×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-16-2026 || Nepal Times
Mar 16, 2026
Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026
Playing
भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल || Nepal Times
Mar 15, 2026
Playing
यु द्धको अन्त्य अब Tehranको हातमाः राख्यो २ सर्त || Nepal Times
Mar 15, 2026
Playing
एमाले नेतृत्वले कारबाही गर्ने आधार छैन्, अब रिसेट गर्नैपर्ने || Nepal Times
Mar 15, 2026

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

१ आश्विन २०८२

१ असोज , काठमाण्डौ ।

जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा आज सरकारले राष्ट्रिय शोक मनाएको छ । शोकदिवसका रुपमा आज सार्वजनिक विदा दिइएको हो भने राष्ट्रिय झण्डा आधा झुकाइएको छ। आन्दोलनका क्रममा भदौ २३ गते आन्दोलनकारीमाथि भएको गोली प्रहारबाट १९ जनाको मृत्यु भयो ।

Advertisement

घाइते भएकाहरूमध्ये पनि केहीको मृत्यु भएको छ भने कर्तव्य पालनकै क्रममा प्रहरीहरू पनि मारिएका छन् । निजी घर र व्यापारिक प्रतिष्ठानमा पनि आगजनीका कारण पनि केहीले ज्यान गुमाए । प्रदर्शन चर्किएको मौकामा भाग्ने क्रममा पाँच बालबन्दी र पाँच कैदीबन्दीले समेत त्यो दिन ज्यान गुमाए ।

अहिलेसम्म सार्वजनिक जानकारीअनुसार आन्दोलनका नाममा ७३ जनाको ज्यान गइसकेको छ । यो अत्यन्तै दुःखद र शोकदायी घटना हो । अझ आन्दोलनका क्रममा भएको दमन र हिंसामा परी ज्यान गुमाउनेहरूको परिवारका लागि त वज्रपात नै भएको छ ।

यस्तै, घाइते भएका सयौं जना अहिले पनि उपचाररत छन् । सरकारी दमनका साथै विध्वंसकारीको क्रूरताका कारण घाइते भएका सबैको शीघ्र स्वाथ्य लाभको कामना गर्दछौं । यसबीच घाइतेहरूको उपचार र ज्यान गुमाउनेहरूको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार मृतकका परिवारले राहत लिनका लागि प्रक्रिया पु¥याउन पर्ने देखिएको छ ।

निर्णयमा लेखिएको छ, ‘सहिदको सूची प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पुस्ट्याइँसहित यकिन गरी गृह मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने ।’ यो निर्णयअनुसार क्षतिपूर्ति पाउन पहिला प्रहरीले आन्दोलनमा मृत्यु भएको हो कि होइन पुष्टि गर्नुपर्छ ।

प्रहरीले आन्दोलनमा मृत्यु भएको पुष्टि गरेपछि मृतक जुन जिल्लाको स्थायी बासिन्दा हो त्यो जिल्लाको प्रशासन कार्यालयले गृह मन्त्रालयमा लेखि पठाउँछ । मन्त्रालयले प्रहरी प्रतिवेदन र प्रशासन कार्यालयका पत्रका आधारमा टिप्पणी तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्छ ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै मृतकका परिवारले घोषित रकम पाउँछन् । मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने पनि निर्णय गरेको छ । त्यस्तै काठमाडौँको उपयुक्त स्थानमा जेनजी जागरण स्मारक पार्क निर्माणको प्रक्रिया सहरी विकास मन्त्रालयले अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यता अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सरकार विस्तारका लागि गृहकार्य गरिरहेको बताएकी छन् । बीबीसी न्यूज नेपालीसँगको विशेष अन्तर्वार्ताका क्रममा उनले मन्त्रिपरिषद्मा कस्ता व्यक्ति ल्याउने भनेर गृहकार्य भइरहेको बताएकी हुन् ।

“हाम्रा केही साथीभाइहरू हुनुहुन्छ। हामीसँग सहकार्य गर्नेहरू। हामी उहाँहरूलाई सोधिरहेका छौँ, गृहकार्य गरिरहेका छौँ,“ उनले भनिन् । “राजनीतिमा गएको व्यक्ति रहेछ भने त्यस्तोलाई हटाएर गैरराजनीतिक बरू कुनै संस्थामा काम गरेको अथवा सचिवहरू, जनजाति, दलित, महिला र पिछडिएको वर्ग ल्याउने पक्षमा छौँ।“ उनले भनेकी छन् ।

यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जा–भौतिक पूर्वाधार र सहरी विकासमा कुलमान घिसिङ र गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् । यसबीचमा बाहिर र युवाहरुको समूहमा महानायक राजेश हमालदेखि, पारस खड्कासम्मका नामहरु चर्चामा रहेका छन् ।

यस्तै प्रधानमन्त्रीले आफू नेतृत्वको क्याविनेटमा आउनका लागि डा सन्दुक रुइतलाई प्रस्ताव गरेको र जेनजीका तर्फबाट पनि संविधानविद् भीमार्जुन आचार्यलाई प्रस्ताव गरिएकामा दुवै जनाले अस्वीकार गरेका छन् । रुइतले संचारमाध्यमलाई नै यसको जवाफ दिएका थिए भने आचार्यले सामाजिक संजालमा यसबारे लेखेका छन् ।

यता यसअघि मन्त्रिमण्डलका सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले हरेक राजनीतिक दलबाट एक एकजना राखेर बृहत् चुनावी मन्त्रिमण्डल बनाउन आफूलाई सुझाव दिएको पनि प्रधानमन्त्री सुशीला कार्कीले जनाएकी छन् । तर आफूले त्यो अस्वीकार गरेको कार्कीले बताइन् ।

क्याविनेटमा दलका मानिस भए निर्वाचनमा उनीहरूले भजाउने काम गर्ने र हेलिकोप्टरजस्ता सुविधाको कुरा हुने भन्दै त्यसलाई आफूले अस्वीकार गरेको उनले भनेकी छन् । “फेरि मैले निर्वाचनमा नजाने मानिसलाई खोजेको हो। निर्वाचनमा जाने हो भने त निर्वाचनमा गइहाल्छन् अनि काम के हुनु?“ उनले भनिन् ।

चुनावपछि आउने सरकारमा जुन दलले नेतृत्व गरेको उही वा सरकारमा सहभागी दलका व्यक्तिहरू मन्त्रीमा आउँछन् । तर अहिलेको फरक परिवेशमा बनेको क्याविनेटमा व्यक्तिहरूको चयन कसरी भइरहेको छ भन्ने चासोको विषय बनेको छ ।

उनले विभिन्न विषयका विज्ञबारे छलफल भइरहेको र अबको १÷२ दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताइन् । अहिले छलफलमा रहेका मानिसहरूको पृष्ठभूमिबारे बोल्दै उनले भनिन्, “कोही पीएचडी गरेका दलित समुदायका पनि हुनुहुन्छ । कोही सचिव पनि हुनुहुन्छ ।

कोही जनजातिमा अति ख्यातिप्राप्त पाइलटकै पनि कुरा आएको छ।“ त्यसरी छलफलमा आएका व्यक्तिले इच्छा देखाएर खुसीसाथ मद्दत गर्न आए आफ्नो मन्त्रिमण्डलमा समेट्ने उनले बताइन् ।
उनले आफूले चुनावका सबै कुरा कानुन र नियम अनुसार होस् र त्यसरी गरिएको चुनावबाट राम्रो सरकार र संसद् बनोस् भन्ने चाहेको बताइन् ।

यसरी बन्ने मन्त्रिपरिषद्को आकार १० देखि ११ सदस्यीय हुने उनले बताएकी छन् । यो सरकार जेन–जीहरूको बलिदानबाट बनेको हो । नवयुवाहरुको आत्मबलिदान पक्कै पनि नेपालको इतिहासमा स्वर्णाक्षरमा लेखिनेछ ।

त्यसैले उनीहरूको बलिदानको जगमा बनेको सरकारले देशलाई भ्रष्टाचार नियन्त्रण र सुशासनतर्फ अग्रसर गराउन सक्यो भने तिनको आत्मोत्सर्ग सार्थक पनि हुनेछ । नेपाली समाजमा सहिदहरूको पूजा त गर्ने तर तिनको भावनाको अवज्ञा गर्ने प्रवृत्ति व्याप्त छ ।

अब जेनजी आन्दोलनका सहिद यसको अपवाद बन्न सकुन् । अन्त्यमा एक पटक फेरी देश र जनताको अवस्था परिवर्तनका लागि आफ्नो ज्यानको आहुती दिएका नौजवान सहिदहरुप्रति हार्दिक श्रद्धसुमन र घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछौं ।

साथै सरकारले पनि उनीहरुलाई दिने भनिएको राहत छिटोछरितो, सहजरुपमा दिलाओस् । जेनजी आन्दोलनकै स्पिरिटमा सरकारले पाएका जिम्मेवारी समयमै पूरा गर्न सकोस र यसका लागि मन्त्रीपरिषद्मा बाँकी रहेका मन्त्रालयहरुमा पनि योग्य पात्रलाई ल्याओस । यसमा तपाइँका विचार अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top