×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

३१ भाद्र २०८२

३१ भदौ , काठमाण्डौ ।

सरकारले जेन–जी आन्दोलनको क्रममा जलेका सवारी साधन र नष्ट भएका भौतिक संरचनाको विवरण संकलन गर्न सुरु गरेको छ । कुलमान घिसिङको नेतृत्वमा रहेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभाग र विभाग मातहतका डिभिजन तथा योजना कार्यालयहरूमा भएका क्षतिको विवरण संकलन गर्न मन्त्रालयका सहसचिव तथा सडक विभागका सम्भार महाशाखाका प्रमुख श्याम खड्काको संयोजकत्वमा विवरण संकलन समिति गठन भएको छ ।

उक्त समितिमा नौ जना सदस्य रहेका छन् । यो समितिले आइतबारबाटै काम गर्न सुरु गरेको हो । ३÷४ दिनभित्र सबै काम पूरा गर्ने समितिका सदस्यहरुको भनाइ छ । उनीहरुका अनुसार जेनजी आन्दोलनको क्रममा देशभरि सडक डिभिजन तथा आयोजना कार्यालयहरूमा क्षति भएको छ भने सयौं सरकारी गाडी ध्वस्त भएका छन् ।

आन्दोलनबाट भौतिक पूर्वाधार मन्त्रालय रहेको भवनमै सामान्य क्षति भएको छ । यसैगरी बबरमहलस्थित सडक विभगको मुख्य कार्यालयमा ठूलो नोक्सानी भएको छ । दुई वर्षअघि मात्र डेढ करोड रुपैयाँ खर्च गरेर विभागको मुख्य कार्यालयको पुनर्निर्माण गरिएको थियो ।

यतिबेला विभागको परिसरभरि जलाइएका गाडी यत्रतत्र देख्न सकिन्छ । मुख्य कार्यालयका अधिकांश कोठा नराम्रोसँग जलेका छन् । केही थोरै कोठा मात्र काम लाग्न सक्छन् । यही साताभित्र विभागको केन्द्रीय कार्यालय पाटन ढोका चाकुपाटमा सर्ने भएको छ ।

विभागका अनुसार विभागको केन्द्रीय कार्यालय तथा जिल्लामा रहेका डिभिजन कार्यालय तथा आयोजना कार्यालयहरूमा क्षति भए पनि विभागले देशभर सडक निर्माण र सम्भारको काम जारी राखेको छ । यसैगरी सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने भएको छ ।

मन्त्रालयमा भएको क्षतिबारे बुझ्न मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आइतबार मन्त्रालयमा बसेको बैठक बसेको थियो । उक्त बैठकले गत मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको बारेमा विवरण संकलन गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयका ५० वटा गाडी जलेर खरानी भएको बताए । उनका अनुसार मन्त्रालयका केही गाडीहरू तोडफोड भएका तथा कार्यालयका कम्प्युटरलगायत समान चोरी भएका छन् । बाँकी क्षतिको विवरण संकलन भइरहेको मैनालीले जानकारी गराए ।

जेन–जी आन्दोलनले सहरी विकास मन्त्रालयको भवनमा साामान्य क्षति भएको छ तर मन्त्रालयका समान चोरी भएको मन्त्रालयका कर्मचारीले जनाएका छन् । ‘दर्जनौँ गाडी जलेर सबै नष्ट भएका छन् । सवारी साधन जलेपछि मन्त्रालयका उच्च कर्मचारी समेत हिँडेरै कार्यालय पुगेका छन्’, एक कर्मचारीले भने ।

मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागमा आगलागीका कारण ६० प्रतिशत जलेका छन् । अब कहाँ बसेर काम गर्ने भन्ने विषयमा मन्त्रालयका कर्मचारी अन्यौलमा छन् ।

मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले भैसेपाटीस्थित नयाँ मन्त्री क्वार्टरको रेखदेख र व्यवस्थापन गर्दै आएको छ । नयाँ मन्त्री क्वार्टरमा पनि जेन–जी आन्दोलनले क्षति पु¥याएको छ । नयाँ मन्त्री क्वार्टरमा पनि सकारी गाडी जलाइएका छन् । मन्त्रालयले मन्त्री क्वार्टरमा भएको क्षतिको विवरण पनि संकलन गर्ने भएको छ ।

राजधानीको सिंहदरबार र वरपरका सरकारी निकायमा रहेका ४४१ साना गाडी तथा बस र ६०१ मोटरसाइकल÷स्कुटर जलेका छन् । सम्बन्धित निकायको प्रारम्भिक तथ्याङ्क र गोरखापत्र दैनिकले गरेको स्थलगत अवलोकनअनुसार जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि शिक्षा, स्वास्थ्य, गृह, अर्थ, सडक विभाग, महान्यायाधिवक्ताको कार्यालयलगायतका निकायमा रहेका सरकारी सवारी साधन जलेका हुन् ।

जलेका सवारी साधनमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मात्र ४७ साना गाडी÷बस र ७४ मोटरसाइकल÷स्कुटर जलेका छन् । त्यस्तै अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल, गृह मन्त्रालयका २५ गाडी र ३० मोटरसाइकल, शिक्षा मन्त्रालयका २६ गाडी र ४७ मोटरसाइकल, सडक विभागका ६५ गाडी र अज्ञात संख्यामा मोटरसाइकल जलेका प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ ।

यसरी विभिन्न मन्त्रालय तथा कार्यालयका ४४१ सवारी साधन र ६०१ मोटरसाइकल÷स्कुटर पूर्ण रूपमा नष्ट भएको प्रारम्भिक विवरण आएको हो । यसबीच आगजनी र तोडफोड भएका सबै सरकारी कार्यालयहरुमा कर्मचारी र स्वयमंसेवकहरुको समूहले सरसफाईको कार्यक्रम पनि जारी राखेका छन् । जेनजी समूहले पनि यी सरसफाई कार्यक्रममा भाग लिइरहेका छन् ।

जेनजी प्रदर्शनको क्रममा सडक विभागमा भएको तोडफोड र आगजनीका कारण करौंडौं रुपैयाँबराबरको क्षति भएको छ । जेनजी प्रदर्शनको क्रममा भदौं २४ गते घुसपैठ गरेका विभिन्न समूहले नवनिर्मित विभागको भौतिक संरचनामाथि तोडफोड गर्दै आगजनी गरेका थिए ।

प्रदर्शनकारीहरुले सवारी साधन, विभिन्न प्रकारका उपकरण, कम्प्युटर तोडफोडसमेत गरेका थिए । विभागबाट विभिन्न कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायतका सामान समेत लुटिएका छन् । भुकम्पबाट क्षतिग्रस्त बनेको उक्त भवनको पुर्ननिर्माण गरेर गत वर्ष मात्रै विभाग ववरमहल भवनबाट आफ्नो काम सुरु गरेको थियो ।

विभागमा उपमहानिर्देशक प्रभात झाका अनुसार प्रर्दशनीकारीले विभागको महानिर्देशक बस्ने कार्यकक्ष, पुल महाशाखा र अन्तर्गतका शाखा , वैदेशिक सहायता समन्वय महाशाखा र अन्तर्गतका शाखाहरु, यान्त्रिक महाशाखा र अन्तर्गतका शाखाहरु, सम्भार महाशाखा र अन्तर्गतका शाखाहरु , प्रशासन शाखा, उत्तर–दक्षीण तथा व्यापारिक मार्ग विस्तार आयोजना र अन्तर्गतका शाखाहरु र आर्थिक प्रशासन शाखामा तोडफोड र आगजनी गरी पूर्ण रुपमा क्षति पुर्याएका छन् ।

पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, नागढुङ्गा सुरुङ्गमार्ग आयोजना, हुलाकी राजमार्ग योजना निर्देशनालय र अन्तर्गतका शाखाहरु, कानुन तथा विवाद व्यव्स्थापन शाखा र सडक सुधार तथा विकास योजना कार्यालयमा आंशिक क्षती भएको छ ।

विभागमा रहेका ७५ देखि ८० वटा दुई पांग्रे, ६५ देखि ७० चार पांग्रे सवारी साधन पूर्ण रुपमा क्षती भएको छ । सडक विभाग मातहतका कार्यालयमा दुई पांग्रे करिव करिब १२ वटा, चार पांग्रे करिव ३० वटा पूर्ण रुपमा क्षती भएको देखिन्छ ।

सडक विभाग मातहतका कार्यालयतर्फ सडक डिभिजन भक्तपुर, दाङ, चंद्र्पुर, महेन्द्रनगर (धनगडी साइट) , हुलाकी आयोजना (धनगडी साइट) पूर्ण रुपमा क्षती भएको देखिन्छ । विभागले क्षतिग्रस्त भएको भवनको सरसफाई गरी केहि महाशाखा राखेर काम गर्न सुरु गरेको छ । केहि महाशाखाले चाकुपाटबाट सोमबारदेखि काम सुरु गरेको छ ।

यसैबीच उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नवनियुक्त मन्त्री कुलमान घिसिङले सिंहदरबारदेखि संसद भवनसम्म ध्वस्त भएका आफ्ना संरचना आफै बनाउने अभियान संचालन गर्ने बताएका छन् ।

सोमबार पदभार ग्रहणपछि पहिलो निर्णय गर्ने क्रममा उनले क्षतिग्रस्त संरचना पुननिर्माणका लागि नागरिक कोष खडा गर्ने जसमा देश तथा विदेशमा रहेका नेपालीहरुलाई आर्थिक सहयोगका लागि आह्वान गरिने बताएका छन् ।

यसलाई उनले आफ्ना प्राथमिकताकै सूचिमा राखेका छन् । उनको यो आह्वानसंगै जनस्तरमा रकम संकलन पनि हुन सुरु भएको छ । अर्घाखाँचीका किसानहरुले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रकम जम्मा गर्न थालेका छन् ।

यस्तै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ । प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा २१ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी भदौ २४ मा भएको लुटपाट र आगजनीको क्रममा ३८ जनाको मृत्यु भएको छ । भाटभटेनी सुपरमार्केट तथा व्यक्तिहरूको घरमा जलेको अवस्थामा १५ जनाको शव भेटिएको छ । कैदीबन्दी तथा बाल बन्दीतर्फ १० जनाको मृत्यु भएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top