×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

दशैंमा आएका ३ चलचित्रले कति कमाए ?कुन चलचित्र कस्ता छन् ?

१५ आश्विन २०८२

१५ असोज , काठमाण्डौ ।

दशैंका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् ।फूलपातीदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका हुन् ।

तर दशैंको बिदामा दर्शक तान्ने अवसर भएपनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले दुई दिनमा एक करोड पाँच लाख ६५ हजार रुपैयाँबराबरको व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ ।

उक्त चलचित्रले पहिलो दिन असोज १३ गते नेपालभर प्राप्त गरेको २४४ ‘शो’ बाट ५७ लाख १९ हजार ३४० र दोस्रो दिन दुई सय १३ शोबाट ४८ लाख ४६ हजार रुपैयाँको व्यापार गरेको छ ।

सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।

यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह अभिनय गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले प्रदर्शनको दुई दिनमा ५९ लाख ५८ हजार रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको छ ।

उक्त चलचित्रले असोज १३ गते १३४ शोबाट २४ लाख ८५ हजार ६४ र दोस्रो दिन ३४ लाख ७३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त चलचित्रले पहिलो दिन र दोस्रो दिन समान ‘शो’ पाएको छ ।

दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन।

अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याइएको हो ।प्रदर्शनरत तेस्रो चलचित्र ‘माइतीघर’ ले प्रदर्शनको दुई दिनमा ३८ लाख ६३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ ।

उक्त चलचित्रले असोज १३ गते पहिलो दिन १४४ ‘शो’बाट १८ लाख ९६ हजार ४५५ र दोस्रो दिन १३० ‘शो’बाट १९ लाख ६७ हजार रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ ।

रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन ।

पछिल्ला वर्षमा दशैंमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएको छ । सोही कारण यो दशैंमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् ।

बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।

समीर भट्ट अभिनित नेपाली चलचित्र बलिदानलाई दर्शक र समीक्षकहरूले निकै सकारात्मक रूपमा मूल्यांकन गरेका छन्। यो चलचित्र सामाजिक र देशभक्तिपूर्ण कथावस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको छ ।

जसले दर्शकलाई भावनात्मक रूपमा जोड्न सफल भएको छ।चलचित्रमा समीर भट्ट,ऋचा शर्माको अभिनय दमदार छ भने उनको एक्सन र संवादले दर्शकलाई प्रभावित पारेको छ।

फिल्ममा सौगात मल्ल, अर्पण थापा लगायतका कलाकारहरूको पनि प्रभावकारी अभिनय रहेको देखिएको छ। कथा र प्रस्तुतीकरण दुवै पक्षले मजबुती दिएको यो चलचित्रले नेपालमा नयाँ स्तरको मनोरञ्जन दिएको दर्शकहरुले प्रतिक्रिय दिएका छन्।

यसले दक्षिण भारतीय चलचित्रको स्वाद दिएको प्रतिक्रिया आइरहेको छ । दर्शकहरूले चलचित्रलाई गहिरो भावनात्मक असर गर्ने र देशप्रेमलाई जागृत गर्ने शैलीमा प्रस्तुत गरिएको बताएका छन्।

चलचित्रमा आमाबाबुको प्रेम र बलिदानको कथाले दर्शकको मन छोएको छ र केही दर्शकले आँसु थाम्न नसकेको प्रतिक्रिया समेत दिएका छन् ।

चलचित्रको दोस्रो भाग बन्नुपर्ने चाहना पनि केही दर्शकहरूले व्यक्त गरेका छन्। चलचित्रले देशभक्ति, व्यक्तित्वको संघर्ष र सामाजिक यथार्थलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।

यस्तै चलचित्र हरिबहादुरको जुत्तामा हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेका छन् र यो चलचित्र कमेडी र राजनीतिक विषयवस्तुको मिश्रण हो।

चलचित्रको कथा आजको युवापुस्ताले उठाएका मुद्दाहरूसँग गहिरो सम्बन्धित छ र यो भ्रष्टाचार, नेतामन्त्रीहरूको राजनीतिसँग जोडिएको छ।

चलचित्रले नेपाली समाजको राजनीतिक परिदृश्यलाई कमेडियन तरिकाले प्रस्तुत गरेको छ तर यसमा केही गम्भीर सामाजिक सन्देश पनि समेटिएको छ।

चलचित्रमा हरिवंश आचार्यको अभिनयलाई विशेष प्रशंसा गरिएको छ र उनलाई दर्शक तथा समालोचकहरूले नैतिकता र व्यंग्यात्मक शैलीमा नयाँ उचाइँमा पुर्याएको उल्लेख गरेका छन्।

साथै, फिल्मको संगीत, निर्देशन र सम्पादनको पनि प्रशंसा गरिएको छ।अर्काे प्रर्दशनरत केदार घिमिरे अभिनित नेपाली चलचित्र माइतीघर सामाजिक र सांस्कृतिक विषयलाई केन्द्र बनाएर निर्माण गरिएको छ।

यो चलचित्र समुदायिक जीवनशैली, संस्कृतिलाई कथाको मूल धारामा राखेर प्रस्तुत गरिएको छ। फिल्मले प्रेम, विछोड, सांस्कृतिक द्वन्द्व र पारिवारिक सम्बन्धलाई समेटेको छ।

केदार घिमिरेको कमेडी र अभिनय विशेष प्रभावकारी रहेको छ र फिल्मले दर्शकलाई मनोरञ्जनका साथै भावनात्मक रूपमा पनि जोड्ने प्रयास गरेको छ

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top