×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु

३० आश्विन २०८२

३० असोज , काठमाण्डौ ।

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज बिहान नै बाट बस्दै छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्ताव माथि धारणा राख्ने क्रम जारी रहने छ ।

Advertisement

हिजोको पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

बैठकका क्रममा एक सय जना भन्दा बढीले बोल्ने अनुमान गरिएको छ । बोल्न चाहने सदस्यहरूको सङ्ख्या बढे बैठक लम्बिने एमाले नेताहरू बताउँछन् । धारणा राख्न हरेक केन्द्रीय सदस्यहरूलाई ३ मिनेटको समय दिइएको छ ।

तीन मिनेटमा आफ्ना धारणा नटुङ्ग्याए स्वतः माइक काटिने प्रबन्ध गरिएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै पुनस्र्थापनाका लागि आन्दोलनमा जाने र आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

बैठकमा केन्द्रीय सदस्यहरूका धारणा सुनेपछि पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्नेछन् । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिने तयारी छ ।

बैठकमा केन्द्रीय सदस्य लक्ष्मी गौतमले अध्यक्षको राजीनामा माग्ने पदाधिकारीलाई पहिले आफूले राजीनामा दिन सुझाएकी थिइन् । ‘केही पदाधिकारीहरूले सचिवालय बैठकमा अध्यक्षको राजीनामा माग्नु भयो रे,’ गौतमले भनिन्, ‘तपाईँहरू पनि दुई पटक पदाधिकारी भइसक्नु भयो। तपाईँहरूको राजीनामा हामी केन्द्रीय सदस्यले माग्यौँ भने दिनुहुन्छ?’

गौतमले कसैले राजीनामा मागेकै भरमा एक वर्ष कार्यकाल बाँकी रहेको पार्टी केन्द्रीय कमिटीको महाधिवेशन गर्न हतारिनु नपर्ने पनि बताइन्। ‘हाम्रो कार्यकाल अझै एक वर्ष छ। कसैले राजीनामा मागेकै कारण हतारिएर महाधिवेशन गर्नुपर्ने स्थिति छैन,’ गौतमले भनिन्।

अर्का केन्द्रीय सदस्य रोमनाथ ओलीले केपी ओलीको विकल्प खोजेर पार्टीमा विवाद निम्त्याउने समय अहिले नभएको बताए।

Advertisement

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top