२७ असोज , काठमाण्डौ ।
देशभरको मौसम आज सामान्यतः सफा रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।
देशभर नै विहान र बेलुका अब क्रमश चिसो बढ्दै जाने छ ।
विहान तराई मधेशका क्षेत्रमा सामान्य हुस्सु लाग्न सुरु भएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।
यस्तै भोलि मंगलबार दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।
भोलिपनि कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।