×

NEPAL TIMES UPDATES

Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

१७ आश्विन २०८२

१७ असोज , काठमाण्डौ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले एक यस्तो आदेशमा हस्ताक्षर गरेका छन्, जसअन्तर्गत अब अमेरिकाले कतारलाई पूर्ण सुरक्षा ग्यारेन्टी दिने भएको छ । कतारलाई कुनै पनि सैन्य हमलाबाट बचाउन ट्रम्पले बचन दिएका हुन् ।

Advertisement

इजरायलले गत महिना कतारमा गरेको हवाई हमलापछि यो घटनाक्रम विकास भएको हो । यसबीच अहिले यो सम्झौताको असर अरब जगतमा र इजरायलमा कस्तो पर्ला भन्ने व्यापक चर्चाको विषय बनेको छ ।

विश्लेषकहरुले कतारलाई लिखित अमेरिकी सुरक्षा ग्यारेन्टी दिने ट्रम्पको घोषणा कूटनीतिक संकेत भन्दा पनि धेरै कुरा रहेको बताइरहेका छन् । यसको असर आउने समयमा देखिदै जाने उनीहरुले बताएका छन् ।

इजरायली वेबसाइट भायनेटको रिपोर्टले भनेको छ कि कयौं वर्षदेखि कतारका तर्फबाट अमेरिकी सुरक्षा आश्वासन मागिरहेको थियो ।

यसको एक महत्वपूर्ण कारण के हो भने, कतारमा नै पश्चिम एशियामा रहेको अमेरिकाको सबैभन्दा ठूलो एयरबेस अल–उदैद छ।

यद्यपि अहिलेसम्म यसअघिका अमेरिकी राष्ट्रपतिहरुले सुरक्षाको औपचारिक प्रतिबद्धता दिन हिच्किचाई रहेका थिए तर ट्रंपले भने कतारलाई यो ग्यारेन्टी दिएका हुन् ।

कतार, यूएई वा साउदी जस्ता आफ्ना अरब सहयोगीहरुलाई सुरक्षा ग्यारेन्टी नदिनुका पछाडि अमेरिकाको खास कारण रहेको छ ।

वास्तावमा अमेरिकालाई डर थियो कि खाडी सहयोगीहरुलाई सुरक्षा ग्यारेन्टी दिदा कतै उ क्षेत्रीय संघर्षहरुमा त फस्दैन । यस्तो संघर्ष, जसको अमेरिकी रणनीतिक हितहरुसंग कुनै लेनादेना नै हुँदैन ।

कतार र साउदी अरबको एक दशक पहिलाको टकवाव जस्तो स्थितिमा आफू अल्झिन अमेरिका चाहादैन । डोनाल्ड ट्रंप स्वयंले पनि आफ्नो पहिलो कार्याकालमा अरब जगतमा यस खालका सावधानी अपनाइसकेका छन् ।

सन २०१९मा साउदी अरबको तेल संरचनामा इरानले क्रूज मिसाइल र ड्रोनहरुले हमला गरेको थियो । सो क्रममा ट्रम्पले साउदीमा अमेरिकी सैनिकहरु वा प्याट्रियट एयर डिफेंस सिस्टमलाई पनि तैनाथ गर्न अस्वीकार गरेका थिए ।

ट्रंपले सो बेला साउदी अरबसंग यसको सुरक्षा खर्च उठाउने पनि कुरा गरेका थिए । अहिले डोनाल्ड ट्रंपले कतारलाई सुरक्षा दिने निर्णय किन लिए भन्नेमा अधिकारीहरु र क्षेत्रीय पर्यवेक्षकहरुले दुई घटनाहरुलाई आधार मानेका छन् ।

पहिलो घटना १२ दिने इजरायल–ईरान युद्धको अन्त्यमा कतारस्थित आफ्नो एयरबेसमा हमला हुनु र अर्को घटना कतारको राजधानी दोहामा हमासका वरिष्ठ नेताहरुमाथि इजरायलको हवाई हमला ।

कतारमा इजरायली हमलाले अरब जगतमा तनाव बढाएको मात्रै होइन अमेरिकामाथि पनि अविस्वास बढ्न थालेको थियो । उनीहरुलाई सहयोगी भएपनि अमेरिकाले परेको बेला सुरक्षा नदेला कि भन्ने पर्न गएको छ ।

यसैकारण कतारले एकतर्फी लिखित सुरक्षा ग्यारेनटी माग गर्दै आफ्नो एक प्रतिनिधिमंडल वाशिंगटन पठाएको थियो । कतारको तर्क थियो कि अमेरिकी नीतिको समर्थन गर्दा उ निशानामा परेको छ ।

यस्तोमा उसको रक्षा गर्नु वाशिंगटनको जिम्मेवारी हो । ट्रंपले पुराना सिद्धांतहरुबाट बाहिर निस्किएर कतारलाई सुरक्षा दिनुले स्पष्ट पारेको छ कि उसले दोहालाई नजरअंदाज गर्न सक्दैन ।

अमरिकाका लागि कतार निकै महत्वपूर्ण सहयोगी हो । ट्रंपको हालैको दोहा यात्राका क्रममा अर्बौ डलरको सम्झौता भएको छ । कतारका अमीरले ट्रंपलाई सो भ्रमणका अवसरमा एक आलीशन जेट विमान उपहार दिएका थिए ।

यसको अलावा कतारले इजरायल र हमासका बीच मध्यस्थता पनि गरेको छ । गाजामा युद्ध रोक्नु ट्रंपका लागि विशेष छ किनभने उनको नजर नोबेल शांति पुरस्कारमा छ ।

ट्रंपले यी सबै कुरालाई ध्यानमा राखेर कतारलाई यस्तो अमेरिकी सुरक्षा कवच प्रदान गरेका हुन, जुन यसअघि अमेरिकाले कुनै खाडी देशलाई दिएको थिएन ।

यता अमेरिकाले लिएको कतारको सुरक्षा ग्यारेन्टी इजरायलका दृष्टिले पनि निकै नै महत्वपुर्ण छ । ट्रंपले इजरायली प्रधानमंत्री बेंजामिन नेतन्याहूलाई कतारका प्रधानमंत्रीसंग सार्वजनिक रूपले माफी माग्न लगाएका छन् ।

यो एक हदसम्म नेतन्याहूका लागि अपमानजक अवस्था हो किनभने यसअघि उनले यो मुद्यामा निकै कडा रुप देखाइरहेका थिए, अर्थात उनलाई आफैले थुकेको थुक चाट्नु जस्तै भइरहेको बुझ्न सकिन्छ ।

कतरलाई अमेरिकाको सुरक्षा प्रतिबद्धताले खाडी गतिशीलतालाई नयाँ रूप दिनसक्छ । यसले इजरायलका लागि उसका छिमेकीहरुसंग उसको हस्तक्षेपको सम्भावनालाई सीमित बनाउन सक्छ, जसले वाशिंगटनका साथ आफ्नो सुरक्षा सम्बन्धहरुलाई थप गहिरो बनाउँदै हमास नेताहरुको पनि मेजमानी जारी राखेका छन् ।

वास्तावमा यो इजरायलका लागि उसको हात बाध्नेजस्तै स्थिति हो । यसबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसको भडास पोख्ने गरी बेलायतमा भएको हमलामा प्रतिक्रिया दिएका छन् ।

बेलायतमा यहूदीहरूमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै यसलाई ’क्रूर आतंकवादी आक्रमण’ भनेका छन् । ’म्यानचेस्टरमा भएको क्रूर आतंकवादी आक्रमणपछि इजरायलले बेलायतको यहूदी समुदायसँग शोक मनाएको छ । हाम्रो विचार मारिएकाहरूका परिवारसँग छ,’ नेतान्याहूले एक्समा लेखेका छन् ।

उनले भने, ’मैले संयुक्त राष्ट्र संघमा चेतावनी दिएझैंः आतंकवादको सामना गर्न कमजोरी देखाउनाले थप आतंकवादलाई बढावा दिन्छ । केवल शक्ति र एकताले यसलाई परास्त गर्न सक्छ’ नेतन्याहुले भनेका छन् ।

बेलायतको म्यानचेस्टरमा रहेको एउटा यहूदी प्रार्थनास्थल नजिकै भएको आतंकवादी आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

यो घटना योम किप्पुरमा भएको थियो, जुन यहूदी पात्रोमा सबैभन्दा पवित्र दिन मानिन्छ । यसबारेमा आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top