×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

१ आश्विन २०८२

१ असोज , काठमाण्डौ ।

देशको ऐतिहासिक जेन–जी आन्दोलनअघि ’भाइ यो कहाँ पिसाब फेरेको?’, ’मनलाग्दी पैसा असुलेको’ वा ’बिदाका दिनमा सवारी किन चलाएको?’ भन्दै सामाजिक उत्तरदायित्व र सचेतना फैलाउँदै हिँड्दा कतिपयले उनलाई हाँसोको पात्र बनाएका थिए। तर, तिनै आशिका अहिले लाखौँको मनमा बस्न सफल भएकी छिन् ।

Advertisement

जसले देखाएकी छिन् नेतृत्व भाषणले होइन, कर्मले स्थापित हुन्छ। नेपालमा पछिल्लो समय ‘जेन–जी आन्दोलन’को राप सल्किरहेका बेला एक यस्ती पात्र उदाएकी छिन्, जसले आफूलाई मानवताको आवाजका रूपमा स्थापित गरेकी छिन्। उनी हुन्, आशिका तामाङ, जो आज देशभरका युवाका लागि आमा, दिदी, छोरी र अभिभावक बनेकी छिन्।

राज्यको समेत उपस्थिति कमजोर देखिएको जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको कोठा–कोठामा औषधी, लत्ताकपडा, चामलका बोरा र नगद लिएर उनी पुगिरहेकी छिन्। आन्दोलनको समर्थनमा सडकमा होस् या घाइतेहरूको उद्धार गरी अस्पताल पु¥याउन, उनी अहोरात्र खटिरहिन्।

अस्पतालमा आफन्तविहीन भएका जेन–जी घाइतेहरूका लागि लुगाकपडादेखि खाना र औषधिको जोहो गर्न आशिकालाई दौडधूप गरिरहेको देखियो। सरकारको बर्बरताले अस्पतालका भुइँहरू समेत भरिएको अवस्थामा आफन्त नभएका युवाहरू, आमाहरू, दाजुभाइहरू, ती अचेत शरीरहरूको स्याहार गर्न उनी तल्लीन थिइन्।

घाइतेहरूका लागि खाना, पानी, मल्हमपट्टी, लुगा, औषधी र माया बोकेर आशिका दिनरात नभनी खटिरहिन्। आशिका तामाङ यस्ती पात्र हुन्, जसले जेन–जी आन्दोलनमा घाइते भएकाहरूलाई निस्वार्थ ढंगले ठूलो सहयोग गरिरहेकी छिन् ।

आज उनले सबैको मन जितेकी छिन्। तेल, चामल र उपचार खर्चसमेत बाँडिरहेकी उनले अस्पतालमा घाइतेलाई फेर्न लुगा समेत किनेर लगिरहेकी थिइन्। भीडभाडले गञ्जागोल भएका अस्पतालहरूमा, जहाँ नर्स र चिकित्सक आफैँ थाकेका थिए, त्यहाँ आशिकाले एउटा अभिभावकको जस्तो भूमिका निभाइन्।

कोही घाइते बेहोस अवस्थामा थिए, कसैको हातमा गोली लागेको थियो, कसैको छातीमा। तीमध्ये कतिपयको त आजसम्म घरपरिवारसँग सम्पर्क पनि हुन सकेको थिएन। उनी आफैँ ती अज्ञात बिरामीहरूका लागि आफन्त बनिन् र घाइतेहरूका घरपरिवारसम्म सन्देश पु¥याउन पनि सहयोग गरिन्।

उनको सेवा कुनै संस्थाले मागेको थिएन, कुनै राजनीतिक दलले उर्दी दिएको थिएन। त्यो न त प्रचारको रणनीति थियो, न नै लोकप्रियताको खेल। त्यो एउटा सशक्त आत्माको करुण पुकार थियो । मानवताको आवाज, जसले पीडामा साथ दिन्छ।

उनले नहेरेका कोही थिएनन्, वीर अस्पतालदेखि टिचिङ, सिभिल र काठमाडौंका अन्य अस्पतालसम्म। रातदिन नभनी दौडिरहेकी थिइन्, जतिबेला देशभर जेन–जी आन्दोलनको राप सल्किरहेको थियो।

यो एउटी महिलाको कथा हो, जसलाई कहिल्यै औपचारिक कर्मचारी वा पद दिइएन, उसैलाई उल्टै सार्वजनिक अपराधको मुद्धा लगाएर कयौ दिनसम्म हिरासतमा राखियो । आज उनलाई हिरासतसम्म पुर्याउनेहरुको भागाभाग हुने उनी भने असली नेतृत्वका रुपमा उदाएकी छन् ।

उनले समाजलाई देखाइन् कि, नेतृत्व सत्ता र भाषणले होइन, कर्मले हुन्छ। हिजो त्यही सामाजिक सञ्जालमा कतिपयले उनलाई गाली गरे, यस्तो पनि समाजसेवा हुन्छ र? भन्दै तुच्छ टिप्पणी गरे। आज ती सबै मौन छन् र उनीमाथि गर्व गरिरहेका छन्। सामाजिक संजालमा मजाक उडाएको भन्दै माफी मागिरहेका छन् ।

उनीहरुले नै आशिकालाई दोस्रो भगवानका रूपमा वर्णन गरिरहेका छन् । सामाजिक अभियन्ता आशिका तामाङ आज एउटा पात्र होइनन्, उनी एक प्रेरणा हुन् । एक यस्तो जीवन्त उदाहरण, जसले हामी सबैलाई सम्झाइन् मानवीयता भनेको कुनै संगठन वा नीतिमा सीमित हुँदैन, त्यो त ह्दयको कुरा हो ।

जब एक मनले अर्को पीडामा साथ दिन्छ, त्यहींबाट सुरु हुन्छ परिवर्तनको बीउ । आशिकालाई हेरेर हाम्रा अभियान्ता अनि नेता र नेतृत्वले जनताको सेवा गर्न कुर्सी होइन, मानवीयता र अठोट सबैभन्दा ठूलो इच्छाशक्ति हो भन्ने पाठ सिकुन् ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top