×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

सुशीला कार्कीको आज पदभार ग्रहण, मन्त्रिपरिषद् विस्तारको तयारी

२९ भाद्र २०८२

२९ भदौ , काठमाण्डौ ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् । अहिले ११ बजेको समयमा उनले सिंहदरबार पदभार ग्रहण गर्नेछिन् । जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथ लिएर संसद विघटन गरेकी थिइन् ।

Advertisement
Advertisement

आज पदभार ग्रहण गरेर प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् । उनले मन्त्री नियुक्तिका लागि छलफल गरिरहेकी छन् । आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने तयारी उनको छ ।

आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको छ ।

यता आगजनीबाट क्षतिग्रस्त भएका सिंहदरबारका अन्य मन्त्रालयहरूमा पनि सरसफाइ गरेर काम सुरु गर्ने तयारी गरिएको छ । आजदेखि सिंहदरबार पुनः लयमा फर्किने मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जानकारी दिएका छन्।

तत्कालको लागि प्रधानमन्त्री कार्यालय आगलागीबाट जोगिएका पुरानै सामग्रीबाट सञ्चालन गर्ने तयारी छ । यसबीच हिजो प्रधानमन्त्री कार्कीले आन्दोलनका घाइतेहरुलाई अस्पताल पुगेर भेटेकी छन् । प्रधानमन्त्री बनेको दोस्रो दिन सुशीला कार्की घाइतेसँगको भेटघाटका लागि अस्पतालमा व्यस्त देखिइन् ।

उनले शनिबार दिनभर अस्पताल र प्रदर्शनकारीबाट क्षतविक्षत संरचनाको अवलोकन गरिन् । दिउँसो ट्रमा सेन्टर पुगेर घाइतेको अवस्था बुझेकी उनी चार बजे आसपास नयाँ बानेश्वरको सिभिल अस्पताल आइपुगिन् । त्यहाँ रहेका घाइतेको अवस्था बुझिन् र ढाडस दिएकी छन् ।

कार्कीले घाइते र उनको परिवारलाई भेटेकी हुन । डाक्टरहरूसँग कुरा गरिन् । प्रधानमन्त्रीले व्यस्तताका कारण छोटो कुराकानी गर्ने र अवस्था बुझ्नेमै आफूलाई सीमित राखिन् । आफू ती घाइतेसहित अब सबै जनताका लागि १८ घण्टा काम गर्ने, खट्ने जनतालाई लागेको घाउ आफूले बुझेको उनले सुनाइन ।

यस्तै प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको पनि अनुगमन तथा निरीक्षण गरेकी छन् । उनले भदौ २४ गते आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी हुन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले प्रधानमन्त्री कार्कीलाई घटनाबारे जानकारी गराइएको र त्यस क्रममा उनले उच्च मनोबलका साथ काममा फर्कन आग्रह गरेकी थिइन् ।

जेनजी आन्दोलनका क्रममा उपत्यका प्रहरी कार्यालय मातहतका अधिकाशं प्रहरी कार्यालयहरू जलेका छन् ।  प्रधानमन्त्रीसँगै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।

यता राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् ।साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन् ।

शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपील गर्दछु ।’

६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर उनले उल्लेख गरेका छन् । यता प्रतिनिधि बिघटन गर्ने निर्णयप्रति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलले विरोध जनाइरहेका छन् ।

साथै उनीहरूले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ताका लागि राष्ट्रपति समक्ष आग्रह गरेका छन् । तर, शनिबार राष्ट्रपति पौडेलले परिस्थितिअनुरुप शान्तिपूर्ण निकास निस्किएको अवस्थामा प्रतिनिधि सभा विघटनको निर्णय स्वीकारेर निर्वाचन गराउन सबैलाई सहयोग गर्न अपील गरेका हुन् ।

तर कांग्रेस, एमाले र माओवादीसहितका संसदमा प्रतिनिधित्व गर्ने विभिन्न ८ दलले सुशीला कार्की नेतृत्वमा भएको सरकार गठन र संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकाल्दै तत्काल संसदको बैठक बोलाउन माग गरेका छन् । दलहरु राष्ट्रपति रामचन्द्र पौडेलसँग असन्तुष्ट देखिएका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान र प्रचलित कानुन बमोजिम सुसासनको मागसहित गरिएको आन्दोलनलाई अवमूल्यन गर्दै संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधि सभा विघटन गर्नु संविधान र लोकतन्त्रको मर्मविपरीत छ।‘

दलहरूले प्रतिनिधि सभाको विघटन संविधानको धारा ७६ (७), सर्वोच्च अदालतका नजीर तथा संवैधानिक परम्परासँग प्रतिकूल भएको जिकिर गर्दै यसले नेपाली जनताको मताधिकार, संवैधानिक सर्वोच्चता र लोकतन्त्र माथि प्रहार गरेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरेर राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आपत्तिसमेत जाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) भने यसमा सहभागी भएको छैन । साथै दलहरुले हालै जेन–जी समूहको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन्।

यसबीच अमेरिकाले नेपालमा अन्तरिम सरकार गठनको स्वागत गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले आइतबार (भदौ २९) विज्ञप्तिमार्फत लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका निम्ति राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताको प्रशंसा गरेको छ ।

“यद्यपि, यो दुःखद समयमा हामी नेपालसँग शोकमा साथमै छौँ,” अमेरिकाले भनेको छ, “हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनस्र्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ ।”

अन्तरिम सरकारले नयाँ निर्वाचनको प्रक्रिया अघि बढाउने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेको दूतावासले जनाएको छ । “अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौँ,” दूतावासले भनेको छ ।

यसबीच जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुगेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन्। आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो।

जेनजीतर्फ २१ जना, कैदी नौजना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको घिमिरेले जानकारी दिए। आन्दोलनका क्रममा १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेर मृत्यु भएको हो।

कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ। जेनजी आन्दोलनमा एकजना भारतीय नागरिकको पनि मृत्यु भएको छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top