NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

बिहिबार अशोज ३० , २०८२
Reading Time: 1 min read
A A
जेनजी आ न्दो ल न  भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० असोज , काठमाण्डौ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुस पेड भएको आरोप लागी रहेका बेला नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानले जेन–जी आन्दोलन योजनाबद्ध रूपमा भड्काउन ‘टिब्बटेन ओरिजिनल ब्लड’ (टिओबी) समूहको प्रमुख संलग्नता देखिइको भन्दै अनुसन्धानलाई त्यतै तर्फ अघि वढाएको छ ।

प्रहरीले टिओबी लेखिएको ज्याकेट र टिसर्ट लगाएर आन्दोलनमा सक्रिय समूहका एक सदस्य तेन्जिङ दावालाई पक्राउ गरी सकेको छ । उनलाई असोज २६ गते पक्राउ गरेको हो ।

उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं प्रहरी परिसरले म्याद थपेर अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा टिओबी लेखिएका पहिरनमा रहेका बाइक राइडरहरू आन्दोलन भड्काउने भूमिकामा देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती युवाहरू रेडियो सेटसहित आन्दोलनमा सहभागी भएका थिए। सोही रेडियोमार्फत उनीहरूले अन्य बाइक राइडरलाई निर्देशन दिने गरेको खुल्न आएको छ। रेडियो सेटसहितको सहभागिता निकै असामान्य विषय हो।

प्रहरीले हालसम्म नागरिकहरूबाट प्राप्त ३६ हजारभन्दा बढी फोटो र भिडियो फुटेज सङ्कलन गरी विश्लेषण गरिरहेको छ। ती सबै सामग्रीका आधारमा टिओबी समूहका सदस्यहरूको गतिविधि अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २३ भदौका दिन दिउँसो करिब १२ः३० बजे बिजुलीबजारस्थित आर्कब्रिजबाट टिओबी लेखिएको कालो टिसर्ट र ज्याकेट लगाएका युवाहरू ‘रोयल इन्फिल्ड’ बाइक हुइँक्याउँदै आन्दोलनतर्फ अगाडि बढेका थिए।

अनामनगरतर्फबाट आएका उनीहरू नयाँ बानेश्वर पुगेपछि भिड उग्र बन्दै गएको प्रहरीको भनाइ छ। भिडियो फुटेजमा उनीहरू भिडलाई उक्साउने अभिव्यक्ति दिँदै देखिएका छन्।

प्रहरीका अनुसार टिओबी लेखिएको पहिरनमा करिब १५० भन्दा बढी युवा आन्दोलनमा सहभागी थिए। प्रहरीको तथ्याङ्कअनुसार २४ भदौमा बौद्ध, गौशाला र नयाँ बानेश्वर क्षेत्रका प्रदर्शनमा पनि टिओबी समूहको उपस्थिति देखिएको छ।

यद्यपि आगजनी, तोडफोड वा लुटपाटमा उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि हुने प्रमाण भने हालसम्म फेला परेको छैन। पक्राउ परेका तेन्जिङ दावाको नागरिकता र जन्मदर्ता प्रमाणपत्र पनि शंकास्पद देखिएको छ।

उनका नागरिकता र जन्मदर्ता प्रमाणपत्रमा उल्लेख गरिएको मिति र सरकारी छाप फरक देखिएको प्रहरीको भनाइ छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, “उनका कागजात नियन्त्रणमा लिएर भेरिफिकेसन भइरहेको छ। दुवै कागजातमा विसङ्गति देखिएको छ, त्यसैले विस्तृत अनुसन्धान भइरहेको छ।”

यसैबीच, जेन–जी आन्दोलनका क्रममा प्रहरीको एसएलआर (सेल्फ लोडिङ राइफल) लुट्ने ललितपुर–१३ कुसुन्तीका राजु परियारलाई पनि पक्राउ गरिएको छ। उनले सिंहदरबारको पश्चिम गेटमा उक्त हतियार प्रयोग गर्दै भिडियो खिचेको देखिएको छ।

परियारमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। परियारमाथि यसअघि नै ज्यान मार्ने प्रयास, ठगी र अभद्र व्यवहारलगायत आठवटा मुद्दा विभिन्न अदालतमा दर्ता भइसकेका छन्।

उता प्रहरीले ‘जेन–जी प्रतिनिधि’ भन्दै सरकारी कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउने अर्जुनबहादुर शाहीलाई पनि पक्राउ गरेको छ। उनी ‘यमराज, यमु’ नामले परिचित छन्।

प्रहरीका अनुसार उनले विगतमा ठगी र चेक बाउन्सलगायतका मुद्दामा समेत संलग्नता जनाएका थिए। उनले वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको र पशु चोरीमा समेत संलग्नता रहेको प्रहरीको भनाइ छ।

Tags: #आन्दोलन भड्काउन टिओबीको हात#जेनजी आन्दोलन

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.