×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

रातभर शीतल निवासमा के–के भयो ?राजा फर्किने अफवाह कसले फैलायो

२७ भाद्र २०८२

२७ भदौ , काठमाण्डौ ।

जेनजीको आन्दोलनबाट केपी शर्मा ओलीको सरकार ढलेपछि नयाँ अन्तरिम सरकार बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने र सपथ ग्रहण समेत गराउने तयारी गरेका छन् ।

Advertisement
Advertisement

यसका लागि प्रधानसेनापति अशोकराज सिग्देलले समन्वयकारी भूमिका खेलेका छन् । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न भने राष्ट्रपति पौडेलले सभामुखसहित राजनीतिक दलका शीर्ष नेताहरुको समेत राय लिएका छन् ।

अहिले जेनजीको आन्दोलनपछि राष्ट्रपति भवन शीतल निवास परिसरको सुरक्षामा थप कडाइ गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले राष्ट्रपति कार्यालयअगाडि सुरक्षा उपस्थिति बलियो बनाएको हो । हाल शीतल निवास वरपर सुरक्षा फौजको बाक्लो उपस्थिति रहेको छ ।

सेनाले मुख्य गेट तथा आसपासका क्षेत्रहरूमा निगरानी बढाउनुका साथै आवतजावतमा समेत सतर्कता अपनाएको छ । सुशीलालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले शुक्रबार विहानको रातिसम्म विभिन्न राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल गरेका छन् ।

परामर्शकै क्रममा राष्ट्रपतिले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका छन् । राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागेको भनेर ओलीलाई जानकारी गराएका थिए ।

जसमा ओलीले संवैधानिक बाटोबाटै गर्न लागिएको हो भन्ने जिज्ञाशा राखेका थिए। राष्ट्रपति पौडेलले संविधानकै बाटो खोज्ने र सबैसँग कुराकानी समेत भइसकेको जानकारी दिएका थिए । त्यसक्रममा ओलीले ठीकै छ भन्ने जवाफ दिएको स्रोतले जनाएकोछ ।

परामर्शकै क्रममा राष्ट्रपति पौडेलले अस्पतालमा उपचाररत कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा परामर्श गरेका थिए । देउवालेपनि संविधान अनुसार गर्न र त्यो बाटोमा आफ्नो सहमति रहेको बताएका थिए ।

यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने शितल निवासमै बोलाएर राष्ट्रपतिले भेटे र कार्कीको नियुक्तिबारे परामर्श गरिएको शीतलनिवास स्रोतले जनाएको छ ।

राष्ट्रपति पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् । भेटमा देशको विद्यमान परिस्थिति र संविधानसम्मत निकासका विषयमा कुरा भएको जनाइएको छ ।

राष्ट्रपतिले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कादेखि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसम्म शीतल निवासमै छलफल गरेका थिए। सो क्रमममा जसरी भएपनि प्रधानमन्त्री नियुक्त गर्न दबाब रहेको बताएका थिए । राष्ट्रपतिले संविधानविदहरूसँग पनि शीतल निवासमै परामर्श लिएका थिए ।

संविधानविद पूर्णमान शाक्य, भिमार्जुन आचार्य, विपिन अधिकारी, चन्द्रकान्त ज्ञवाली, ललित बस्नेतलाई उनले शितल निवासमा छलफल गरेका थिए । संविधानविदहरूले संसद र संविधान भित्रैबाट नियुक्तिको बाटो खोज्नुपर्ने सुझाएपनि राष्ट्रपतिले अहिले राजनीतिक परिस्थितिका कारण त्यो सम्भव नभएको बताएका थिए।

चाँडै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भनेर जेन–जी समूहको एकदमै ठूलो दबाब रहेको पनि राष्ट्रपतिले बताएका थिए। राष्ट्रपतिले संसद बोलाउन वा निवर्तमान प्रधानमन्त्रीले प्रस्ताव पेस गर्न सुरक्षा हिसाबले सम्भव नभएको र समय पनि नभएको भनेपछि संविधानविदहरूले यस्तो संकटको अवस्थामा एउटा बाटो हामीले पहिले पनि निकाल्दै आएको हो र संविधान अनुसार राष्ट्रपति संविधानको संरक्षक र पालनकर्ता भएकाले त्यसैका आधारमा प्रधानमन्त्री नियुक्त गर्न सकिने भनेर सुझाएका थिए ।

संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ । सोही धारामा टेकेर संविधानको पालनकर्ता र संरक्षकका हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ भन्ने खालको भाषा लेखेर नियुक्त गर्न संविधानविदहरुले सुझाएका छन् ।

यस्तै सुशीला कार्कीलाई यसअघि खिलराज रेग्मीलाई जस्तै, अन्तरिम मन्त्रिपरिषदका अध्यक्षका रूपमा नियुक्त गर्ने कि भन्नेबारे पनि छलफल चलेको थियो। निर्वाचन गराउन गठित अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष भन्ने कि प्रधानमन्त्री नै भन्ने भन्नेबारे पनि छलफल भएको थियो।

जसमा प्रधानमन्त्रीकै रुपमा नियुक्त गर्ने राय पनि संविधानदविद्हरुले दिएका छन् । यसरी नियुक्त प्रधानमन्त्रीको मुख्य जिम्मेवारी निर्वाचन गराउने र अहिलेको आन्दोलनमा भएको दमन, त्यस क्रममा युवाहरूको मृत्यु भएको र त्यसपछिको विध्वंसको छानबिन गर्ने; यी दुई मुख्य काम हुने भनिएको छ ।

नियुक्त प्रधानमन्त्रीले संसद विघटन र चुनावको मिति सिफारिस गर्ने म्यान्डेड पाउने छिन् । जेन–जी समूहद्वारा प्रस्तावित प्रधानमन्त्री कार्कीले पनि बिहीबारै राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलसँग भेट र छलफल गरिन्। मध्यरातसम्म पनि तीन जनाबीच शितल निवासमा छलफल भएको थियो ।

कार्कीले राष्ट्रपति बाहेक अन्य कुनै पनि राजनीतिक दलका नेताहरूसँग भेट्न वा छलफल गर्न नमानेको समेत स्रोतले बताएको छ। रातभरको वार्ता र संवादमा सुशीलालाई प्रधानमन्त्री बनाउने सहमति भएपनि जेनजी र बालेनका तर्फबाट संसद विघटनको बटमलाइन प्रस्तुत भए पछि त्यसमा कुरा मिलेको छैन ।

राष्ट्रपति पौडेलले कुनै हालतमा संसद विघटन नगर्ने अडान लिएका छन् । कांग्रेस र एमालेको पनि लाइन यही छ । जेनजी र बालेनको तर्फबाट ओेमप्रकाश अर्यालले संसद तत्काल विघटन गरी नयाँ निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेको स्रोतको भनाइ छ ।

सभामुख देवराज घिमिरे पनि संसद विघटन नगर्ने पक्षमा छन् । अर्यालले भने संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था राख्नसमेत माग गरे । कांग्रेस र एमाले यसमा तयार छैनन् । माओवादी अध्यक्ष प्रचण्डले भने जेनजीका सबै माग स्वीकार गरेको बुझिएको छ ।

यता नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य माधव सापकोटाले पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई जङ्गी अड्डाले निस्कन नदिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले जनताको बीचमा ल्याउन कोसिस गर्दा पनि सुरक्षा खतराको बहानामा सेनाले निस्कन नदिएको बताएका हुन् ।

‘हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बिचमा ल्याउन कोसिस ग¥यौँ तर सुरक्षा खतराको बहानामा जङ्गी अड्डाले निस्कन नदिएको सत्य हो’ उनले लेखेका छन् । देशको परिस्थिति गम्भीर बनेको उनको भनाइ छ ।

जङ्गी अड्डाले नेपालको वास्तविकतालाई र अग्रगमनलाई चुनौती दिई राष्ट्रिय सङ्कट निम्त्याउँदै गरेको सापकोटाले दाबी गरेका छन् । तर नेपाली सेनाले भ्रामक र झुट्टा समाचारको विश्वास नगर्न अनुरोध गरेको छ।

शुक्रबार बिहान नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषणहरू आएको भन्दै भ्रामक तथा झुट्टा समाचारमा विश्वास नगर्न अनुरोध गरेको हो। सेनाले आफ्नो आधिकारिक धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, नोट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको बताएको छ।

त्यस्तै नेपाली सेनाले स्थानीय स्तरका हेडक्वार्टरहरूसँग समन्वय गर्नका लागि ८ वटा नम्बर समेत सार्वजनिक गरेको छ । हिजो दिनभर राष्ट्रपतिसहित प्रधानसेनापति र सुशीला कार्की बीच छलफल भइरहेका खबर बाहिरिएपनि साझ राजा फर्काउनेदेखि सेनाको कु गर्ने र नेताहरुलाई नजरबन्दमा राखेको र उनीहरुको मोबाइल फोन समेत बन्द गराइएका अफवाह फैलिएका थिए ।

भारतीय संचारमाध्यामहरुले त राजा फर्किने समाचार नै संप्रेषण गरेका थिए । नेपाली सेनाले यस्ता सबै भ्रामक तथा झुट्टा समाचारमा विश्वास नगर्न अनुरोध गरेको छ। नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरमा आज दिउँसो कफ्र्यू हटाएको छ । बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ ।

अत्यावश्यक कामका लागि बिहान ६ देखि ११ बजेसम्म खुला गरेकोमा अब बेलुकी ५ देखि ७ बजेसम्म खुल्ला हुने सूचनामा उल्लेख छ । अत्यावश्यक कामका लागि छुट्याइएको समय दैनिक उपभोग्यलगायत आवश्यक सामग्री किनमेल एवं धार्मिक–सांस्कृतिक परम्परा अवलम्वनका लागि हिँड्डुल गर्न, कर्मचारीहरू कार्यस्थलसम्म जान र फर्कन एवं जरुरी पर्नेलाई मात्र रहेको सेनाले जनाएको छ । जुलुस, धर्ना र प्रदर्शनलाई भने निषेध गरिएको छ ।

Advertisement

आज दिनभर कफ्र्यू लाग्ने छैन । अहिले बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा छ । भने, पुनः बेलुका ७ देखि भोलि बिहान ६ बजेसम्म कफ्र्यू लाग्नेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top