बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

३० भदौ ८२, मंगलबार

३१ भदौ , काठमाण्डौ ।

Advertisement

विश्वलाई नै चकित पार्दै नेपालका जेनजी पुस्ताले २ दिन नबित्दै सत्ता उलटपुलट बनाइ दिए । भदौ २२ गते बिहानबाट ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ भन्दै भदौ २३ गतेको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा ग¥यो ।

ओली सरकारले सामाजिक सञ्जालमा त रोक लगाएको थियो । तर जेनजीहरुको आक्रोशलाई सरकारको प्रतिबन्धले रोक्न सकेन । यो क्षण भरमा नै देशभर फैलियो । सबैका मोबाइलका स्क्रीनमा जेनजीका विद्रोह पोस्टरहरू आउन थाले ।

Advertisement

यसको नेतृत्व कसले गदैछ भन्ने पनि अन्योल थियो । सबैलाई यति मात्र थाहा थियो कि यो सत्ताको मनोमानी विरुद्ध ‘जेनजी विद्रोह’ हो । टिकटकदेखि सबैतिर चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेन्ड’ होस् या सडक आन्दोलन यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ सङ्घर्ष हुनेछ भन्ने सबैलाई जानकारी भइसकेका् थियो ।

जेनजी पुस्तालाई नपत्याएका धेरैले यस बारे खासै टिप्पणी गरेनन् । उता सरकारले पनि जेनजीको विद्रोहलाई मजाकमा उडायो । प्रधानमन्त्री र सूचना तथा सञ्चार मन्त्रीको अभिव्यक्तिले झनै आगोमा घ्यु थप्ने काम ग¥यो ।

Advertisement

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’लगायतका पेजबाट एकै दिनमा देशका प्रमुख सहरहरूमा यसका छिटा पुगिसकेका थिए । स्वतःस्फूर्त उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजीज्’ लगायतका नाराका स्वर सुनिन थालेका थिए ।

‘नेतृत्वविना आन्दोलन हुँदा धेरै समस्या आउन सक्छ, त्यसैले यो आन्दोलनलाई सफल बनाउन नेतृत्व चाहिन्छ,’ टिकटक प्रयोगकर्ता मिरज ढुङ्गाना भन्दै थिए । त्यसैले यो प्रोटेस्ट हाइज्याक हुने जोखिम देखिन्छ, जसबारे हामी सचेत हुनुपर्छ । यदि यिनै पार्टीले हामी यो मुमेन्ट लिड गर्छौँ भनेर आए भने त्यो दिनुहुँदैन ।’

यसरी स्वतःस्फूर्त रूपमा सामाजिक सञ्जालबाट उठेको यो विद्रोहका पछाडि भदौ २२ गते दिउँसोबाट काठमाण्डौंका मेयर बालेन्द्र शाह बालेन देखा पर्न थाले । आन्दोलनमा राजावादी दुर्गा प्रसाईँले समर्थन गर्दै आफू पनि सहभागी हुने भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिन थालेपछि भदौ २२ गते बिहान सवा १० बजे तिर मेयर बालेन साहले आफ्नो फेस बुक पेजमा लेखे, ‘भोलीको ¥याली स्पष्ट स्वतस्फुर्तरुपमा जेनजीहरुकोे हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकोलागि म पनि अझै बुढो देखिन्छु ।

मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतःस्फूर्त ¥यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।

बालेनको यो स्टाटसपछि साझ प्रसाईँले पनि आफू प्रर्दशनमा सहभागी नहुने बताएको खबर बाहिरियो । भदौ २३ गते प्रदर्शन सुरु भयो । सरकारले बर्बरता पूर्ण दमन ग¥यो । बानेश्वरमा नै १७ जना जेनजी मारिए । देशका विभिन्न स्थानमा गोली चल्यो । इटहरीमा २ जना मारिए ।

आन्दोलनमा चरम दमनबाट १९ जना युवाहरु मारिएपछि मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बालेनले अर्को स्ट्याटस लेखे तिम्रा भरौटेहरूको पो बा भयौ त । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थ्यौ । यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन ।

तिमी नेता त के मान्छे पनि बन्न सकेनउ, आतङ्कबादी हौं । भन्दै आक्रोश पूर्ण अभिव्यक्ति दिए । भदौ २४ गते बिहानै बाट हत्याको आक्रोशमा देशभर आगो बल्न थाल्यो । आन्दोलनकारीले प्रमुख राजनीतिक दलका घर घेरे । सिंहदरबार घेरे । संसद भवनमा आगो लगाइ रहेका थिए । देश नै जली रहेको थियो ।

प्रमुख दलका नेताहरूले घरमा नै कुटाइ खाइ रहेका थिए । सबै जसो सरकारी कार्यालयहरू आन्दोलनकारीको नियन्त्रणमा थिए । काठमाडौंसहित देशका प्रमुख शहर प्रर्दशनकारीको कब्जामा थियो। मध्यान्न हुन नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा मात्र दिएनन् त्यही बाट सेनाको हेलिकप्टरमा भाग्न बाध्य भए ।

त्यसै दिन भदौ २४ गते दिउँसो सवा तिन बजे तिर बालेनले फेरी अर्को स्टार्टस लेखे ‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीहरुको आन्दोलन हो । प्रिय जेनजीहरु, तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो । तपाईँ–हामी अब संयमित हुनु जरुरी छ ।

अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ । प्रिय जेनजी भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ? देश आगोको भुंग्रोमा जल्ने क्रम नरोकिएपछि उनको अर्काे स्टाटस आयो प्लीज जेनजी देश तपाइँहरुकै हातमा हो ,तपाईं हरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर पÞmर्कनुहोस ।

आन्दोलनबाटै राज्य सत्ताले घुँडा टेकेपछि देशको अन्तरिम सरकारको प्रधानमन्त्रीमा बालेनको नाम आउन थाल्यो । यसपछि २५ गते राती बालेन फेरि बोले प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ।

तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम ÷ चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोस, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो,अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननीय राष्ट्रपति ज्यु, जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद्को विघटन अविलम्ब गर्नु होला । यही स्टाटसबाट बालेनले आफू किन अहिले प्रधानमन्त्री बनिन् र प्रधानमन्त्री र मन्त्रीकाका लागि दौड लगाइरहेका हर्कहरुले पनि किन प्रतिक्षा गर्नुपर्छ भन्ने प्रष्ट जवाफ दिएका छन् ।

बालेन ६ महिनाको अन्तरिम सरकार प्रमुख होेइन एकै पटक देशको कार्यकारी बन्ने लक्ष्यमा छन् । जसको बाटो कोर्न आफ्ना विश्वासपात्र रहेका कानूनी सल्लाहकारलाई देशको कानून र गृहमन्त्री बनाइसकेका छन् ।

सुशीलालाई समर्थन गरेको स्टाट पछि जेनजी सहिदहरूलाई श्रद्धाञ्जली दिँदै बालेन फेसबुकबाट पनि हराएका छन् । देशको प्रधानमन्त्री बालेनलाई बनाउनु पर्छ भन्ने चर्को आवाज उठी रहेको थियो । बालेनले आफ्नो मोवाइल पनि अफ गरे ।

बालेनले भने झैँ नेपाली सेनासँग नै वार्ता भयो । सुशीला कार्की नै प्रधानमन्त्री भइन । बालेनले प्रतिनिधि सभा भङ्गको माग गरेका थिए त्यो पनि पुरा भयो । धरान मेयर हर्क साम्पाङ प्रधानमन्त्री माग्दै सेनाको हेड्क्वाटरसम्म धाए ।

तर बालेन प्रधानमन्त्री बन्नु पर्ला कि भनेर मोबाइल अफ गरेर बसे । यसैलाई आधार मानेर प्रधानमन्त्री बन्न हौसिएका हिजोका बालेनका समर्थक धरानका मेयर हर्क आज उनकै विरुद्धमा उभिएका छन् । उनले पटक पटक बालेनतर्फ लक्षित गर्दै भगौडा भनेका छन् ।

उनले आज मात्रै पनि बालेनतर्फ लक्षित गर्दै भनेका छन्, लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ ! लिडर भनिंदैन ! यति बेला जेनजीहरु बिच असली जेनजीको भन्ने विवाद पनि बाहिर आइरहेको छ । तर बालेन मौन छन् । जेनजी आन्दोलनका सूत्रधार गर्ने व्यक्तिहरु नै पर्दामा देखिएका छैन ।

हामी नेपाली अभियानका अभियान्ता सुदन गुरुङ चर्चामा छन् । अर्का अभियान्ता मिराज ढुंगानाले पनि सुदनको योगदान ठूलो रहेको बताइसकेका छन् । सुदनको भूकम्पको समयदेखि नै बालेनसँग निकट सम्बन्ध रहेको खबरहरु बाहिरिरहेका छन् ।

यद्यपि बालेनका कानुनी सल्लाकारलाई गृहमन्त्री बनाएको भन्दै गुरुङले आक्रोश पोखेका भिडियोहरु समेत बाहिरिरहेका छन् । वास्तविकता अहिले सम्म बाहिर आइसकेको छैन । धेरैको मनमा यो आन्दोलनका प्रमुख पात्र बालेन शाह नै भएको अनुमान छ ।

त्यसपछिको प्रमुख कारण भनेको बालेनले सामाजिक सञ्जालमा जे जे लेखे घटना क्रम त्यही त्यही भएको छ । सोमबार मात्र बालेन साहका कानुनी सल्लाहकार तथा जेनजी समूहका पनि सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्रीको पदभार समालेका छन् ।

आन्दोलनपछि सेना र राष्ट्रपतिसँगको हरेक वार्तामा उनै बसेका थिए । बालेन शाहका विश्वास पात्र मानिएका अर्यालका सामु धेरै चुनौती मात्र छैनन् उनले गर्ने हरेक निर्णयको जस र अपजसको भार बालेन साहसम्म ठोक्किने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top