×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नवरात्रको चौथो दिन; माता कुष्माण्डाको पूजा किन गरिन्छ ?

९ आश्विन २०८२

९ असोज , काठमाण्डौ ।

नेपालीहरुको महानचाड बडादशैंको अर्थात नवरात्रको चौँथो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

Advertisement

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ ।

सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च ।
दधाना हस्तपद्याभ्यां कुष्माण्डा शुभदास्तुमे ।।

कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि शान्सारिक दुःख कष्ट तथा पीडामा शितलता प्रदान गर्ने देवीको रुपमा पूजा गरिन्छ ।

कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकको रुपमानेर नवरात्रको चौथो दिन यसको पूजाआजा गर्ने चलन रहेको छ । शक्तिपीठ तथा देवी मन्दिरहरूमा आज कुभिन्डोको विधिपूर्वक पूजा गरी त्यसैको बली समेत चढाउने गरिन्छ ।

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको हो भन्ने विश्वास गरिन्छ ।

कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रको पहिलो दिन सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।

त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मंगलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, इन्द्रायणीलगायत मन्दिरहरुमा पूजा आज गर्नेहरुको बिहानैदेखि चहलपहल सुरु भएको छ ।

उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरी, विराटनगरको काली मन्दिरलगायत शक्तिपीठहरुमा पनि भक्तजनहरुको घुइँचो लागेको छ ।

यसवर्ष असोज १३ गते सोमबार फूलपाती र श्री तुलजाभवानी यात्राको साइत बिहान ७ः१७ बजे तथा स्थिरासनको साइत बिहान ९ः२३ बजे रहेको छ ।

असोज १४ गते मंगलबार महाअष्टमी, असोज १५ गते बुधबार महानवमी पर्व परेको छ । विजयादशमीका दिन, असोज १६ गते बिहिबार बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ ।

Advertisement

देवी विसर्जन पश्चात् दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि विशेष साइत खोज्नेहरूका लागि बिहान ११ः५३ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्पष्ट पारेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top