×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

१७ आश्विन २०८२

१७ असोज , काठमाण्डौ ।

भारतीय वायुसेनाका प्रमुख एपी सिंहले अपरेशन सिन्दूरको दुर्लभ तथा विस्तृत विवरण उपलब्ध गराएका छन् । उनले यसलाई वर्षभरिकै सबभन्दा ठूलो उपलब्धिका रूपमा वर्णन गर्दै पाकिस्तान सीमाभन्दा ३०० किलोमिटर भित्र निशानामा सटीक प्रहार गरिएको जानकारी दिए ।

Advertisement
Advertisement

९३औं एयर फोर्स डेको समारोहमा वायुसेना प्रमुख चीफ मार्शल सिंहले यसको जानकारी दिएका हुन् । जम्मु कश्मीरमा पाकिस्तानसमर्थित आतंकवादीहरूले निर्दोष व्यक्तिहरूको हत्या गरेपछि भारतीय वायुसेनाले स्पष्ट कार्यादेशका साथ कारवाही चलाएको उनले बताएका छन् ।

निर्दोषको हत्या गरेकोमा बदला लिने क्रममा पाकिस्तानीहरूले मूल्य चुकाउनैपर्ने निर्णय आफूहरूले लिएको उनको भनाइ छ । प्रतिशोधात्मक कारवाहीमा भारतीय वायुसेना अग्रपंक्तिमा रहेको उनले बताए ।

भारतीय वायुसेनाले पाकिस्तानका अनेकौं एयरबेस र त्यससँग जोडिएका पूर्वाधारमा प्रहार गरेको पनि उनले जानकारी दिए । कम्तीमा चारवटा रेडार साइट, दुईवटा कमान्ड एन्ड कन्ट्रोल सेन्टर, दुईवटा धावनमार्ग र तीनवटा एयरक्राफ्ट ह्यांगरहरूमा प्रहार गरेर विशाल क्षति गराएको सिंहको भनाइ छ ।

त्यसक्रममा एक विशाल सी–१३० क्लास गुप्तचर विमानका साथै चारदेखि पाँचवटा लडाकु विमानहरू (शायद एफ–१६) ध्वस्त भएको उनले बताए । जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीलाई पनि आफूहरूले नष्ट गरिदिएको उनको दाबी छ।

धेरै विवरण नदिइकन सिंहले अपरेशन सिन्दूरका क्रममा नौमध्ये दुईवटा आतंकवादी शिविरमा भारतीय वायुसेनाले सिधै प्रहार गरेको बताए ।

तीन सय किलोमिटर टाढाको लक्ष्यमा सटीक प्रहार गर्नु भारतीय वायुसेनाको इतिहासको सबभन्दा ठूलो उपलब्धि भएको सिंहको भनाइ छ ।

यी आक्रमणहरूले गर्दा पाकिस्तानले त्राहिमाम भएर युद्धविरामको भिक्षा मागेको पनि सिंहले दाबी गरे । अपरेशन सिन्दूरले पाकिस्तानलाई रणनीतिक र मनोवैज्ञानिक झड्का दिएको उनको भनाइ छ ।

गत मे महिनाको ७ देखि १० तारिखसम्म भारत र पाकिस्तानबीच भएको लडाइँलाई भारतले अपरेशन सिन्दूर नाम दिएको छ । उता पाकिस्तानले भने भारतको उक्त दाबीको खण्डन गरेको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आशिफले भारतले एउटा पनि लडाकू विमान नखसालेको भनेका छन् । ’यस्तो कुनै घटना भएको छैन। भारतले एउटा पनि पाकिस्तानी विमान खसालेको छैन,’ उनले भनेका छन् ।

रक्षामन्त्री ख्वाजाले भारतीय वायुसेनाप्रमुखले राजनीतिक लाभका लागि हास्यास्पद कथा बनाएको बताए । उनले दुवै देशको सैन्य र लडाकू विमानहरूको सूची स्वतन्त्र रूपले जाँच गर्न चुनौती पनि दिए ।

’यसरी गर्दा भारतको वास्तविकता खुल्छ। यस्ता अभिव्यक्तिहरूले परमाणु हतियार भएको वातावरणमा गम्भीर रणनीतिक गल्तीको जोखिम बढाउँछ,’ उनले भनेका छन् ।

पाकिस्तानले पनि भारतको ६ वटा लडाकू विमान खसालेको दाबी यसअघि नै गरेको थियो । जसमा फ्रान्स निर्मित राफेल लडाकु विमान पनि समावेश छ ।

पाकिस्तानले प्रयोग गर्ने चिनियाँ हतियारको दुरीजन्य क्षमता भारतले कम आँकेकाले फ्रान्समा बनेको अत्याधुनिक रफाल लडाकू विमान गुमाएको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ ।

आठ जना पाकिस्तानी र दुई भारतीय सैन्य अधिकारीसँग कुरा गरेर रोयटर्सले त्यस्तो निष्कर्ष निकालेको हो । युद्धका क्रममा भारतका पाँच वटा लडाकू विमान खसालेको दाबी पाकिस्तानले गरेको थियो ।

ती पाँचमध्ये तीन वटा फ्रान्समा निर्मित रफेल, एउटा रूसमा निर्मित मिग–२९ र अर्को रूसमै बनेको सुखोइ सु–३० भएको पाकिस्तानले दाबी गरेको थियो ।

केही दिनअघि अमेरिका पुगेका पाकिस्तानका प्रधानमन्त्रीले पनि डोनाल्ड ट्रम्पका सामु यो दाबी दोहोर्याएका थिए । साथै उनले ट्रम्पकै कारण युद्ध रोकिएको पनि दोहोर्याउँदै धन्यवाद समेत दिएका थिए ।

सबैभन्दा पहिला युद्धविरामको घोषणा गरेका ट्रम्पले पनि भारत र पाकिस्तानबीचको युद्ध आफुले नै रोकेको दाबी गर्दै अएका छन् ।

उनले भारतका विमान खसेको समेत भनेका छन् । आफूले व्यापार रोक्ने धम्की दिएपनि दुवै देश युद्धविरामका लागि मानेको उनको भनाइ छ ।

रोयटर्सका अनुसार रफेलको कमजोरीका कारण नभएर चिनियाँ मिसाइलको क्षमताबारे भारतसँग सही गोप्य सूचना नभएकाले सो विमान खसालिएको हो ।

भारतीय लडाकू विमानले पाकिस्तानमा रहेका आतंककारी शिविरमा प्रहार गरेपछि पाकिस्तानले चीनमा बनेको जे–१० सी लडाकू विमान प्रयोग गरेको थियो।

ती विमानबाट चीनमै बनेको पिएल–१५ मिसाइल प्रयोग गरेर पाकिस्तानले रफालसहित भारतीय लडाकू विमान खसालेको मानिन्छ ।

रोयटर्ससँग कुरा गरेका भारतीय अधिकारीहरूका अनुसार पिएल–१५ मिसाइलले १५० किलोमिटरसम्म मात्र प्रहार गर्न सक्छ भन्ने भारतसँग सूचना थियो।

त्यसैले पाकिस्तानसँग भएका हतियारको पहुँचभन्दा बाहिर भएको भनेर भारतीय पाइलटहरू ढुक्क भएर बसेका थिए। तर पाकिस्तानले करिब २०० किलोमिटर टाढाबाट पिएल–१५ मिसाइल प्रहार गरेर रफाल खसालेको पाकिस्तानी अधिकारीहरूले रोयटर्सलाई बताएका छन् ।

Advertisement

पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा आतंककारी हमला हुँदा नेपालको बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top