×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

अख्तियार प्रमुखको कुर्सीमा स ला ई कोरियो

२१ आश्विन २०८२

२१ असोज , काठमाण्डौ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका सबै आयुक्तहरूको राजीनामाको मागसहितको पत्र जेनजी युवाहरुले अख्तियार मुख्यालय टंकालमा दर्ता गराएका छन् । प्रमुख आय राईसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै आयुक्तको राजीनामा माग्दै जेनजी युवाहरूको एक समूहले आज अख्तियारकै कार्यालयमा दबाबपत्र बुझाएका हुन् ।

Advertisement
Advertisement

उनीहरूले ‘जेन–जेड मुभमेन्ट अलायन्स’को नाममा दबाबपत्र दिएका हुन्। राजीनामा दिनका लागि आग्रह तथा दबाबपत्र शीर्षको पत्रमा वि.सं. २०८२ साल भाद्र २३ गतेबाट जेन–जीद्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य हुन् भन्नेबारे यहाँलाइ अवगतै छ । यी मागहरु पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीहरूको नियुक्ति गर्न आवश्यक छ ।

तपाईंलगयत अरु सम्पुर्ण आयुक्तको नियुक्ती संसदीय सुनुवाइबिना नै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढङ्गले भएको छ । यसले तपाईंको निष्पक्षतामा ठुलो प्रश्न उठाउँछ भन्ने उल्लेख छ। साथै, पत्रका थप लेखिएको छ , तपाईंका कार्यहरु राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाईड बडी घोटालालगायत धेरै भ्रष्ट्राचारका मुद्दाहरुमा मुछिएको पनि छ ।

विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिङ्गो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणाली माथि प्रश्न उठाएको छ । यसले भ्रष्ट्राचार अन्त्य र दोषीलाइ कारबाही लगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला । तपाईंको नेतृत्वमा यी कार्यहरु निष्पक्ष रुपले हुनसक्ला भन्नेमा कुनै विश्वसनिय आधार छैन।

यस कारण, ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य गर्नका लागी दिएको शाहदतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईं लगायत सम्पुर्ण आयुक्तलाई तत्काल राजिनामा दिनका लागी आह्वानका साथै यस पत्र मार्फत दबाब दिन्छौं ।

पत्रमा ३९ वटा जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेन–जी समूहले हस्ताक्षर गरी सम्माननीय प्रधानमन्त्रीज्यूको निजी सचिवालयमा दर्ता गरिएको जनादेशसम्बन्धी सम्झौताको दोश्रो मागः नेपालमा भएको संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको राजनीतिकरण (दलीयकरण) र राजनीतिक नियुक्तिको अन्त्य गर्ने को प्रतिलिपि पनि उनीहरुले दर्ता गराएका छन् ।

अख्तियारमा दलका मान्छे नियुक्त गरिएको र भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका भएको भन्दै नयाँ निष्पक्ष मान्छे ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् । आयोग कार्यालय परिसरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा चुनौती भएका ठाउँमा विशेष सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीले दिएको निर्देशनबमोजिम आज बिहानैबाट त्यहाँ प्रहरीको कमाण्डो टोली परिचालन गरिएको हो ।

जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन पनि गरेका छन् । उनीहरु आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।

प्रदर्शनमा सहभागी अमित खनाल ओझाले नैतिकताको आधारमा अख्तियार प्रमुख प्रेम कुमार राईले राजीनामा दिनुपर्ने बताएका छन् । जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।

“आयोगका प्रमुखलगायत अन्य आयुक्तको नियुक्ति प्रक्रिया निरंकुश ढंगले पूवप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले संसदीय सुनुवाइबिनै गरेको कुरा सबैमा अवगतै छ,” अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विशेष अदालतको फैसला पूर्णपाठमा समेत प्रमुख आयुक्तको स्वार्थद्वन्द्व र सिंगो आयोगको अभियोजन प्रणालीमाथि नै प्रश्न गर्दै चयनात्मक अभियोजन गरेको बताइएकाले आयोगका प्रमुख आयुक्तसहित सम्पूर्ण आयुक्तहरूको निष्पक्षतामाथि ठूलो प्रश्न उठाएको छ ।

यति मात्र नभई, दुईवटा वाईडबडी विमान खरिद प्रकरणमा संलग्न भएपछि नैतिकताका आधारमा प्रमुख आयुक्तले राजीनामा दिनुपर्ने माग पहिलेदेखि नै उठ्दै आएको विषय हो ।” नेपाल आयल निगमको जहाज खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, वाईडबडी विमान खरिद प्रकरणमा राईको संलग्नता देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

अन्तरिम सरकारलाई खुला आवेदन प्रकृयामार्फत सबै योग्यता भएका तथा सक्षम नागरिकले आवेदन दिने गरी निष्पक्ष नियुक्ति समिति गठन गरी रिक्त भएका आयोगका पदहरूका लागि नयाँ आयुक्तहरू नियुक्त गर्न पनि अलायन्सले आग्रह गरेको छ । यसैबीच ’हामी नेपाल’ का संस्थापक सुदन गुरूङसहित जेन–जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूका परिवारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरूद्ध जाहेरी दिन खोजेका छन्।

तर प्रहरीले लिन अस्वीकार गरेको छ । उनीहरू जाहेरी लिएर सोमबार दिउँसै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए। प्रहरीले दर्ता नगरेपछि उनीहरू अबेर रातिसम्म प्रहरी परिसर बाहिरै बसिरहे। यसबीच परिसरका प्रहरीहरूलाई धम्क्याइएको आरोप पनि लागेको थियो। तर उनीहरूले त्यो आरोप खण्डन गरेका छन्। ’हामीले कसैलाई धम्क्याएका छैनौं, चुपचाप परिसर बाहिर बसेका हौं। हामीलाई बदनाम गराउन यस्ता आरोप लगाइएको हो,’ जाहेरी लिएर पुगेका सुदन गुरुङले भनेका छन् ।

जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि आफ्नो समूहले ’सडकबाटै देखाइदिन्छौँ’ भनेर धम्की दिएको समाचार झुटो भएको सुदन गुरुङले बताएका छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘नक्कली समाचार चेतावनीः यो सत्य होइन र हाम्रो आधिकारिक च्यानलबाट प्रमाणित समाचार मात्र विश्वास गर्नुहोस् ः सडकबाटै देखाइदिन्छौँ’ भन्दै सुदन गुरुङको टिमले धम्की दिएपछि काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई फिर्ता बोलाएको छ।’

प्रहरीले जाहेरी लिन नमानेपछि सोमबार बेलुकी साढे ७ बजेतिर नै उनीहरू गृह मन्त्रालय गएका थिए। मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, एआइजी दानबहादुर कार्की र काठमाडौंका एसएसपी रमेश थापाबीच कुराकानी भएको थियो।

सरकारले भदौ २३ र २४ को आन्दोलनमा भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ। आयोगको प्रस्तावअनुसार अध्यागमन विभागले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री लेखक सहित ५ जनालाई काठमाडौं छाड्न रोक लगाइसकेको छ। ’हामी नेपाल’ ले सोमबार मात्रै ओली र लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै ’अरेस्ट केपी ओली एन्ड रमेश लेखक’ को अभियान चलाएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको तत्काल राजीनामाको माग गर्दै टंकालस्थित अख्तियार मुख्यालयमा जेन–जेड अलाइन्सका युवाहरुद्वारा दबाबपत्र दर्ता । राजनीतिक हस्तक्षेप, संसदीय सुनुवाइबिनाको नियुक्ति र वाइडबडी प्रकरणमा मुछिएका राईको निष्पक्षतामा प्रश्न उठाउँदै नयाँ स्वतन्त्र र सक्षम पदाधिकारी नियुक्त गर्न सरकारलाई आह्वान ।

Advertisement

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top