×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

विपिनको ३३ सेकेण्डको भिडियो सार्वजनिक,नेपाली हर्षित

२३ आश्विन २०८२

२३ असोज , काठमाण्डौ ।

२ वर्षभन्दा लामो समयदेखि हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको नयाँ भिडियो सार्वजनिक भएको छ । इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको भिडियो प्राप्त गरेको भन्दै बुधबार साँझ सार्वजनिक गरेका छन् ।

Advertisement
Advertisement

जोशी परिवारले पनि यो भिडियोबाट विपिन जोशी जीवित रहेको विश्वास जागेको जनाएको छ । विपिनको भिडियो सार्वजनिक भएसँगै नेपालीजनले समेत खुशी ब्यक्त गर्दै उनको सकुशल रिहाइका लागि अपिल गरेका छन् ।

‘गाजाबाट प्राप्त यो जीवनको प्रमाण, जसलाई आज हामी तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने अटुट विश्वास दिलाएको छ,’ जोशी परिवारले भनेको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए ।

हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएपछि उनको अवस्था हालसम्म थाहा हुन सकेको छैन । विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए ।

त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् । विपिनको अवस्था सार्वजनिक गराउने सरकारको कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा खास प्रगति देखिएको छैन ।

बुधबार साँझ सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको बताएका छन् र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताएका छन् ।

तर यो भिडियो कहिले खिचिएको हो भन्ने स्पष्ट हुन सकेको छैन । गाढा नीलो कपडा लगाएको उनको यो भिडियो २ वर्ष पुरानो हुन सक्ने अनुमान छ । विपिनका परिवारका सदस्यहरुले पनि भिडियो सार्वजनिक गर्नुभन्दा अगाडि आफूहरुलाई देखाएको तर अहिले सार्वजनिक भए पनि त्यसभन्दा बढी केही थाहा नभएको बताएका छन् ।

सन् २०२३ नोभेम्बरमा ‘वाल स्ट्रिट जर्नल’ले प्रकाशित गरेको रिपोर्टअनुसार, विपिनले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। रिपोर्टका अनुसार दुईवटा ग्रिनेड बंकरमा छिर्दा विपिनले तीमध्ये एउटा समातेर बाहिर फ्याँक्न सफल भएका थिए ।

तर दोस्रो ग्रिनेड विस्फोट हुँदा उनका पाँच साथीहरू गम्भीर रूपमा घाइते भए । विपिनलाई भने हमासले अपहरण गरी गाजामा लगेका थिए । एक समयमा उनलाई अलशिफा अस्पतालमा राखिएको थियो । सो अस्पतालमा रहेको उनको भिडियो पनि सार्वजनिक भएको थियो ।

त्यसयता विपिनको अत्तोपत्तो थिएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको ६ घण्टापछि गाजामा युद्धविराम गर्न हमास सहमत भएको थियो।

हमासले गत शुक्रबार राति घोषणा गरेअनुसार, उनीहरू ट्रम्पको योजना अनुसार सबैतिरका बन्दीहरू (जीवित वा मृत) अवस्थामा रिहा गर्न तयार छन् ।

साथै गाजाको प्रशासन छोड्न पनि तयार भएको जनाइएको छ । हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । यो सूचीमा नेपालका विपिन जोशी पनि रहेका छन् । यसमा २० बन्धक जिवितै रहेको बताइएको छ ।

Advertisement

यसअघि हमासले सार्वजनिक गरेको ‘बिदाइ सूची’ मा विपिनको पनि तस्वीर समावेश गरिएको थियो । अमेरिकी मध्यस्तथामा इजरेल र हमासबीच शान्ति सम्झौतामा हस्ताक्षर भएसँगै नेपाली युवक विपिनको अवस्था पनि सार्वजनिक हुने आशा पलाएको थियो ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top