×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

२७ भाद्र २०८२

२७ भदौ , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसमेत बसेको नक्खु कारागारले भदौ २४ को घटनाका क्रममा फरार भएका कैदी बन्दीहरूलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ । आज एक विज्ञप्ति जारी गरेर कारागार प्रशासनले फरार भएका सबै थुनुवा र कैदीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

Advertisement
Advertisement

‘मिति २०८२ भाद्र २४ गते नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी) लाई यस कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न यसै सार्वजनिक अपिलमार्फत हार्दिक अनुरोध गर्दछौँ,’ कारागार प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

फरार भइरहे कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनः स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्न सक्ने पनि कारागार प्रशासनले चेतावनी दिएको छ ।

यस्तै विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क गरी आत्मसमर्पण गर्न पनि आग्रह गरिएको छ । ‘सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पु¥याउन सम्पूर्ण फरार कैदी बन्दीहरूलाई यसै सूचनामार्फत औपचारिक रूपमा अपिल गरिन्छ,’ सूचनामा भनिएको छ ।

रास्वपा सभापति लामिछाने सहकारीको बचत रकम हिनामिना प्रकरणमा अदालतको आदेशअनुसार पुर्पक्षका लागि नक्खु कारागारमा थुनामा थिए । भदौ २४ गते ठुलो संख्यामा समर्थकको भिड कारागार पुगेपछि सुरक्षा चुनौती देखाउँदै कारागार प्रशासनले उनलाई छाडेको थियो ।

लामिछानेलाई छाडेपछि कारागारका बाँकी कैदी बन्दी पनि निस्किएको बताइएको छ । त्यसपछि देशभरबाट १६ हजारभन्दा बढी कैदी बन्दी निस्किएका थिए । यसक्रमममा सैयौं कैदीहरुलाई सेनासहितको सहयोगमा फर्काइएको थियो । अब भने कारागारले विज्ञप्ती जारी गर्दै आत्मसमर्पण गर्न भनेको हो ।

कारागार प्रशासनका एक अधिकारीले रविको हकमा पनि सो लागु हुने बताएका छन् । सूचनाअनुसार उनी फर्केर आएका भविष्यमा कानुनी रीतअनुसार मिल्ने सुविधा पाउने पनि उनले बताएका छन् । फरार भएका कैदीहरुले आत्मसमर्पण गर्न नआए पक्राउको विकल्प खुल्ला रहेको पनि बताएका छन् ।

तर रविले भने आफू गृह सचिवस्तरीय आदेशले बाहिर आएको बताएका छन् । उनले सामाजिक संजालमा उक्त आदेशसहित आफू बाहिर आएको कारण खुलाएका छन् । जसमा कारागार प्रशासनले नै सुरक्षा दिन नसकेकाले आफूलाई बाहिर पठाएको बताएका छन् ।

रविले आफु बाहिर आएपछि सबै सुरक्षा निकायमा प्रमुखहरुलाई जानकारी गराएको र उनीहरुले समेत अहिले बाहिरै रहन भनेको समेत प्रष्टीकरण दिएका छन् । तर रवि त्यसरी बाहिर आएपछि उनको निकै आलोचना र विरोध पनि भएको थियो ।

उनकै देखासिकी गरेर अन्य जेलमा रहेका हजारौं कैदी फरार भएको समेत आरोप उनीमाथि लाग्यो । यसमा पनि उनले सामाजिक संजालबाटै स्पष्टीकरण दिएका छन् । तर यता जेन–जीहरूले समेत टिकटकमार्फत् रविलाई जेल फर्किन दबाब दिइरहेका छन् भने सडकका भित्तामा समेत नक्कसी सूचना टाँसिदिएका छन् ।

उनीहरूले रवि कारागारबाट निस्किएर फरार भएकाले उनलाई पक्राउ गरेर कारागार फर्काउन माग गरेका छन् । ‘कैदी भागेको सूचना’ भन्दै टाँसिएको पोस्टरमा उनलाई ‘मस्ट वान्टेड क्रिमिनल’ पनि भनिएको छ ।

Advertisement
Advertisement

नख्खुबाट भागेका खुंखार अपराधी एवम् पूर्वमन्त्री सञ्जय टक्ला भने ललितपुरको मंगलटारबाट पक्राउ परिसकेका छन् । उता केन्द्रीय कारागार सुन्धारबाट भागेका एमाले नेता टोपबहादुर रायमाझीले भने जेल प्रशासनलाई सम्पर्क गरेर आफू फिर्ता आउने खबर पठाएका छन् ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top