×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

१३ आश्विन २०८२

१३ असोज ,काठमाण्डौ ।

दुई पटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखलामा आज नेपालले दोस्रो खेल खेल्दै छ । नेपाली टिम आज यूएईको शारजाह क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धामा उत्रिने छ ।

Advertisement
Advertisement

नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा सन् २०१२ र २०१६ को विश्वकप विजेताविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो । नेपाली क्रिकेटकै इतिहासमा टेस्ट राष्ट्रविरुद्धको यो पहिलो जित हो ।

उक्त जितसँगै तीन शृंखलामा नेपाल १–० ले अघि छ । त्यसोहुँदा टेस्ट राष्ट्रविरुद्धको पहिलो सिरिज जित्ने लक्ष्यसहित नेपाल आज मैदानमा उत्रनेछ । क्यारिबियन टोलीका लागि भने यो ‘डु–अर–डाइ’ खेल हुनेछ ।

पहिलो खेलमा अप्रत्याशित १९ रनको पराजय बेहोरेको टोली त्यसको बदला लिँदै सिरिज बराबरी गर्ने लक्ष्यमा हुनेछन् । यता पहिलो खेलमा वेस्ट इन्डिजलाई चकित तुल्याएको नेपालले ऐतिहासिक सिरिज जित्ने अवसर पाएको छ ।

आज पनि जित निकाले नेपालले अन्तिम खेल अगावै सिरिज जित्नेछ । पहिलो खेलमा नेपालको सामूहिक प्रदर्शन उत्कृष्ट रह्यो, जसले टोलीलाई सन्तोषजनक स्कोर बनाउन र त्यसलाई सफलतापूर्वक बचाउन सहयोग ग¥यो ।

कप्तान रोहितकुमार पौडेल फेरि त्यस्तै प्रदर्शन दोहो¥याउने अपेक्षामा छन् । उनी भन्छन्,‘यस सिरिज खेल्न आउँदा नै हाम्रो मानसिकता जित्ने थियो । पहिलो खेल जसरी हामीले खेलेका छौं, यसले हामीलाई सिरिज जित्ने ठूलो सम्भावना दिएको छ । तर हामीलाई जमिनमा टेकिरहनु छ, प्रक्रियालाई सही ढंगले पछ्याउनु छ र आगामी खेलमा जे आउँछ त्यसलाई सामना गर्न तयार रहनु छ।’

तर, उनीमाथि दबाब पनि ठूलो छ । अर्कोतर्फ, वेस्ट इन्डिजका कप्तान अकिल हुसैन पनि पहिलो खेलको निराशाजनक नतिजापछि फर्किन खोज्दैछन् ।

३२ वर्षीय यी बलिङ अलराउन्डरले आफ्नो पहिलो सिरिजमा बाँकी दुई खेलमार्फत नेतृत्व क्षमताको प्रष्ट प्रमाण दिन चाहनेछन्।

यसैले यो खेल दुई कप्तानबीचको विशेष द्वन्द्व पनि बन्नेछ, जहाँ एक इतिहास बनाउन खोजिरहेका छन् भने अर्काले अर्को खराब नतिजाबाट जोगिनका लागि ।

नेपाल उच्च वरीयता प्राप्त टोली नभए पनि पछिल्ला टी–२० प्रदर्शनमा उल्लेख्य सुधार देखाएको छ । तर, निर्णायक चरणमा उनीहरूले अस्थिरता देखाएका छन् ।

हङकङमा भएको चारदेशिय सिरिजको फाइनल र स्कटल्यान्डको त्रिदेशिय सिरिजमा नेपालले यस्तै खाले प्रदर्शन गरेको थियो । वेस्ट इन्डिजको हालको लय झन् कमजोर छ ।

पछिल्लो टी–२० सिरिज जुनमा आयरल्यान्डविरुद्ध जितेका थिए । त्यसपछि अस्ट्रेलिया र पाकिस्तानविरुद्ध पराजित भए र पछिल्ला पाँच खेलमध्ये एक मात्र जितेका छन् ।

शारजाहको पिच हालसालैको खेलमा ढिलो र सुख्खा देखिएको छ । विशेषगरी स्पिनरलाई बल राम्रोसँग ग्रिप र टर्न मिलिरहेको छ । यहाँ १६० रनको स्कोर पछ्याउन कठिन भएको छ ।

त्यसैले टस जित्ने टोलीका लागि पहिले ब्याटिङ गर्नु नै उपयुक्त हुने देखिन्छ । यस मैदानमा ४९ मध्ये ३१ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् ।

नेपालले पहिलो खेलमा ऐतिहासिक जित निकालेको टोलीमा कुनै परिवर्तन गर्ने अपेक्षा गरिएको छैन । वेस्ट इन्डिज भने दुई परिवर्तन गर्न सक्छ ।

बलिङतर्फ रामोन सिमोन्सको स्थानमा शमर स्प्रिङ्गरलाई ल्याउन सक्नेछन्, जसले टोलीलाई नयाँ विकल्प दिनेछ । यस्तै, अलराउन्डर करिमा गोरेले ज्वेल एन्ड्र्यूलाई प्रतिस्थापन गर्ने सम्भावना छ ।

उनले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्न सक्छन् । तीन खेलको ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहेको छ ।

Advertisement
Advertisement

शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top