अन्नतः युएईले क्रिकेटरलाई दियो भिसा, नेपाली टोली भोलि उड्ने

Share this
698shares

५ असोज , काठमाण्डौ ।

Advertisement

नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इिमरेट्स युएईमा नेपाल र वेस्ट इन्डिजबीच हुने युनिटी कप हुँदैछ ।

नेपालको पछिल्लो परिस्थितिका कारण यूएईले एकसातापछि मात्रै भिसा दिने निर्णयमा पुगेको हो । यसअघि आवेदन दिएको दोस्रो दिनमै भिसा स्वीकृत गर्ने गरेको भएपनि यसपटक ढिलाई भएको हो ।

Advertisement

भिसामा ढिलाई भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र यूूएई क्रिकेट बोर्डमार्फत पहल गरेको थियो । नेपाली क्रिकेट टिमका म्यानेजर विनोद दासले भिसाको प्रक्रिया आजै टुंगिने र टोली सोमबार युएई प्रस्थान गर्ने तयारी भएको जानकारी दिए ।

नेपालले सारजाहमा पहिलोपटक टेस्ट राष्ट्रसँग टी–२० आई सिरिज खेल्न लागेको हो । सेप्टेम्बर २७, २९ र ३० मा हुने सिरिजका लागि दुवै राष्ट्रले आ–आफ्नो टोली घोषणा गरिसकेका छन् । युनिटी कपका लागि अनलाइन टिकेट समेत खुला भइसकेको छ ।

Advertisement

क्यानले टोलीलाई बिहीबार नै बिदाइ गरिसकेको थियो । नेपालले टेष्ट मान्यता राष्ट्रसँग कुनै पनि सिरिज खेल्न लागेको यो पहिलो पटक हो । यो सिरिज खेलेर नेपाल टि–ट्वान्टी विश्व कप छनोट खेल्न ओमान जाने तय भएको छ ।

नेपाली टोली ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न ओमान जाने कार्यक्रम छ । त्यसपछि नेपालले पुनः यूएईमै आएर यूएई र अमेरिकासँग लिग २ मा प्रतिस्पर्धा गर्नेछ । मुख्य प्रशिक्षक स्टुवार्ट ल भने शुक्रबार नै दुबई पुगिसकेका छन् ।

साथै उनका अनुसार स्ट्रेन्थ एन्ड कन्डिसन प्रशिक्षक अब्दुर सतार पनि भारतबाटै दुबई पुग्ने कार्यक्रम छ । नेपालको पछिल्लो घटनापछि संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ ।

कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी दिइएको छैन् । भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको तथा पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको दुबई र नेपालस्थित विभिन्न कम्पनीहरूले बताएका छन् ।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ । यता क्यानले मलेसियाविरुद्धको टि ट्वान्टी सिरिजका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको पनि घोषणा गरेको छ ।

अनुभवी खेलाडी सीता राना मगरले टोलीमा पुनरागमन गरेकी छिन्। यसअघिको टोलीमा ५ खेलाडी परिवर्तन गरिएको छ । सीता चोटका कारण लामो समय मैदान बाहिर थिइन्। यशोदा बिष्ट पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल रहिन् ।

पछिल्लो पटक ग्लोबल क्वालिफायर खेल्दाका ५ खेलाडीले यसपटक पटक टोलीमा छैनन्। विन्दु रावल, मनिषा उपाध्याय, सबनम राई, ईश्वरी बिष्ट र रोमा थापा टोलीमा परेनन् । उनीहरूको ठाउँमा सीता र यशोदासँगै सोमु बिष्ट, रचना चौधरी र साबित्रा धामी परेका छन्।

नेपाल र मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीबीच असोज १६ देखि २२ गतेसम्म टि ट्वान्टी सिरिज हुनेछ । त्यसअघि असोज ८ देखि १४ गतेसम्म हुने मलेसियन सुपर वुमन्स सिरिजमा नेपाली टोलीका खेलाडीले ५ फरक टोलीबाट खेल्नेछन् ।

ग्लोबल क्वालिफायरको तयारीको लागि यो सिरिजमा नेपालले सहभागिता जनाउन लागेको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा इन्दु बर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिष्ट, सावित्रा धामी,कविता कुँवर, रुविना क्षेत्री, सिता राना मगर रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top