×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वेस्ट इन्डिजको खराब लयको फाइदा उठाउला नेपालले ?

११ आश्विन २०८२

११ असोज , काठमाण्डौ ।

नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ ।

Advertisement

नेपालले वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय फम्र्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो ।

खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय नेपालको खेल राम्रो हुँदै आएको बताउँदै यस शृंखलामा पनि राम्रो प्रदर्शन गरेर जित निकाल्ने बताएका थिए ।

‘आफ्नो बेस्ट क्रिकेट खेल्यो भने जित्न सकिन्छ, टिममा सबैजना सकारात्मक हुनुहुन्छ र मनोबल पनि उच्च छ, हामी शृंखला जित्न सक्छौं भन्ने छ’ उनले भनेका छन् ।

त्यस्तै वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताउँदै खेलका लागि उत्साहित रहेको बताएका छन् ।

होसेनले टिममा युवा खेलाडीहरू धेरै भएको र सबैजना खेलका लागि तयार रहेको बताए । ‘पेपरमा को कस्तो छ भन्ने कुराले त्यति फरक पार्दैन, जसले राम्रो खेल जित्छ उसले जित्छ’ उनले भने ।

वेस्ट इन्डिज पछिल्लो समय खराब लयमा रहेको हुँदा नेपाललाई ऐतिहासिक जित निकाल्ने अवसर पनि छ । वेस्ट इन्डिजले सन् २०२५ मा खेलेका १२ खेलमध्ये २ खेल मात्र जितेको छ ।

यता नेपालको प्रदर्शन भने मिश्रित छ । नेपालले २०२५ मा कूल ८ खेल खेलेको छ जहाँ नेपालले ४ खेल जित्दा ३ खेलमा पराजित (एक सुपर ओभरसहित) भएको छ भने एक खेल नतिजाविहीन छ ।

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल सोमबार र तेस्रो खेल बिहीबार हुनेछ । नेपालीे टोलीमा कप्तान रोहित कुमार पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम रहेका छन् ।

यी खेलाडीहरुको साथमा आज नेपाली क्रिकेटको यात्रामा ऐतिहासिक अध्याय थपिँदैछ । किनभने पहिलोपल्ट नेपालले टी–२० क्रिकेटका महाशक्ति वेस्ट इन्डिजसँग तीन खेलको अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।

झन्डै तीन दशक लामो अन्तर्राष्ट्रिय यात्रामा नेपालले कुनै टेस्ट राष्ट्रसँग खेलेको यो पहिलो द्विपक्षीय सिरिज हुने भएकाले यसलाई माइलस्टोनको रूपमा लिइएको छ ।

गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न अघिल्लो संस्करणको टी–२० विश्वकपमा देखाएको प्रदर्शनपछि नेपाल क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा सबैको ध्यान खिच्न सफल भएको थियो।

त्यसैले युएईको शारजाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो तीन खेलको सिरिजले पनि विश्व क्रिकेट समुदायको ध्यान पुनः एकपल्ट खिच्ने अपेक्षा गरिएको छ ।

क्यानका सचिव पारस खड्का भन्छन्, ‘शारजाह एउटा आइकोनिक भेन्यु हो, जहाँ नेपालले विगतमा पनि फरक–फरक प्रतियोगितामा आफ्नो उपस्थिति जनाएको छ। यो सिरिज हामीलाई उदाउँदो राष्ट्रको रूपमा विश्वलाई आफ्नो क्षमता देखाउने अवसर दिनेछ।’

नेपालले अहिलेसम्म ८ पटक मात्र टेस्ट राष्ट्रसँग टी–२० आई खेल खेलेको छ । यस क्रममा नेपालले बंगलादेश, आयरल्यान्ड र जिम्बाबेसँग समान दुई–दुई पटक तथा भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक प्रतिस्पर्धा गरेको छ ।

पटक–पटक जितको संघारमा पुगेर पनि नेपालले अहिलेसम्म नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । यस सिरिजमा नेपाल टेस्ट राष्ट्रलाई पराजित गर्दै नयाँ इतिहास रच्ने दाउमा छ, जसले भविष्यमा अझ धेरै अवसरका ढोका खोल्न सक्छ ।

कप्तान रोहित पौडेल पनि यसैमा आशावादी देखिन्छन्। उनी भन्छन्,‘यो सिरिजपछि धेरै अवसर खुल्छ भन्ने लाग्छ। टेस्ट राष्ट्रसँगको यो पहिलो द्विपक्षीय सिरिज हाम्रो लागि ऐतिहासिक हो। यसपछि पनि यस्ता सिरिज खेल्ने सम्भावना बढ्छ। नतिजा हाम्रो लागि निकै महत्वपूर्ण छ, किनकि यसले विश्व क्रिकेटमा हाम्रो छाप छोड्नेछ।’

नेपालका लागि यो सिरिज आगामी टी–२० विश्वकप छनोटको अन्तिम तयारी पनि हो । आगामी महिना ओमानमा हुने एसिया छनोट अघि दुई पटकका विश्व विजेता वेस्ट इन्डिजसँग खेल्नु आफैंमा ठूलो अनुभव हो ।

वेस्ट इन्डिजको टोलीमा कप्तान अकिल होसिनसँगै जेसन होल्डर, काइल मेयर्स, फाबियन एलन र ओबेड म्याकोयजस्ता स्टार खेलाडी छन् । वेस्ट इन्डिज क्रिकेटमा विशेषगरी टी–२० ढाँचामा ‘पावरहाउस’ मानिन्छ ।

उसको आक्रामक ब्याटिङ शैली कै कारण विश्वका प्रायः सबै टी–२० लिगमा क्यारिबियन खेलाडीको वर्चस्व देखिन्छ । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा दुई पटक टी–२० विश्वकप उपाधि जितिसकेको छ ।

नेपालले भने अहिलेसम्म सन् २०१४ र २०२४ मा मात्रै टी–२० विश्वकपमा सहभागिता जनाउन सकेको छ । नेपाल अहिले विश्व क्रिकेटमा ‘अन्डरडग’ को रूपमा उदाउँदै गरेको एसोसिएट राष्ट्र हो ।

वेस्ट इन्डिज टी–२० क्रिकेटको अनुभवी ‘पावरहाउस’ हो । त्यसैले यो सिरिजलाई सबैले ‘अन्डरडग भर्सेस पावरहाउस’को रोमाञ्चक भिडन्तका रूपमा हेरिरहेका छन् । त्यसैले नेपालका लागि चुनौती अझ ठूलो छ ।

Advertisement

अनुभवी र आक्रामक वेस्ट इन्डिजविरुद्ध नेपालले आफ्नो योजना र आत्मविश्वास देखाउनुपर्नेछ । नेपालले यसअघि गत वर्ष वेस्ट इन्डिजको ‘ए’ टिमसँग खेलेको अनुभव पनि रहेको छ । अहिलेको टोलीमा वेस्ट इन्डिज ‘ए’ का केहि खेलाडी पनि छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top