनीतिक दलहरूले बुझ्न सकेनन् र चाहेनन् पनि । जसका कारण जनतामा आक्रोश भुसको आगो सल्कँदा झैँ सल्की रहेको थियो ।

त्यही बेला सरकारले बाठो भएर सामाजिक सञ्जाल बन्द गर्ने निर्णय ग¥यो । त्यस बेला प्रधानमन्त्रीको दल नेकपा एमालेको विधान महाधिवेशन चली रहेको थियो । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालिकालाई काठमाण्डौमा ठक्कर दिएर नरोकी अघि बढेको भिडियो भाइरल भई रहेको थियो ।

बालिकालाई ठक्कर दिएको र जेनजीले घोषणा गरेको आन्दोलनका बारेमा विधान महाधिवेशन स्थलबाट प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तीले पनि जेनजी समूह झनै आक्रोशित बन्यो । भदौ २३ गतेको घोषित आन्दोलनमा ओली सरकारले चरम दमन ग¥यो । १९ जना जेनजीको ज्यान गयो ।

त्यसैको आक्रोशमा ३६ वर्षदेखि आलोपालो सत्तामा रजाइँ गर्दै आएका पुराना भनिएका दलहरूको सत्ता चक्र समाप्त भएर नेपाल नयाँ मोडमा अघि बढ्यो । यसैलाई लिएर भारतीय मिडियाहरूले नेपाल र इन्डोनेसियाको आन्दोलनलाई तुलना गर्दै भारतमापनि त्यसको सम्भावना भएको औँल्याइ रहेका छन् ।

Advertisement

भारतमा ३० वर्ष सम्म काम गर्ने सरकारी कर्मचारीहरूले पेन्सन नपाउने अनि भारतको राज्य सभा र लोकसभाका सदस्यहरूले चाही तिन तिन पटक पेन्सन पाउनेदेखि बढ्दो भ्रष्टाचारका मुद्दा समेत उठी रहेका छन् । भारतीय मिडियाहरूले अन्य देशमा भएको जस्तो विद्रोह भारतमा पनि हुन सक्ने भन्दै सरकारलाई सचेत गराइ रहेका छन् ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top