बझाङमा मध्यरातमा भू कम्प ,स्थानीय त्र सि त

२९ असोज , काठमाण्डौ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

भोलि दिउँसो पनि सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने मौसम पूर्वानु्मान महाशाखाले अनुमान गरेको छ ।

भोलि देशभर मौसम मुख्यतया सफा रहने छ ।

यसैबीच बझाङमा गएराति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ बजेर ८ मिनेट जाँदा बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको हो।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्रमा रहेको केन्द्रले जनाएको छ।

मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो।

भूकम्पको धक्का बझाङ आसपासका अन्य जिल्लाहरुमा समेत महसुस गरिएको छ।

स्थानीय प्रहरीले भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ।

यही असोज १० गते रामेछापको भटौली केन्द्रबिन्दु भएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो।

यसअघि असोज १ गतेपूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो

नेपाल भौगोलिक रुपमा भूकम्पीय जोखियुक्त क्षेत्रमा रहेको भूकम्पविद्हरुले बताउने गरेका छन्।

Scroll to Top