×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

१८ आश्विन २०८२

१८ असोज , काठमाण्डौ ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम र भारीदेखि अति भारी वर्षा भइरहेको छ।

देशका अधिकांश राजमार्गहरू अवरुद्ध भएका छन् भने हवै सेवा समेत प्रभावित भएको छ । नेपालीहरूको महान् चाड दशैको मध्यमा ठूलो वर्षा भएका कारण धेरै मानिसहरू प्रभावित भएका छन् ।

दसैँमा टिका लगाउन जाने र लगाएर फर्कनेहरू हजारौँको सख्यमा सडकमा नै अलपत्र परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्व तयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले आज विज्ञप्ति जारी गर्दै विपद् पूर्व तयारी, प्रतिकार्य, खोज उद्धार, राहत तथा पुन स्थापनालाई प्रभावकारी रूपमा सम्पादन गरी विपद्बाट हुन सक्ने जोखिम न्यूनीकरणमा योगदान गर्न आग्रह गरेको हो ।

अविरल वर्षासँगको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले कार्यालयहरू थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो ।

सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कार्यालयका प्रमुखहरूलाई भने आजै अनिवार्य हाजिर हुन निर्देशन गरिएको छ ।

देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सरकारले सबै मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुगिसक्न निर्देशन दिएको छ ।

सबै क्षेत्रमा सतर्कता अपनाउन, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ ।

यसै गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न गर्न शनिवार पत्राचार गरी सकेको छ ।

१, सोमबार बिहानसम्मै उच्च सतर्कता अपनाउन मन्त्री घिसिङको आग्रह 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा आइतबार मध्यान्हसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिवार राति ७÷८ बजेबाट आइतबार मध्यान्ह १२÷१ बजेसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

वर्षाबाट हुने सक्ने क्षतिलाई कम गर्न शनिवार मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभाग र जल तथा मौसम विज्ञान विभागका महानिर्देशकहरूसँग छलफल गरेका छन् ।

उनले आवश्यक सबै खाले तयारी अवस्थामा रहन निर्देशन दिए । शनिवार रातीदेखि आइतबार बिहानसम्म उपत्यका लगायतका स्थानमा धेरै जोखिम रहेकाले उपत्यकाका नदी किनारका बस्तीमा नबस्न आग्रह गरिएको भन्दै उनले विपद् प्रतिकार्य टोलीलाई पनि सक्रिय बनाइएको मन्त्री घिसिङले बताए ।
२, आइतबार बिहानसम्म अति भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेष गरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।

३, खराब मौसमका कारण काठमाडौँसहित ६ वटा विमानस्थल बन्द

अविरल वर्षाका कारण शनिवार बिहानदेखि देशका विभिन्न विमानस्थलमा हवाई सेवा पनि अवरुद्ध भएको छ। आन्तरिक उडानतर्फ काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडानहरू प्रभावित भएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका थिए ।

शनिवार बिहान विराटनगरबाट काठमाडौँका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा डाइभर्ट भएको थियो । काठमाडौँमा मौसम खराबीले गर्दा विमान अवतरण गर्न नसक्ने अवस्था देखिएपछि उक्त विमान पोखरा डाइभर्ट भएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त जहाज बिहान ९ः२२ मा अवतरण भएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार राती आएका यती र बुद्ध एयरलाइन्सका एक÷एक वटा जहाज काठमाडौँ फर्किएका थिए।

४, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

नेपाल पर्यटन बोर्डले वर्षाका कारण जोखिम बढेको भन्दै सबै खाले पर्यटकहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । हाल नेपालमा करिब २० हजार विदेशी पर्यटक काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा रहेको जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार देशभर जारी भारी वर्षा सोमबारसम्म निरन्तर रहने देखिएकाले पर्यटकहरूको सुरक्षा तथा सहयोगमा स्थानीय समुदाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

बोर्डले शनिवार विज्ञप्ति प्रकाशन गर्दै विशेष गरी स्थानीयलाई पर्यटकलाई खाना, बास र आवश्यक सहयोग उपलब्ध गराउन र मूल्यवृद्धि नगरी सहयोगी भाव देखाउन अपिल गरेको छ ।
५, दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ ।

शनिवार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण गाउँपालिका–४ को कार्यालयले जनाएको छ ।

वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाएको हो ।
६, सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध

काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन अनुरोध गरेको छ । महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएको पनि जनाएको छ ।

कुनै बस्तीमा डुबानको कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सर्न समेत आग्रह गरेको छ । कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ ।

७, लामो दूरीका यातायात तीन दिनका लागि बन्द

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो ।

भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावतमा असोज २० गते सम्मका लागि बन्द गरिएको हो ।

८, ट्राफिक प्रहरी भन्छ– राजधानी छिर्ने सबै राजमार्ग अवरुद्ध

अविरल वर्षासँग राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएका छन्। राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएका हुन्।

हेटौंडा हुँदै काठमाडौँ आउने कान्तिलोकपथमा ठुला गाडीहरू सञ्चालन भएका छैनन् । मकवानपुर हुँदै काठमाडौँ आउने फर्पिङको बाटो पनि पहिरोका कारण अहिले अवरुद्ध बनेको छ।

बिपी राजमार्गमा भने भारी वर्षाका कारण सवारी सञ्चालनका लागि रोक लगाइएको छ। चितवन–नारायणगढ मुग्लिन सडकको पहिरोग्रस्त क्षेत्र तुइनखोलामा ढुङ्गा झर्न सुरु भएपछि शनिवार दिउँसो एक बजेपछि त्यो बाटो हुँदै गाडी चलाउन पूर्णरूपमा रोक लागेको छ ।

यसअघि सो सडक हुँदै काठमाडौँ जाने गाडीलाई रोके पनि पोखरा आउजाउ गर्ने गाडीहरू चलेका थिए । पानी पर्न नरोकिएको र ढुङ्गा पनि खस्न सुरु भएका कारण जोखिम बढेका हुँदा सबै खाले गाडी चलाउन बन्द गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए ।

त्यसै गरी मुग्लिनदेखि पूर्व पृथ्वी राजमार्गको कुरिनटार र फिस्लिङको बिचमा पनि पहिरो गएका कारण बाटो अवरुद्ध भएको उनले बताए । पृथ्वी राजमार्गको धादिङ जवाङ खोलानजिक शनिवार बिहानै गएको पहिरोले बाटो अवरुद्ध थियो ।

कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । सडक दुर्घटनाको जोखिम भएकाले सुदूरपश्चिमबाट काठमाडौँसहित लामो रुटका गाडीलाई समेत रोक लगाएको छ ।

सुदूरपश्चिम यातायात प्रालिले असोज १८ गतेका लागि सबै लामो दुरीका यात्रु बस सेवा स्थगित गर्ने निर्णय गरेको होे । जसअनुसार धनगढी–काठमाडौँ–धनगढी र अन्य पूर्वी रुटका यातायात चल्ने छैनन्।

प्रालिले असोज १९ गते मौसम र सडकको अवस्था हेरेर मात्रै सवारी सञ्चालन गरिने जनाएको छ। उता खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका सयौँ सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको थियो।

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

शनिवार बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरेको थियो ।
९, सवारी दुर्घटनामा ७ जनाको मृत्यु
अविरल वर्षा कै कारण पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । यस्तै अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै घाइतेहरूलाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको पाँचथरका डिएसपी अनिलकुमार कर्णले जानकारी दिएका छन् ।

शनिवार मध्याह्न तमोर कोरिडोर अन्तरगत कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा पिक अप गाडी दुर्घटना भएको थियो ।

मे १ ज ३०५५ नम्बरको पिक अप सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । उता धनगढीबाट पोखराका लागि छुटेको बा२ख१९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको हो ।

बसमा सवार सबै १२ जना घाइते भएका छन् । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ ।

१०, उपत्यकाका खोला–नदीको जल सतह बढ्दो क्रममा

शनिवारको निरन्तरको वर्षाका कारण उपत्यकाका खोला–नदीको जल सतह बढेका छन् । वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी तथा खोलामा जल सतह बढेको हो ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

११. बारा र पर्सामा आरिघोप्टे वर्षा

बाराको कलैयामा गएको चौबिस घण्टामा ’अति भारी वर्षा’ मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो ३ः२० बजे दिएको जानकारी अनुसार, कलैयामा २००.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।

महाशाखाले जल तथा मौसम विज्ञान विभागले दिने जानकारी लिएर सुरक्षित रहन आग्रह गरेको छ । यस्तै बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ। बारामा १४०।४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ ।

विभागले वारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ ।

यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौं उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top