×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

नेपालको ऐतिहासिक जित, टेस्ट राष्ट्रविरुद्ध पहिलो सफलता

१२ आश्विन २०८२

१२ असोज, काठमाण्डौ ।

नेपाली क्रिकेटले नयाँ इतिहास रचेको छ । कुनै पनि टेस्ट मान्यता प्राप्त टोलीमाथि नेपालले पहिलो पटक विजय हासिल गरेको छ । शनिबार वेस्टइन्डिजमाथि नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एतिहासिक विजय हात पारेको हो ।

Advertisement
Advertisement

उत्कृष्ट बलिङ र फिल्डिङपछि नेपालले पहिलो टी–२० अन्तर्राष्ट्रियमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो । यो नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक कुनैपनि टेस्ट टोलीलाई हराउन सफल भएको हो ।

वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी२० विश्वकप च्याम्पियन टोली हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जित्नलाई १ सय ४९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन मात्रै बनाउन सक्यो । वेष्टइण्डिजका अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए ।

दोस्रो ओभरको दोस्रो बलमै कुशल भुर्तेलको डाइरेक्ट थ्रोमा ओपनर काइल मेयर्स ५ रनमै रन आउट भएका थिए । त्यसपछि नन्दन यादवको पाँचौं ओभरको अन्तिम बलमा कलिम अगस्टे १५ रनमा क्याच आउट भएका थिए ।

जवेल एन्ड्यु ५, केसी कार्टी १६, नविन २२ र जेसन होल्डर ५ रनमा आउट भए । एक समय १६.३ ओभरमा ९४ रन ७ विकेटको दयनीय अवस्थामा पुगेको वेष्टइण्डिजलाई कप्तान अकिल हुसेन र फबिएन एलेन अन्तिम आशाको रुपमा थिए ।

अन्तिम १८ बलमा ४९ रन चाहिँदा १८ औं ओभरमा १९ रन खर्चेका थिए । त्यसपछि १२ बलमा वेष्टइण्डिजलाई ३० रन चाहिँदा करण केसी बलिङमा आएका थिए ।

तर करणले उत्कृष्ट बलिङका साथ मात्रै २ रन दिएपछि नेपालको एतिहासिक जित पक्का जस्तै बनेको थियो । नेपालका कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरी करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १–१ विकेट लिए । त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाएका थिए । ओपनर कुशल भुर्तेललाई ६ र आसिप शेखलाई ३ रनमा गुमाउँदा एक समय ३.१ ओभरमा १२ रन २ विकेटको अवस्थामा पुगेको नेपाललाई तेस्रो विकेटलाई कुशल मल्ल र रोहित पौडेलले ५८ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार देखाएका थिए ।

तर त्यसपछि पाएको सुरुवातलाई ठूलो इनिङमा कुनैपनि ब्याटरले परिणत गर्न नसक्दा बलियो योगफल बनाउन चुकेका थियो । कुशल मल्ल स्पिनर नविन बिडैसीलाई ठूलो सट खेल्ने धुनमा लङअनमा जेसन होल्डबाट क्याच आउट भए ।

उनले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे । नविनलाई नै १३ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका रोहित डीपमिड विकेटमा क्याच आउट हुन पुगेका थिए । ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बटुले ।

गुलशन झाले नेपाललाई राम्रो अन्त्यको सम्भावना देखाएका थिए । तर नविनलाई नै १७ औं ओभरको पाँचौं बलमा ठूलो सट खेल्दा केसी कार्टीबाट तेस्रो प्रयासमा लङअफमा क्याच आउट भए ।

गुल्शनले १६ बलमा २ छक्कासहित २२ रन जोडे । टेस्ट टोलीविरुद्ध संघर्ष गर्दै आएका दीपेन्द्रसिंह ऐरी १९ बलमा १ छक्कासहित १७ रनमा क्याच आउट भए । सन्दीप जोरा ९ र करण केसी डक आउट भए ।

१९ औं ओभरमा दीपेन्द्र, करण र सन्दीप क्याच आउट भएका थिए । वेष्टइण्डिजका मध्य गतिका बलर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए ।

स्पिनर नविन बिडैसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान अकिल हुसेनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । अब नेपालले दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार खेल्ने कार्यक्रम छ ।

यस खेलमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच बन्न सफल भए । प्लेयर अफ‌ दी म्याचको अवार्ड जितेपछि रोहितले यो अवार्ड जेन जी आन्दोलनमा ज्यान गुमाएका सहिदलाई समर्पण गरेका छन् ।

उनले पछिल्लो महिना नेपालको लागि निकै कठिन समय रहेको स्मरण गर्दै बिस्तारै पुरानो शैलीमा आउँदै गरेको र केहि खुसी दिन सकेको पनि बताए ।

हिजोको जितमा टिमले राम्रो प्रदर्शन गरेको भन्दै करण केसी र सोमपालको अनुभव अनि स्पिनरहरूको प्रदर्शन उत्कृष्ट रहेको बताए । उनले कुशल भुर्तेलको पनि तारिफ गरे ।

साथै रोहितले शारजाह स्टेडियममा पुगेका दर्शकलाई धन्यवाद दिए । उनले यो जितलाई सुरूवातको संज्ञा दिए । ३ खेलको सिरिजमा नेपालले १–० ले अग्रता लिएको हो ।

नेपाललाई यस विजयले लगत्तै वेस्टइन्डिजमा सुरु हुने ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ठूलो हौसला दिनेछ । यसैपनि नेपाली क्रिकेट टोलीले आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) अर्थात् टेस्ट, ओडिआई र टी–२०आई सबै मान्यता प्राप्त गरेका टोलीसँग धेरै खेल्ने मौका पाएको छैन ।

त्यसमाथि पनि द्विपक्षीय शृंखला त यो पहिलो नै हो । नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ ।

हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन । हाल फूल मेम्बर भइसकेको अफगानिस्तानलाई नेपालले सन् २०१४ को टी–२० विश्वकपमा हराएको भएपनि त्यसबेला अफगानिस्तान पूर्ण सदस्य राष्ट्र अर्थात् फूल मेम्बर भइसकेको थिएन र एसोसियट नै थियो ।

नेपालले यसअघि पूर्ण सदस्य राष्ट्रसँग आठ टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो । २०१४ मा अफगानिस्तान र २०१५ मा आयरल्यान्डविरुद्धका खेलहरू भने त्यतिबेला दुवै एसोसिएट राष्ट्र भएकाले गणना गरिएको छैन ।

नेपालले जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डसँग दुई–दुई पटक खेलेको छ भने भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक खेलेको छ । यी आठै खेलमा नेपाल पराजित भएको थियो ।

Advertisement

तर हिजो वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलमा नै नेपालले ऐतिहासिक जित निकाल्न सफल भएको हो । पछिल्लोपटक सन् २०२४ मा भएको टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल केवल १ रनले पराजित हुँदै इतिहास बनाउनबाट चुकेको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top