×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली

२३ आश्विन २०८२

२३ असोज , काठमाण्डौ ।

अध्यक्ष केपी ओलीसहित नेता महेश बस्नेतको पनि वासस्थान रहेको भक्तपुरको गुण्डुमा नेकपा एमालेले आज शक्ति प्रदर्शन गर्दैछ । एमाले भक्तपुर जिल्ला कमिटीले अहिले ११ बजेदेखि सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालयनजिकै कार्यकर्ता भेला गर्दैछ ।

Advertisement
Advertisement

जसको प्रमुख अतिथि ओली रहनेछन् । उक्त कार्यक्रममा एमालेका अन्य शीर्षस्थ नेताहरू पनि सहभागी हुने आयोजकले जानकारी दिएका छन् । पछिल्लो समय सार्वजनिक कार्यक्रममा खासै ननिस्किएका अ‍ोलीले अहिले राजनीतिक गतिविधि गुण्डुबाटै सञ्चालन गरिरहेका छन् ।

एमाले शुक्रबार र शनिबार सचिवालय बैठक पनि राखेको छ । आगामी २७ देखि २९ सम्म केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । त्यसपूर्व अध्यक्ष ओलीले प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसमेतलाई भर्चुअल बैठकमार्फत् सम्बोधन गरिसकेका छन् ।

आज पनि ओलीले पछिल्लो अवस्थाबारे धारणा राख्ने नेताहरूले बताएका छन् । यता ओलीमाथि आन्दोलनमा दमनकारी नीति लिएको आरोपमा उनलाई पक्राउ गरी कारबाही गर्न युवाहरुले प्रहरीमा उजुरी समेत दिएका छन् ।

उनीमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्नसमेत युवाहरुले दबाब दिँदै आएका छन् । जेनजी युवा आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीलाई सरकारको अनुमतिबेगर काठमाडौं उपत्यकाबाहिर जान रोक लगाएको छ ।

यो अवस्थामा ओली आज सहभागी हुने कार्यक्रम र उनले गर्ने भनिएको सम्बोधनलाई चासोका साथ हेरिएको छ । जेनजी युवा आन्दोलनपछि ओलीले पार्टीको नेतृत्व छोड्नुपर्ने बहस हुँदै आए पनि उनले त्यसलाई इन्कार गरेका छन् ।

पार्टीभित्र पनि यतिबेला नचाहिँदो हल्लाखल्ला मच्चाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । आगामी असोज २४ गते बस्ने सचिवालय बैठकमा पदाधिकारीले ओलीको राजीनामालाई प्रमुख सर्त बनाउने तयारी गरिरहेका छन् ।

ओलीले सत्ता छोडेर भागेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई जेन–जीको माग बमोजिम अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरे। लगत्तै कार्कीले जेन–जीकै पहिलो सर्त रहेको प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन् ।

यसप्रति एमाले असन्तुष्ट छ र उसले अदालत जानुपर्ने निष्कर्ष निकालेको छ । यता जेनजी आन्दोलनको मर्मअनुसार पार्टी छिट्टै महाधिवेशनमा जानुपर्ने, त्यसका लागि आयोजक समिति बनाउनुपर्ने र त्यसको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिनुपर्ने नेताहरूको माग छ ।

एमालेको नेतृत्व हस्तान्तरण अनिवार्य सर्त भन्दै केही नेताले पार्टीभित्रै गतिविधि बढाइरहेका छन् । यता, सरकारले फागुन २१ गते चुनाव गर्न सबै हिसाबले तयारी तीव्र पारिसकेको छ । तथापि, ओली एमाले अध्यक्ष पद छाड्न तयार छैनन् ।

प्रायः हरेक कुरामा प्रतिक्रिया दिइहाल्ने ओलीले नेपाली राजनीतिमा आएको पछिल्लो बदलावलाई आफूविरुद्धको ‘षड्यन्त्र’ भनेर टार्ने कोसिस गरिरहेका छन् । यसले पनि एमालेभित्रको आन्तरिक राजनीति पेचिलो बन्न थालेको देखिन्छ ।

पार्टीकै पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरू ओलीलाई तत्काल हटाउनपर्ने पक्षमा उभिन थालेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीले यसबारे आगामी असोज २४ गते बस्ने सचिवालय बैठकमै निर्णायक छलफल हुने बताएका छन् ।

विगतको जस्तो साधारण खालको भन्दा पनि प्रष्ट र खुला कुरा गर्नुपर्छ भन्ने समझदारी अनुसार नेताहरूबाट धारणा आउने उनी बताउँछन् । ईश्वर पोखरेललाई कार्यबाहक बनाएर महाधिवेशनमा जानुपर्ने कुरा नेताहरूले उठाइरहेको उनी बताउँछन् ।

यता जेनजी प्रदर्शनपछि कांग्रेसले पनि आज पदाधिकारी बैठक बोलाएको छ । दिउँसो १ बजे होटल हिमालय ललितपुरमा बोलाएको बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा, जेनजी आन्दोलन, त्यसपछिको अवस्थालगायतका विषयमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसको आजको बैठकमा सभापति शेरबहादुर देउवा भने नजाने भएका छन् । देउवा स्वयम्ले आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका थिए । तर, देउवा पदाधिकारी बैठकमा नजाने निर्णय भएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनले आज बस्ने पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ललितपुरको कुपण्डोलस्थित एक होटलमा हुने जानकारी दिए । हिजो रातिसम्म देउवा बैठकमा सहभागी हुने निश्चित थियो, तर आज बिहान उनले सुरक्षा ‘थ्रेड’लाई लिएर बैठकमा नजाने निर्णय गरेका हुन् ।

Advertisement

जेन–जी आन्दोलनका क्रममा उनीमाथि गत २४ भदौमा आक्रमण भएको थियो । प्रदर्शनकारीले उनको बूढानीलकण्ठस्थित घरमा आगजनी गरेका थिए । हाल देउवाले आफू रहेको निवास सार्वजनिक गरेका छैनन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top