×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

आसिफ प्लेअफ अफ द म्याच, आदिलको Mind-blowing comeback

१४ आश्विन २०८२

१४ असोज , काठमाण्डौ ।

नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै यो शृङ्खलाको उपाधि जितेको हो ।

Advertisement
Advertisement

पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । यससंगै टोलीले आज अन्तिम खेल खेल्दै छ । अब नेपाली राष्ट्रिय क्रिकेट टोलीको लक्ष्य सिरिज क्लिन स्विप गर्नु हुनेछ ।

दुईपटकको टी–२० विश्वकप च्याम्पियन टोलीविरुद्ध ऐतिहासिक जित हासिल गरेको नेपाली टोली युनिटी कपको अन्तिम खेलमा उच्च मनोबलमा मैदान उत्रनेछ ।

खेल यूएईको सारजाह क्रिकेट रगंशालामा राति सवा ८ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा १९ रनको जित निकाल्दै पूर्ण टेस्ट टोलीविरुद्ध ऐतिहासिक प्राप्त गरेको थियो ।

गएराति दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८३ रनमा अलआउट गर्दा नेपालले ९० रनको फराकिलो जित दर्ता गरेको थियो । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भएको हो ।

वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन बनाए ।

यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगोले १६ रन जोडे । नेपालको लागि आदिल आलमले ४ विकेट लिए । यस्तै, कुशल भुर्तेलले तीन, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७३ रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे ।

यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए । यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए। वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए ।

टेष्ट राष्ट्र विरूद्ध नेपालले पहिलो पटक सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो । यो खेल र जित नेपाली क्रिकेटको लागि विशेष बनेको छ ।

साथै अल राउन्डर आदिल आलमको लागि भने सानदार पुनरागमन खेल बन्यो । प्रतिबन्ध फुकुवा भएपछि आदिल पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल रहे ।

अनि आजको खेलमा प्रशिक्षक स्टुवार्ट लले घाइते नन्दन यादवको स्थानमा आदिललाई मौका दिए । ३ वर्षपछि राष्ट्रिय टिमको लागि खेल्न पाएको मौकालाई अवसरमा बदल्न आदिल सफल रहे ।

१९ ओभर १ बलमा गुलशन झा आउट भएपछि ५ बल बाँकी छदा आदिल क्रिजमा छिरे । ३ वर्षपछि पहिलो पटक राष्ट्रिय टोलीको लागि आदिल मैदान प्रवेश गरे ।

आत्मविश्वासी आदिलले ५ बल खेल्दै १ छक्का र १ चौका सहित ११ रन जोडे । त्यसपछि बलिङमा उनको जादु चल्यो । ४ ओभरमा मात्र २४ रन खर्चेर ४ विकेट लिए ।

यो तथ्याङ्कले पनि उनको कमब्याक सानदार रहेको पुष्टि गर्छ । आजको खेलमा उनले सर्वाधिक विकेट लिए । आदिलले आठौँ, दसौँ, बाहौँ र १६औँ ओभरमा बलिङमा आए । उनले आफ्नो हरेक ओभरमा विकेट लिन सफल भए ।

२०७९ सालको मंसिरमा टियु मैदनामा भएको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा आदि माथि स्पट फिक्सिङको आरोप लागेको थियो । सो आरोपले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लागेको थियो ।

काठमाडौं जिल्ला अदालतले २०८० को चैतमा उनलाई सफाई दिएको थियो । यसपछि क्यानको इन्टेग्रिटी कमिटीले प्रतिबन्ध फुकुवा गर्ने सिफारिस गर्यो ।

२०८२ वैशाख २१ गते देखि लागु हुने गरी क्यानले उनको प्रतिबन्ध फुकुवा गरेको थियो । प्रतिबन्ध फुकुवापछि नेपाल ‘ए’ टिम हुँदै उनले राष्ट्रिय टोलीमा पुनरागमन गरेका यात्रा हुन् ।

अब आज नेपाल सिरिज क्लिन स्विपको पक्षमा हुँदा वेस्ट इन्डिजको टोली भने पहिलो जितको खोजीमा हुनेछ । वेष्ट इण्डिजसँगको सिरिजपछि नेपाली टोली उतैबाट ओमान जाने कार्यक्रम छ ।

Advertisement

ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षत्रिय छनोट हुँदैछ । नेपाली टोलीले यो सिरिजलाई त्यसकै तयारीका रुपमा लिएको छ ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top