×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

३० आश्विन २०८२

३० असोज , काठमाण्डौ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुस पेड भएको आरोप लागी रहेका बेला नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानले जेन–जी आन्दोलन योजनाबद्ध रूपमा भड्काउन ‘टिब्बटेन ओरिजिनल ब्लड’ (टिओबी) समूहको प्रमुख संलग्नता देखिइको भन्दै अनुसन्धानलाई त्यतै तर्फ अघि वढाएको छ ।

Advertisement

प्रहरीले टिओबी लेखिएको ज्याकेट र टिसर्ट लगाएर आन्दोलनमा सक्रिय समूहका एक सदस्य तेन्जिङ दावालाई पक्राउ गरी सकेको छ । उनलाई असोज २६ गते पक्राउ गरेको हो ।

उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं प्रहरी परिसरले म्याद थपेर अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा टिओबी लेखिएका पहिरनमा रहेका बाइक राइडरहरू आन्दोलन भड्काउने भूमिकामा देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती युवाहरू रेडियो सेटसहित आन्दोलनमा सहभागी भएका थिए। सोही रेडियोमार्फत उनीहरूले अन्य बाइक राइडरलाई निर्देशन दिने गरेको खुल्न आएको छ। रेडियो सेटसहितको सहभागिता निकै असामान्य विषय हो।

प्रहरीले हालसम्म नागरिकहरूबाट प्राप्त ३६ हजारभन्दा बढी फोटो र भिडियो फुटेज सङ्कलन गरी विश्लेषण गरिरहेको छ। ती सबै सामग्रीका आधारमा टिओबी समूहका सदस्यहरूको गतिविधि अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २३ भदौका दिन दिउँसो करिब १२ः३० बजे बिजुलीबजारस्थित आर्कब्रिजबाट टिओबी लेखिएको कालो टिसर्ट र ज्याकेट लगाएका युवाहरू ‘रोयल इन्फिल्ड’ बाइक हुइँक्याउँदै आन्दोलनतर्फ अगाडि बढेका थिए।

अनामनगरतर्फबाट आएका उनीहरू नयाँ बानेश्वर पुगेपछि भिड उग्र बन्दै गएको प्रहरीको भनाइ छ। भिडियो फुटेजमा उनीहरू भिडलाई उक्साउने अभिव्यक्ति दिँदै देखिएका छन्।

प्रहरीका अनुसार टिओबी लेखिएको पहिरनमा करिब १५० भन्दा बढी युवा आन्दोलनमा सहभागी थिए। प्रहरीको तथ्याङ्कअनुसार २४ भदौमा बौद्ध, गौशाला र नयाँ बानेश्वर क्षेत्रका प्रदर्शनमा पनि टिओबी समूहको उपस्थिति देखिएको छ।

यद्यपि आगजनी, तोडफोड वा लुटपाटमा उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि हुने प्रमाण भने हालसम्म फेला परेको छैन। पक्राउ परेका तेन्जिङ दावाको नागरिकता र जन्मदर्ता प्रमाणपत्र पनि शंकास्पद देखिएको छ।

उनका नागरिकता र जन्मदर्ता प्रमाणपत्रमा उल्लेख गरिएको मिति र सरकारी छाप फरक देखिएको प्रहरीको भनाइ छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, “उनका कागजात नियन्त्रणमा लिएर भेरिफिकेसन भइरहेको छ। दुवै कागजातमा विसङ्गति देखिएको छ, त्यसैले विस्तृत अनुसन्धान भइरहेको छ।”

यसैबीच, जेन–जी आन्दोलनका क्रममा प्रहरीको एसएलआर (सेल्फ लोडिङ राइफल) लुट्ने ललितपुर–१३ कुसुन्तीका राजु परियारलाई पनि पक्राउ गरिएको छ। उनले सिंहदरबारको पश्चिम गेटमा उक्त हतियार प्रयोग गर्दै भिडियो खिचेको देखिएको छ।

परियारमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। परियारमाथि यसअघि नै ज्यान मार्ने प्रयास, ठगी र अभद्र व्यवहारलगायत आठवटा मुद्दा विभिन्न अदालतमा दर्ता भइसकेका छन्।

उता प्रहरीले ‘जेन–जी प्रतिनिधि’ भन्दै सरकारी कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउने अर्जुनबहादुर शाहीलाई पनि पक्राउ गरेको छ। उनी ‘यमराज, यमु’ नामले परिचित छन्।

प्रहरीका अनुसार उनले विगतमा ठगी र चेक बाउन्सलगायतका मुद्दामा समेत संलग्नता जनाएका थिए। उनले वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको र पशु चोरीमा समेत संलग्नता रहेको प्रहरीको भनाइ छ।

Advertisement

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top