×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

केपीओली र रमेश लेखकलाई प क्रा उ गर्न सामाजिक सञ्जालमा अभियान

२० आश्विन २०८२

२०, असोज काठमाण्डौ ।

जेनजी आन्दोलनमा दमन गरेको भन्दै नेकपा एमाले अध्यक्ष एवम तत्कालीन पव्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्वासट्याग अभियान चलाइएको छ ।
जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK  #ARRESTMURDERERS  अभियान चलाइएको हो ।

Advertisement
Advertisement

सार्वजनिक एक पोस्टरमा ओली र तत्कालीन गृहमन्त्री लेखकको फोटो राखिएको छ । जसमा उनीहरुलाई ‘हत्यारा’को रूपमा चित्रित गर्दै ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ’ भनिएको छ । यसैगरी हामी नेपाल अभियानका संयोजक सुदन गुरुङले समेत सामाजिक सञ्जालमा उक्त पोस्टर पोस्ट गर्दै ओली र लेखकलाई पक्राउ गर्न माग गरेका छन् ।

उनीहरूलाई पक्राउ गर्न दबाब दिन ट्रेन्ड चलाउन उनले आह्वान गरेका छन् । जेनजी आन्दोलन दबाउन जिम्मेवार रहेको दाबी गर्दै यसअघि जाँचबुझ आयोगले विदेश जान रोक लगाएको छ भने ओली, लेखक लगायतलाई राजधानीबाहिर जान समेत रोक लगाइसकिएको छ ।

सुरुमा’हामी नेपाल’ नामक संस्थाका संयोजक समेत रहेका सुदान गुरुङले यो पोस्ट राखेपछि सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले पनि यसलाई व्यापक रूपमा शेयर गरिरहेका छन् । । विशेषगरी केपी शर्मा ओलीले यो आन्दोलनलाई षड्यन्त्रको संज्ञादिँदै विषान्तर गर्ने प्रयास गर्दै आएका छन् ।

नेपाल प्रहरीसँग नभएका हतियार प्रयोग भएको र आफूले गोली हान्न आदेश नदिएको भन्दै उनले आफूलाई निर्दोष देखाउन खोजेका छन् । सुरक्षा चुनौती देखाएर असोज ३ गते सार्वजनिक भएका ओलीले सामाजिक सञ्जालमार्फत आन्दोलनबारे टिप्पणी गरेका थिए । उनले जेनजी आन्दोलनका क्रममा प्रहरीसँग नभएको स्वचालित हतियारबाट गोली चलाइएको दाबी गरेका थिए ।

“जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो, आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन,” ओलीको दाबी थियो, “प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ ।”

त्यसो त, ओली जेनजी आन्दोलन नेपालबाट नभएको र विदेशी शक्तिले गराएको आरोप लगाउन थालेका छन् । आन्दोलनका क्रममा ओलीको निजी घर समेत जलाइएपछि उनी भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका ओलीलाई सोही दिनदेखि करिब १० दिन नेपाली सेनाको सुरक्षामा बसेका थिए ।

जेनजी आन्दोलनपछि एमालेभित्र समेत पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको चर्को बहस भइरहेको छ । तर, अध्यक्ष ओली त्यो बहसलाई स्विकार्न तयार भैसकेका छैनन् । यसअघि मानव अधिकार तथा शान्ति समाजले पनि ओली र लेखकलगायतलाई कारबाही गर्न माग गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी जिम्मेवार नेताहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने समाजको भनाइ छ । एक विज्ञप्ति जारी गर्दै समाजले भ्रष्टाचार, कुशासन र राजनीतिक नेतृत्वको दण्डहीनतालाई मूल कारण ठहर गर्दै सुधारका लागि ठोस कदम चाल्न सरकार र सबै राजनीतिक दललाई आह्वान गरिएको छ ।

समाजले आन्दोलनपश्चात् भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ । त्यस्तै, पूर्वविशिष्ट व्यक्तिहरूलाई राज्यको ढुकुटीबाट दिइँदै आएका सेवा–सुविधा कटौती गर्न, ध्वस्त संरचनाको पुनर्निर्माणका लागि विशेष मन्त्रालय गठन गरी आगामी दशकलाई ‘पुनर्निर्माण दशक’ घोषणा गर्नुपर्ने सुझावसमेत समाजले दिएको छ ।

यस्तै जेन–जी समूहले पनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल पक्राउ गर्न माग गरेको छ। पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलन दबाउन राज्य शक्ति दुरुपयोग गरेको आरोप लगाउँदै ती नेताहरूलाई जवाफदेही बनाउनुपर्ने बताएका हुन्।

चौतर्फी तत्कालिन सरकारमाथि आन्दोलनमा दमन र विशेषगरी केपी ओलीको दम्भ र हठका साथै शेरबहादुर देउवाले आँखा चिम्लेर छैटौं पटक प्रधानमन्त्रीको कुर्सी रुघेका कारण देशको यो हविगत भएको आरोप लागिरहेको छ । जबकी २३ गते सयौँ राउण्ड गोली चलाएपछि साँझसम्म १९ जनाको मृत्यु भइसकेको थियो ।

सोही बेला ओलीले नैतिकताको आधारमा भएपनि राजीनामा दिइहाल्ने आँकलन गरिएको थियो । किनभने त्यो दिन एक होइन, दुई होइन, १९ जना युवाहरु ढलिसकेका थिए । तर उनी आफ्नो दम्भमै अडिए ।सायद उनले सोही दिन राजीनामा दिएको भए भोलीपल्टको विध्वंश हुने थिएन । तर ७४ जनाको ज्यान जानेगरी, देश खरानी बनेपछि मात्रै ओलीले राजीनामा दिए।

२३ गते बैठकमा उपस्थित भएका प्रदीप पौडेल लगायतका मन्त्रीहरु र प्रहरी अधिकारीहरुले पनि प्रधानमन्त्रीसंग पर्याप्य सूचना पनि नभएको र उनी आफ्नो पेलेरै जानुपर्छ भन्ने हठमै रहेको खुलाएका छन् । प्रतिबन्ध लगाएका सामाजिक संजाल पनि काँग्रेसको दबावमा र २३ गते ठूलो जनधनको क्षति भइसकेपछि मात्रै फुकुवा गर्न राजी भएका हुन ।

यता त्यसदिन प्रहरीले गोली चलाइरहँदा गृहमन्त्री रमेश लेखक भने आन्दोलनलाई नजर अन्दाज गरेर राज्यव्यवस्था समितिको बैठकमा थिए । उनी प्रहरी ऐनको बारेमा छलफल गरिरहेका थिए । गृहसचिव गोकर्णमणी दुवाडी भने आफू चीन भ्रमणमा जान लागेको र त्यस बापत प्राप्त हुने भत्ता बुझ्न भन्दै अर्थ मन्त्रालयमा पुगेका थिए ।

उता नागरिकहरूमाथि गोली प्रहार हुँदै गर्दा उनीहरू भने असंवेदनशील बनेको पाइएको छ । बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरीलाई घातक हतियार (एसएलआर) प्रयोग गर्न आदेश दिइयो भन्ने विषय महत्त्वपूर्ण रहेको छ । जहाँ एकै पटक १९ जना विद्यार्थीको मृत्यु, सयभन्दा धेरै घाइते भएका थिए ।

आन्दोलनकारी संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरेपछि त्यहाँको सुरक्षामा खटिएका कमान्डो तालिम गरेको प्रहरी टोलीले गोली चलाएको हो । प्रहरी स्रोतका अनुसार उनीहरूले एसएलआरबाट समेत गोली प्रहार गरेका थिए । घातक हतियारबाट गोली प्रहार भएकाले कतिपय विद्यार्थी सडकमै ढलेको भिडियोहरूमा देखिन्छ ।

त्यहाँ खटिएको कमान्डो टोलीसँग घातक हतियार भएका कारण त्यही हतियारबाट गोली चलाइएको बुझिएको छ । सो दिन प्रहरीले अश्रुग्यास तथा रबरको गोली पनि चलाएको थियो । तर, त्यससम्बन्धी सामग्री पर्याप्त नहुँदा भिड नियन्त्रण गर्न सकेन । जसरी पनि संसद् भवन जोगाउन प्रहरीलाई गृह मन्त्रालयको कडा निर्देशन थियो ।

ओलीमाथि भने अहिलेको आरोपका अलावा गिरीबन्धु जग्गा प्रकरण लगायतमा पनि कारबाहीको माग गरिएको छ । यो प्रकरणलाई अदालतमा लैजाने र उनीमाथि कानूनी कारबाहीका लागि आधार खुलाउने अधिवक्ता ओमप्रकाश अर्याल नै अहिले कानून र गृहमन्त्री छन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top