×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

सरकारले पायो भ्रष्टाचारको सूचना, गृहमन्त्री पुगे सीआईबी

१० आश्विन २०८२

१० असोज , काठमाण्डौ ।

सरकारले अब राजनीतिक दबाबले बन्द भएका सबैभ्रष्टाचारका फाइलहरु खोल्ने भएकोछ । अघिल्ला सरकारहरुका पालामा भएका भ्रष्टाचारबारे प्रशस्त सूचना आफ्नो सरकारले पाइसकेको बताएकी प्रधानमन्त्री सुशीला कार्कीले हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै अब भ्रष्टाचारमा मुछिएकाहरुलाई कारबाही गरिने जनाउ दिइसकेकी छन् ।

Advertisement
Advertisement

भ्रष्टाचारमुक्त देश बनाउने जेनजीहरुको माग र उनीहरुको आन्दोलनको मर्मअनुसार नै अब सरकार यस मामिलामा अगाडि बढ्ने कार्कीले प्रतिबद्धता जनाएकी हुन् ।

प्रधानमन्त्रीको भनाईलाई थप पुष्टि गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले पनि अनुशन्धान गर्ने निकायहरु सबै सक्रिय भइसकेको बताए । यसबीच आज उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमनमा पुगेका छन् ।

जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले लाजिम्पाटस्थित ब्युरोको कार्यालयमा तोडफोड गरेका थिए । ब्युरोको आर्थिक अपराध अनुसन्धान महाशाखामा रहेको कागजात प्रदर्शनकारीले जलाएका थिए ।

सीआईका अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री अर्यालले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने बताएका छन् । ब्युरोको अनुगमन पछि अर्यालले भने, ‘अब ब्रेक थ्रु हुन्छ ।’

उनले राजनीतिक हस्तक्षेपले हिजो बन्द भएका सबै फाइलहरु खोल्न निर्देशन दिएका छन् । मन्त्रिपरिषद्ले सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीलाई सरुवा गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कमान्ड गरेका केसीले जिम्मेवारी समालेपछि ब्युरोमा पुगेका अर्यालले राजनीतिक कनेक्सनको आधारमा रोकिएका वित्तीय अपराध र भ्रष्टाचारको अनुसन्धानमा अघि बढ्ने बताए ।

उनले भने, ‘राजनीतिक कनेक्सनको आधारमा अवरोध आइरहेको अनुसन्धान अघि बढ्छ ।’ भ्रष्टाचारबारे केही सूचना चुहिएको उल्लेख गर्दै अर्यालले अन्तरिम सरकारको पहिलो सर्त सुशासन भएको बताए ।

उनले भने, ‘अनुसन्धानमा हुने अवरोध हटाउनुपर्छ, हामीले सुशासन प्रवद्र्धन गर्ने हो ।’ अर्यालले राजनीतिक सम्बन्धका आधारमा विगतमा भएका गल्तीहरू सच्याएर अघि बढ्नुपर्ने बताएका हुन् ।

मन्त्री अर्यालले सरकार चुनाव गराउने दायित्वसहित आएको बताउँदै भने, ’सरकारको म्यान्डेन्ड सुशासन हो । सुशासन भएन भने शान्ति सुरक्षा हुँदैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र चुनाव पनि हुँदैन । त्यसैले सुशासन त हामीले दिनैपर्छ ।’

उनले कुनै एउटा विषयमा मात्रै आफूले निर्देशन नदिने भन्दै सबै बिषय बुझेर मात्रै निर्णय गर्ने बताए । उनले अगाडि कसरी बढ्ने भन्ने विषयमा आफूले अपडेटहरू लिइरहेको समेत बताए ।

उनले सुशासन नभएकै कारण यसअघिका सरकारको म्यान्डेन्ड बीचमै भंग भएको बताए । ’राजनीतिक कनेक्सनका आधारमा यसअघि सुशासनमा अवरोध आयो । वित्तिय अपराध र भ्रष्टचारका बिषयमा जुनखाले अवरोध आयो । त्यो अब हामीले तोडनुपर्छ,’ उनको भनाइ छ ।

उता विहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले पनि जेन–जी आन्दोलनका बेला युवाले ज्यान गुमाएको घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

यस्तै तोडफोड, आगजनी, लुटपाट, बल प्रयोगलगायतबारे सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय जाँचबुझ आयोगले काम सुरु गरिसकेको प्रधानमन्त्री कार्कीले जानकारी दिइन् ।

आयोगमा विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारी सदस्य छन् । जलवायु तथा विज्ञान विभागको बबरमहलस्थित भवनमा कार्यालय स्थापना गरेर आयोगले क्षतिको विवरण संकलन प्रक्रिया अघि बढाएको हो ।

आयोगले भौतिक र मानवीय क्षतिको विवरण संकलन गर्ने भनेको छ । देशभरका अदालतले सर्वोच्च अदालतमार्फत आयोगलाई विवरण बुझाउनेछन् । अरू सरकारी निकायले गृह मन्त्रालयमार्फत विवरण बुझाउनेछन् ।

अरू सरकारी निकायले गृह मन्त्रालयमार्फत विवरण बुझाउनेछन् । स्थानीय सरकारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तोकिएको छ । व्यापारिक प्रतिष्ठान र निजी सम्पत्ति क्षति हुनेले सोझै विवरण पठाउन सक्नेछन् ।

यस्तै जेन–जी आन्दोलनको ‘म्यान्डेट’ भित्र रहेर सरकारले सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाहिजा गर्ने, काम पन्छाउने, घूस–रिसवत् माग्ने, अनावश्यक दुःख, हैरानी दिने, सेवाग्राहीलाई अपमानजनक व्यवहार गर्नेमाथि पनि कारबाही गर्ने प्रधानमन्त्री कार्कीले बताएकी छन् ।

यस्ता घटनामा उजुरी गर्न र त्यसको तत्काल निराकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकारका सबै मन्त्रालय एवं तीनै तहका सरकारी कार्यालयमा हटलाइनको व्यवस्था गरिएको पनि उनले जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले युवा पुस्ताको सोच र भावनाबमोजिम आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने कार्यमा अग्रसर भई उच्च मनोबलसाथ जिम्मेवारी बहन गर्न कर्मचारीलाई आह्वान पनि गरेकी छन् ।

यसैबीच दुई साताअघिको जेन–जी आन्दोलन दबाउन अत्यधिक बल प्रयोग भएको प्रहरीकै तथ्यांकमा देखिएको छ । प्रहरीले तयार गरेको प्रारम्भिक प्रतिवेदनअनुसार दुई दिनमा देशभर १३ हजार १ सय ८२ पटक फायरिङ गरिएको थियो ।

धातुका गोलीमध्ये अधिकांश घातक हतियार इन्सास, एसएलआर र पिस्तोलबाट चलेका थिए । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको मृतकको पोस्टमार्टम प्रतिवेदनमा समेत मृत्युको कारण ‘हाई भेलोसिटी आम्र्स’ (तीव्र गतिको हतियार) बाट प्रहार भएको गोली रहेको उल्लेख छ ।

दुई दिनमा २ हजार ६ सय ४२ ‘लाइभ एम्युनिसन’ (धातुका गोली) प्रहार गरिएको प्रहरीको आन्तरिक प्रतिवेदन छ । यही क्रममा १ हजार ८ सय ८४ रबर गोली प्रहार गरिएको थियो ।

त्यस्तै २ हजार ३ सय ७७ पटक हवाई फायर र ६ हजार २ सय ७९ सेल अश्रुग्यास प्रहार गरिएको थियो । सबैभन्दा धेरै फायरिङ काठमाडौं उपत्यकामा गरिएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ ।

काठमाडौंमा १ हजार ३ सय २९ लाइभ बुलेट प्रहार गरिएको थियो । त्यस्तै १ हजार ४ सय २० रबर बुलेट र १ हजार ४६ हवाई फायर गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

३ हजार ९६ सेल अश्रुग्यास प्रहार गरिएको थियो । काठमाडौं उपत्यकामा मात्रै ६ हजार ८ सय ९१ पटक फायर गरिएको थियो । उपत्यकापछि बढी बल प्रयोग मधेश प्रदेशमा भएको थियो ।

मधेशमा १ हजार ९ सय २१, कोशीमा १ हजार ५ सय ६८, कर्णालीमा ९ सय ३२, सुदूरपश्चिममा ७ सय ६३, लुम्बिनीमा ६ सय १९, गण्डकीमा ३ सय ६ र बागमती प्रदेशका अन्य जिल्लामा १ सय ८१ पटक फायरिङ भएको थियो । ‘यो प्रहरीले तयार पारेको प्रारम्भिक विवरण मात्र हो, संख्या अझै बढ्न सक्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भनेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top