×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

३० आश्विन २०८२

३० असोज , काठमाण्डौ ।

सिंगो देश फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको चुनावको पर्खाईमा छन् । यसका लागि निर्वाचन आयोगले तयारी तीव्र पारिरहेको छ । सरकारले पनि चुनावमा सक्रिय सहभागीता जनाउन र सफलरुपमा सम्पन्न गर्नका लागि सरोकारवाला सबैलाई अपिल गरिरहेको छ ।

Advertisement
Advertisement

यसै संदर्भमा आज निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गरेको छ । विघटित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई पहिलो चरणमा छलफलका लागि आयोगले बोलाइएको हो ।

छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कवीन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायत अन्य दलका प्रतिनिधि सहभागी भएका छन् ।

आयोगमा १ सय २४ राजनीतिक दल दर्ता छन् । पहिलो चरणमा २९ दललाई बोलाइएको आयोगले जनाएको छ । चुनाव तयारीका सन्दर्भमा आयोगले पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरेको हो ।

त्यस्तै, राष्ट्रियसभामा रिक्त हुने सदस्यहरुका लागि २० माघमा चुनाव हुने भएकाले त्यसबारे पनि छलफल राखिएको हो । निर्वाचन आयोगले यस्तो तयारी गरिरहँदा यता दलहरुले भने तोकिएको समयमा चुनाव हुनेमा आशंका गरिरहेका छन् ।

नेकपा एमालेले त यो सरकारले चुनाव नै नगराउने दाबी मात्रै गरेको छैन, पहिला संसद पुनस्र्थापना, त्यसअनुसारको सरकारका गठनका लागि अदालत जाने, यता अन्तरिम सरकारले घोषणा गरेको चुनाव नहुने, भएपनि निष्पक्ष नहुने र त्यसको परिणाम पनि नमान्ने बताइसकेको छ ।

यो अडानमा एमाले एक्लो छ। काँग्रेस, माओवादी, राप्रपा, रास्वपा लगायत अन्य दलहरुले भने चुनावका लागि शान्तिसुरक्षामा केही आशंका गरेपनि चुनावमा भाग लिने बताएका छन् । यसबीच जेनजी समूहहरु भने चुनावक लागि उत्साहित छन् ।

एक त आफूहरुले पनि मतदान गर्न पाउने, अर्को आफ्नै नेतृत्व वा समर्थनमा नयाँ दल गठन गर्दै चुनावमा जित निकाल्ने गरीको भाग लिने तयारीमा छन् । यसका लागि भित्रभित्रै तयारी पनि थालिएको छ ।

यसबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ऊर्जामन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच सम्भावित सहकार्यबारे गृहकार्य भइरहेको चर्चा छ ।

चुनावबाट फेरि पुरानै शक्ति उदाए भने जेन–जीको ठूलो बलिदानी व्यर्थ जाने भएकाले वैकल्पिक शक्ति बलियो गरी प्रस्तुत हुनेबारे छलफल चलिरहेको छ । पूर्वबाट छुट्टै दल घोषणा गरिसकेका धरानका मेयर हर्कराज साम्पाङसँग समेत संवादको ढोका खुलै राखिएको बताइएको छ  ।

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसमेत नयाँ दल गठनको गृहकार्यमा छन् । त्यसका लागि भइरहेका छलफलमा रास्वपा त्यागेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठसमेत सक्रिय सहभागी छिन् । यो पार्टी एक साताभित्रै निर्वाचन आयोगमा दर्ता गर्ने गरी विधान लेखनलगायत काम भइरहेको बुझिएको छ ।

पार्टीमा जोड्न विवेकशील साझा पार्टीका केही नेतासँग समेत छलफल भइरहेको छ । यता रास्वपाले संवादका लागि पुकार बमको नेतृत्वमा समिति बनाएको छ । रास्वपाले घिसिङलाई नै पार्टीमा ल्याउन बढी जोडबल गरिरहेको छ ।

तर घिसिङ पार्टीमा आएको अवस्थामा भूमिका के हुने भन्ने टुंगो लागिसकेको छैन । यता रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कारागारमा रहेका बेला नयाँ नेतृत्व ल्याएर पार्टीलाई पुनर्जीवन दिनुपर्ने मत पनि रास्वपाभित्र छ ।

केहीले घिसिङलाई पार्टी नेतृत्व दिने र लामिछाने पार्टी सभापतिले पद छाड्ने हो भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रले समेत समर्थन जनाउन सक्ने संकेत दिएका छन् । यसबीच गोपी हमालदेखि बाबुराम भट्टराईसम्म समेटेर छलफल चलिरहेको बुझिएको छ ।

पुराना दलहरुविरुद्ध वैकल्पिक शक्ति निमार्णको तयारी भइरहँदा यसैबीच नयाँहरुबीच मै पनि मनमुटाव र घोचपेच भने चलिरहेको छ । एकातिर हर्क साम्पाङ र बालेन्द्र साहको फेसबुकमा जुहारी चलिरहँदा अर्कातिर सामाजिक अभियन्ता इः र बालेनबीच पनि यो क्रम सुरु भएको छ ।

ईःले सामाजिक सञ्जालमार्फत केपी ओली र बालेनको राजव्यवहारमा कुनै अन्तर नरहेको बताएका छन् । उनले लेखेका छन– ’समयले मलाई गलत प्रमाणित गरोस् भन्ने आशा सहित यो भन्दै छु– केपी, बालेन, दुर्गा जस्ता पात्रहरूबिच फेस भ्याल्यूमा वैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन ।

तिनीहरू आफ्नो अटलता र बर्चस्व कायम गर्न जुनैपनि हदसम्म जान तयार हुन सक्छन्। यस्ता पात्रले प्रस्तुत गर्नसक्ने भन्दा विकसित र गतिशील नेतृत्वको काबिल बन्न हाम्रो समाजमा, हर मनमा गम्भीर आत्मसमीक्षा जरूरी छ। यी केवल आम हिपोक्रिसीको ऐनामात्र हुन्।’

यसमा जवाफ फर्काउदै बालेनले ईः लाई आफै नेता बन्न आग्रह गरेका छन् । उनले मिलेर आए ईः लाई अध्यक्ष बनाएर आफू कार्यकर्ता रहन तयार रहेको पनि बताएका छन् । ईः पोस्टको कमेन्टमा बालेनले आफ्नो दोस्रो फेसबुकबाट लेखेका छन– ’८० बर्ष पुग्दा पनि आफू पीएम बन्ने, आफू अध्यक्ष बन्ने देशमा मैले ३५ वर्षकै उमेरमा तपाईँहरू आउनुस् , देश चलाउनुस् भनिरको छु त, ई सर । सबै जना मिल्नुस, बालेनलाई मात्र नेता नसोच्नुस्, तपाईँहरू पनि लिडर बन्नुस् । म तपाईँ लाई पीएम, पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँ लाई मिलाएर ल्याउनुस् । म कार्यकर्ता बन्न तयार छु ।’ देश मलाई नै छोड्ने हो भने पनि म बिना एक जना मन्त्री, एक्लै देश बनाइदिन सक्छु, तर यस्तो सोचले देश बन्दैन ।’ भन्दै जवाफ फर्काएका छन् ।

यसअघि पनि ई र बालेनबीच फुटपाथ व्यापारीलाई सडकबाट हटाउने महानगरको कारबाहीका कारण मतभेद देखिएको थियो । उक्त विषयमा ईले बालेनको नीतिविरुद्ध आन्दोलनसमेत गरेका थिए ।

जेनजी समूहहरु बीच देखिएको मतभेदहरु साम्य नभएको अवस्थमा जनताकाबीचमा प्रभाव बढाइसकेका यी पात्रहरुबीचको जुहारीले नयाँ चाहानेहरुलाई भने खिन्न बनाएको छ । यद्यपि यी सबै टकरावहरुलाई चिरेर एक ढिक्काका साथ चुनावमा होमिनेमा पनि जेनजीहरुले आशा व्यक्त गरेका छन् ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top