×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालेनले सुदनलाई ‘एम्बुस’ बनाएर प ड्का उन खोजे ?

२२ आश्विन २०८२

२२ असोज , काठमाण्डौ ।

नेकपा (एमाले)का नेता महेश बस्नेतले जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङलाई काठमाडौं महानगरका मेयर बालेन शाहले एम्बुस बनाएर पड्काउन खोजिरहेको आरोप लगाएका छन् । बस्नेतले आज एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् ।

Advertisement
Advertisement

‘सुदन गुरुङजस्ता मानिसहरूलाई एम्बुस बनाएर यहाँ पड्काउन खोजिँदैछ,’ बस्नेतले भने, ‘सुदन गुरुङजस्ता मान्छेहरू बालेनजीहरूको योजनामा केपी ओली, महेश बस्नेत र रमेश लेखकलाई गिरफ्तार गर्नुपर्छ भनेर सोसियल मिडियामा ट्रेन्ड चलाउँछन् । अनि डेलिगेसन जान्छन प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा ।’

उनले मेयर बालेनले गुरुङलाई अगाडि सारेर अदृश्य रुपमा गतिविधि गरेको आरोप लगाए ।यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन पनि वर्तमान सरकारलाई चुनौती दिएका छन् ।

‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द नराम्रो हो त,’ बस्नेतले भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’

जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा उनीमाथि केही जेनजी अगुवाहरुले प्रहरीमा मंगलबार उजुरी दिएका थिए । सो उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा फरवार्ड गरेको थियो । त्यसको भोलिपल्ट बस्नेतले ओलीलाई पक्राउ गरेर देखाउन चुनौति दिएका हुन् ।

उनले भने, ‘हामीलाई पक्राउ गर्नुपर्छ भनेर सोसल मिडियामा ट्रेन्ड चलाउँछन्। र प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा डेलिगेसन जान्छन् । सुदनलाई विदेशीलाई एजेन्टको रूपमा प्रयोग गरेर सरकारी उच्च तहको बैठकमा समेत पठाएको उनको दाबी छ ।

उनले रवि लामिछानेलाई जेलबाट छुटाउन नख्खु कारागार पुगेका डिपी अर्याल, मनिष झा, ज्वाला संग्रौलालगायतमाथि पनि छानबिन गर्न माग गरे । दलका नेताहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि बस्नेतले आक्रोश पोखे ।

उनले युवाहरुको बलमा सत्तामा पुगेकाहरुमाथि पनि अनुसन्धान गर्नुपर्ने बताए । उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरुबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए ।

अरुलाई यत्तिकै भ्रष्टाचारी भनेर आरोप लगाउन नपाइने उनको भनाइ थियो । यसो भन्दै गर्दा आफूहरु ‘दूधले नुहाएको’ नभएको भन्दै उनले भने, ‘हामी एकदमै ओभानो पनि छैनौं । हामी दूधले नुहाएको भनेका पनि छैनौं । यति त भन्न पाइयो नि त । महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर । होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त ?’

जेनजी युवा आन्दोलन र त्यसपछिको परिस्थितिको विषयमा ओलीले युवा संघको कार्यक्रममा धारणा राखिसकेको उल्लेख गर्दै बस्नेतले अरु नेताहरुको पनि धारणा सार्वजनिक हुने बताए ।

‘भोलि पार्टीका महत्वपूर्ण नेताहरुले धारणा राख्नुहुन्छ । २४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटीको बैठक छ । यो महिनाको अन्तिमसम्ममा एमालेले आफ्ना अफिसियल धारणा सबै सार्वजनिक गर्दछ ।’

यस्तै बस्नेतले संसद् पुनस्र्थापनाका लागि अदालत जाने पनि बताए । पार्टी र एमालेको धारण सार्वजनिक गर्दै बस्नेतले आतंककारीका मतियारहरुविरुद्ध देशभर उजुरी हाल्ने र चुनावमा त्यस्ता तत्त्वहरूलाई धुलो चटाउने समेत बताए ।

‘त्यो भन्दा अगाडि संसद् पुनस्र्थापनाका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौ’, उनले भने– ‘त्यसमा पार्टी आधिकारिक ढङ्गले जाने वा वकिलमार्फत जाने भनेर हामी अन्तिम छलफल गर्दैछौं ।’

यस्तै नेकपा एमालेका नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याल प्रतिशोध, झुट, भ्रम, असत्य र बेइमानको एक असली सेवक भएको आरोप लगाएका छन्। गृहमन्त्रीलाई केही मुट्ठीभर बुख्याचाहरूले खडा गरेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘जनादेश र संविधान विपरीत बनेको अहिलेको सरकारको गृहमन्त्री प्रतिशोध, झुट, भ्रम, असत्य र बेइमानको एक असली सेवक रहेछन्। यति बेला उनी स्वयमको प्रत्यक्ष संलग्नता र योजनामा नै केही मुट्ठीभर बुख्याचाहरू खडा गरी तिनीहरू मार्फत देशमा शान्ति भङ्ग गराउन अराजक र अनधिकृत क्रियाकलापहरू गर्न लगाउने।’ 

उनले पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूका विरुद्ध झुटो र षडयन्त्रमूलक कृत्रिम मुद्दा दर्ता गराउने, मिडिया ट्रायल र सोसल मिडियामा प्रायोजित र भ्रामक सामग्रीहरूसहित क्याम्पेन सञ्चालन गर्न लगाउने जस्ता अति घृणित धन्दा मिसन बनाएरै निर्वस्त्र ढङ्गले चलाइरहेका बताएका छन् ।

उनले थपेका छन्, ‘देश र जनताको जिउ धनको सुरक्षाको जिम्मेवारी समेत लिएर बसेको गृहमन्त्री आफै मुलुकका सबै क्षेत्रमा भय , त्रास, प्रतिशोध र आतङ्कको साम्राज्य खडा गरी त्यसैको बलबाट मात्रै शासनमा रहिरहन सकिन्छ भन्ने खराब चिन्तनबाट उद्यत रहेको प्रस्टै देखिन्छ । जुन उनी स्वयमका लागी समेत असाध्यै भारी पर्ने निश्चित नै रहेको छ ।’

यसबीच एमाले निकट विद्यार्थी संगठन अखिलले बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशैभर जाहेरी दिने भएको छ । जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको छ ।

‘सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ । देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिन्छौं,’ अखिलका महासचिव दीपक धामीले  भने । आजदेखि जिल्ला जिल्लामा जाहेरी दिने उनले बताए ।

‘केन्द्रको समन्वयमा जिल्ला जिल्लामा आजदेखि जाहेरी दिन्छौं,’ उनले भने । यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दार्ता भएको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।

यता बालेन र सुदनविरूद्ध अर्को जाहेरी पनि परेको छ । युवराज सफल भनिने युवराज पौडेलले मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको छ । उक्त जाहेरीलाई भदौ २३ र २४ गतेको घटनासम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाउने तयारी छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top