×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

भैरवनाथ गण र राष्ट्रपति भवन बीचमा जलेका शव,१४ हजार कैदी भागे

२६ भाद्र २०८२

२६ भदौ , काठमाण्डौ ।

जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुने संख्या ३४ पुगेको छ। सोमबार शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार प्रदर्शनमा ३४ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

Advertisement

मन्त्रालयले निजामती कर्मचारीको सिभिल अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना र काठमाडौँ मेडिकल कलेजमा २, फ्रन्टलाइन अस्पतालमा ३, वयोधा अस्पतालमा २, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, झापाको बीएनसी र बिर्तासिटी अस्पतालमा १–१ जना, बाँकेको भेरी अस्पतालमा ५ जनाको मृत्यु भएको जनाएको छ।

यस्तै बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ । जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती शव कसका हुन् भन्ने पहिचान नखुलेको सुरक्षा स्रोतले जनाएको छ । अहिले बिहान सरसफाइका क्रममा शव भेटिएका हुन् ।

पवित्र वर्कसप प्रधानमन्त्री निवासबाट राष्ट्रपति भवन जाने बाटोको बीचमा पर्छ, जहाँबाट राष्ट्रपति भवन पुग्नुअघि नेपाली सेनाको भैरवनाथ गण आउँछ । त्यसबाहेक वरिपरि कुनै सरकारी कार्यालय छैनन् । प्रदर्शनका क्रममा त्यहाँ आगजनी भने भएको थिएन ।

अन्यत्र जलेको वा मारिएपछि शव त्यहाँ फ्याँकिएको अनुमान सुरक्षा स्रोतको छ । यस्तै आन्दोलनबाट सिर्जित संकटको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि कारागारमा कैदीबन्दीहरू भाग्ने क्रम बढेको थियो ।

यद्यपि रविले भने सचिवस्तरीय पत्रपछि जेल प्रशासनको आग्रहमा आफूले कारागार छाडेको र आवश्यक परे फर्किन तयार रहेको बताइसकेका छन् । उनले सुरक्षा निकायका सबै प्रमुखलाई जानकारी गराइसकेको समेत बताएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भागेका १४ हजार ३०७ भागेकामध्ये १ हजार ४५५ लाई पुनस् पक्राउ गरी फर्काइएको छ । अझै १२ हजार ८५२ जना कैदीबन्दी बाँकी छन् ।

घिमिरेका अनुसार भागेका ५७३ जना थुनुवाको पनि खोजी भइरहेको छ । अधिकांश युनिटका टोली काममा फर्किसकेका छन् । घिमिरेले भने, ‘भागेका सबैलाई खोज्ने उर्दी गरिसकेका छौं । हामी सम्पर्क विच्छेदजस्तै अवस्थामा छौं । बरु कहीँ कतै केही भए सर्वसाधारणले हामीलाई सूचना दिनुहोला ।’

प्रहरी कार्यालयमा गएर तोडफोड, आगजनी र हतियार खोस्ने हुन थालेपछि प्रहरी ज्यान जोगाउन युनिट छाडेर हिँडेका थिए । हिजो बुधबार पनि बिहानैदेखि कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजारस्थित कारागारको स्थिति तनावग्रस्त भयो ।

देशका अन्य ठाउँमा पनि कैदीबन्दी भागेका छन् । मंगलबार साँझ तुलसीपुर कारागारबाट १ सय २५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ । नख्खुबाट सुरू भएको कारागार विद्रोहको आगो अन्य सल्किएको थियो ।

कपिलवस्तु, सिन्धुली जेल, डोटीको बाल सुधार गृह, सुनसरीको झुम्का कारागारबाट पनि अधिकांश कैदी भगाइएको छ । मोरङ कारागारमा कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म ग¥यो । विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् ।

सोही बराबरको सङ्ख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् । नेपालगन्जको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँचजनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बाल बिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन् ।

जेनजी प्रदर्शनका कारण अस्पतालमा घाइतेहरुको चाप बढेसँगै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेका छ । देशभरका २८ अस्पतालमा बिरामीको उपचार भइरहेको छ । काठमाडौँका प्रमुख सरकारी अस्पतालहरूले स्वास्थ्यकर्मीहरूलाई डबल ड्युटी गराएर, छुट्टीमा रहेका स्वास्थ्यकर्मीहरूलाई बोलाएर स्वास्थ्य सेवा दिइरहेका छन्।

बानेश्वरस्थित निजामती कर्मचारी सिभिल अस्पतालले प्रदर्शनका घाइतेहरूका कारण बिरामीको चाप अत्याधिक भएसँगै आकस्मिक सेवा बाहेकका अरु सेवा अहिले बन्द गरेर उपचार गरिरहेको छ। सिभिल अस्पतालमा ४८ जना घाइतेहरुको भर्ना भएर उपचार भइरहेको छ।

चिकित्सकका अनुसार अस्पताल आएका ३५ जनाको शल्यक्रिया गरिएको छ। सिभिल अस्पतालले ४०० भन्दा बढी घाइतेहरूलाई उपचार सेवा दिइसकेको छ । अस्पतालले जनशक्ति व्यवस्थापन कठिन भएको जनाएको छ।

चिकित्सक तथा नर्सहरु डबल ड्युटी गरेर भए पनि खटिरहेको भन्दै अस्पताल प्रशासनले हाललाई ओपीडी र ओटी सेवा बन्द गरेको जनाएको छ। घाइतेको बढी चाप रहेको ट्रमा अस्पतालमा ५८ जना घाईतेहरुको उपचार भइरहेको छ।

अस्पताले ३१ जनाको शल्यक्रिया गरेको जनाएको छ। हाल आइसियुमा ८ जनाको उपचार भइरहेको छ भने दुईजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। जेनजी प्रदर्शनमा घाइते भएका १६१ जना ट्रमा सेन्टर लगिएको थियो।

कफ्र्युका कारण यातायात सहज नहुँदा अन्य समयको भन्दा एकदमै कम संख्यामा मात्रै बिरामीहरू अस्पताल आएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा २५ जना घाइतेहरुको उपचार भइरहेको छ।

अस्पतालले ओपीडी सेवा सुचारु राखेको छ। जेनजी प्रदर्शनमा घाइते ३२१ जनाको हाल २८ अस्पतालमा उपचार भइरहेको छ।सोमबार र मंगलबार भएको प्रदर्शनमा १ हजार ३ सय ६८ जना घाइते भएका थिए । घाइते मध्ये ९४९ जना डिस्चार्ज भएका छन्।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top