×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चोखिदै चौधरी ग्रुप,प्रत्येक शहीदका परिवारलाई जागिर दिने

२२ आश्विन २०८२

२२ असोज , काठमाण्डौ ।

कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले प्रदेशमा भत्किएका र बगाएका सबै घर सरकारी खर्चमा नै पुनर्निर्माण गरिदिने भएको छ। अविरल वर्षापछिको बाढी र पहिरोले जनता आक्रान्त हुँदा समेत काठमाडौंमा बसेको भन्दै आलोचना खेपिरिहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो।

Advertisement
Advertisement

विपदमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ। इलाममा सय हरुको बगेका र भत्किएका छन् भने झापा र मोरङमा गरी सय घरहरु बस्नैनहुने अवस्थामा पुगेका छन् ।

पछिल्लो विषयमा कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ । जसमा इलाममा मात्रै ३९ जनाको मृत्यु भएको छ । घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ।

त्यस्तै आजको बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ। प्रदेश सरकारले राहत र पुनस्र्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई जिम्मा दिएको छ।

सो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिने छ। त्यस्तै सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले समन्वय गरी काम गर्नेछन् ।

झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ। घर पुननिर्माणका लागि कार्यदल बनेको र सोही कार्यदलको सिफारिसका आधारमा कस्तो घर बन्ने भन्ने निर्णय हुने आन्तरिक मामला तथा कानुन मन्त्रालयका विपद महाशाखा प्रमुख कमल थापाले जानकारी दिए।

थापाका अनुशार तराई र पहाडमा अलग अलग मापदण्डका घर बन्नेछन् । झापा र मोरङमा एकै किसिमका र इलामसहित पहाडी जिल्लामा एकै किसिमका घर बन्ने उनले बताए ।बैठकले चालु बजेटका खर्च र योजनाहरु हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

घर पुननिर्माणका लागि कार्यदलको सिफारिसपछि बजेट तर्जुमा गर्ने उनले बताए । यथासक्य चाडो पुनसनर्माण सुरु हुने भन्दै मंसिरसम्ममा सबै पीडितलाई घरमा बस्ने वातावरण बनाउने कोशी प्रदेश सरकारको तयारी छ ।

बाढी पहिरोबाट घरबारविहीन भएकाहरुलाई केन्द्र सरकारले अस्थायी आवासका लागि राहतको घोषणा गरिसकेको छ । यस्तै भौतिक पूर्वाधार मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि आजको बैठकले निर्देशन गरेको छ ।

विपद्मा सम्पूर्ण नागरिक, उद्योगी व्यवसायी, अधिकारकर्मी, राजनीतिक पार्टी, बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूलाई सहयोग गर्नका लागि आह्वान गर्नेसमेत निर्णय गरेको विपद महाशाखा प्रमुख थापाले जानकारी दिए।

उता जेनजी आन्दोलनका क्रममा आफैले क्षति व्यहोरेको चौधरी समूह सीजीले आन्दोलनमा ज्यान गुमाएका प्रत्येक शहीदका परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ। सीजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले शहीद परिवारको एकजनालाई रोजगारी दिने घोषणा गरेका हुन् ।

‘यो केवल हाम्रो बाचा होइन, हाम्रो कर्तव्य र श्रद्धा हो,’ उनले भने। चौधरीले आन्दोलनका क्रममा आफ्ना निजी निवास, कार्यालय, शोरूम र उद्योगहरूमा भएको तोडफोड र आगजनीबाट ठूलो क्षति पुगेको उल्लेख गर्दै पनि समूह पुनःनिर्माणको यात्रामा दृढतापूर्वक अघि बढेको बताएका छन्। उनले भने, ‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, र आशा, सहानुभूति र सम्मानसहित देशको उज्ज्वल भविष्य निर्माण गर्नेछौँ।’

सीजी समूहले शहीद परिवारका सदस्यहरूले रोजगारीका लागि कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख मधुसूदन पौड्याल ९९८५१२२४०००० लाई सम्पर्क गर्न अनुरोध गरेको छ। सीजी समूहले आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ।

‘आन्दोलनका शहीदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रद्धाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं। क्षतिग्रस्त अवस्थाका बाबजुद हामी पुनःनिर्माणको यात्रामा दृढ आत्मविश्वासका साथ अघि बढिरहेका छौं,’ समूहले भनेको छ ।”

जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका छन् । आन्दोलनका क्रममा कारागार र बालसुधार गृहबाट भाग्ने क्रममा मारिएका १० जना बाहेकलाई १५ लाख राहत दिने संघीय सरकारले निर्णय गरिसकेको छ।

२३ र २४ भदौमा देशभरि भएको जेनजी आन्दोलनका कारण चौधरी समूह (सीजी) लाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ । यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो ।

सीजीका अनुसार सतुङ्गलमा रहेको इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीका कारण भवन, मेसिनरी, यन्त्र उपकरण, व्यवसायिक मौज्दात, तयारी सामान तथा सवारीसाधनहरू पूर्णरूपमा नष्ट भएका छन् ।

यसैगरी सोही परिसरमा रहेको सिजी नेटको सर्भर र डाटा सेन्टरमा समेत क्षति पुगेको छ । राजधानी लगायत विभिन्न स्थानमा रहेका समूहका अन्य प्रतिष्ठानहरू पनि यसको चपेटामा परेका छन् ।

थापाथलीमा रहेको सिजी मोटर्सको शोरुम र हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमा तोडफोड तथा आगजनी गरिएको छ । सीजी अध्यक्ष विनोद चौधरीको निजी निवास रविभवन र बर्दघाटमा रहेको निवास तथा कार्यालयमा समेत तोडफोड, लुटपाट र आगजनी गरिएको छ ।

काठमाडौं उपत्यकाका ललितपुर, विशालनगर लगायत क्षेत्रमा रहेका इलेक्ट्रोनिक्स सामानका शोरुममा पनि ठूलो क्षति पु¥याइएको छ । चितवन भरतपुरमा रहेको सीजी ल्यान्डमार्क व्यावसायिक भवन तथा पसलहरूमा लुटपाट तथा तोडफोड गरिएको छ भने जोरपाटीमा रहेको सीजी एजुकेसनको चाँदबाग स्कुलमा पनि लुटपाट, चोरी, तोडफोड र आगजनी भएको छ ।

विद्यार्थी ओसारपसार गर्न प्रयोग गरिने ६ वटा गाडीमा समेत आन्दोलनकारीले आगो लगाएको सीजीले जनाएको छ । क्षतिका बीच पनि सीजीले आफ्ना कुनै पनि कर्मचारीलाई नहटाउने प्रतिबद्धता जनाएको छ ।

समूहको इलेक्ट्रोनिक्स डिभिजन सतुङ्गलमा मात्रै १ हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना भएको र हजारौंको संख्यामा अप्रत्यक्ष रोजगारी निर्भर रहेको समूहले उल्लेख गरेको छ ।

नेपाली काग्रेसका नेता तथा विघठित प्रतिनिधिसभाका सांसद समेत रहेका विनोद चौधरी फोब्र्सको धनाढ्यको सूचीमा अटाएका नेपालका एकमात्रै अर्बपति हुन् । चौधरी परिवार माथि काठमाडौंको बासबारी स्थित छालाजुत्ता कारखानाको जग्गा अपचलनको आरोप छ ।

Advertisement

राज्य शक्तिको आडमा उनीहरुले यसबाट उन्मुक्ति पाइरहेको आरोप लाग्दै आएको छ । चौधरी परिवारको विद्यालय रहेको छालाजुत्ता कारखानाको जग्गा भने अहिले नेपाल सरकारको नाममा आइसकेको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top