×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

निकोलस भुसाल प्र ह री नि य न्त्र ण मा

२३ आश्विन २०८२

२३ असोज , काठमाण्डौ ।

अभियन्ता डा. निकोलस भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट भुसाललाई पक्राउ गरेको हो । जेनजी समूहको मागलाई समर्थन गर्दै प्रदर्शनमा उत्रिएका भुसालसंगै अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
Advertisement

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो । तर प्रहरीले हस्तक्षेप गरेको हो ।

माइतीघर परिसरमा प्रहरीलाई बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन । जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो ।

काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न यसअघि नै सूचना जारी गरेको थियो । सोही बमोजिम माइतीघर मण्डला लगायतका क्षेत्रमा कसैलाई पनि हुल बाँधर उभिन समेत दिइएको छैन ।

माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै सुरेन्द्र घर्ती नेतृत्वको जेनजीको एउटा समूहले ‘एनटिइके–जेड’ टिमले आज गर्ने भनेको प्रदर्शन स्थगित भएको छ ।

तर, घुसपैठ हुनसक्ने र अवस्था भड्किने आंकलन गरेर सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घर्ती नेतृत्वले गर्ने भनेको प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै काठमाडौँ प्रहरीले प्रहरी प्रधान कार्यालयसँग थप मद्दत मागेको थियो ।

सो समूहको प्रदर्शन स्थगित भए पनि सुरक्षा रणनीति कायम राखिएको प्रहरी अधिकृतहरू बताउँछन् । अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ ।

जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।

जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ । एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेदेखि माइतीमा टाँगिएका ब्यानर हटाएर अर्को ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको थियो ।

त्यसपछि माइतीघर बानेश्वर क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सो क्षेत्रमा आज बिहानैदेखि उच्च सतर्कता अपनाएको छ । जेनजी समूहका विभिन्न टिमले प्रदर्शन गर्ने तथा एमालेले समेत भक्तपुरमा बिहीबार नै कार्यक्रम गर्ने तालिका राखेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

काठमाडौं प्रहरीले सम्भावित घटना रोक्न सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । माइतीघर मण्डलादेखि थापाथली र विभिन्न चोकमा प्रहरीको टोली परिचालन गरिएको छ । प्रहरी अधिकारीका अनुसार सात हजारको हाराहारीमा प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रहरीबाहेक सशस्त्र प्रहरी बलको टोलीसमेत खटाइएको छ । यता एमालेले अहिले गुण्डुमा कार्यकर्ता उतारेको छ । जसको प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओली छन् । उक्त कार्यक्रममा एमालेका अन्य शीर्षस्थ नेताहरू पनि सहभागी हुने आयोजकले जानकारी दिएका छन् ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top