NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
४० दिनदेखि सरकार सटडाउन हुँदा , अमेरिका नै अस्तब्यस्त सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२
Reading Time: 1 min read
A A
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० असोज , काठमाण्डौ ।

सिंगो देश फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको चुनावको पर्खाईमा छन् । यसका लागि निर्वाचन आयोगले तयारी तीव्र पारिरहेको छ । सरकारले पनि चुनावमा सक्रिय सहभागीता जनाउन र सफलरुपमा सम्पन्न गर्नका लागि सरोकारवाला सबैलाई अपिल गरिरहेको छ ।

यसै संदर्भमा आज निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गरेको छ । विघटित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई पहिलो चरणमा छलफलका लागि आयोगले बोलाइएको हो ।

छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कवीन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायत अन्य दलका प्रतिनिधि सहभागी भएका छन् ।

आयोगमा १ सय २४ राजनीतिक दल दर्ता छन् । पहिलो चरणमा २९ दललाई बोलाइएको आयोगले जनाएको छ । चुनाव तयारीका सन्दर्भमा आयोगले पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरेको हो ।

त्यस्तै, राष्ट्रियसभामा रिक्त हुने सदस्यहरुका लागि २० माघमा चुनाव हुने भएकाले त्यसबारे पनि छलफल राखिएको हो । निर्वाचन आयोगले यस्तो तयारी गरिरहँदा यता दलहरुले भने तोकिएको समयमा चुनाव हुनेमा आशंका गरिरहेका छन् ।

नेकपा एमालेले त यो सरकारले चुनाव नै नगराउने दाबी मात्रै गरेको छैन, पहिला संसद पुनस्र्थापना, त्यसअनुसारको सरकारका गठनका लागि अदालत जाने, यता अन्तरिम सरकारले घोषणा गरेको चुनाव नहुने, भएपनि निष्पक्ष नहुने र त्यसको परिणाम पनि नमान्ने बताइसकेको छ ।

यो अडानमा एमाले एक्लो छ। काँग्रेस, माओवादी, राप्रपा, रास्वपा लगायत अन्य दलहरुले भने चुनावका लागि शान्तिसुरक्षामा केही आशंका गरेपनि चुनावमा भाग लिने बताएका छन् । यसबीच जेनजी समूहहरु भने चुनावक लागि उत्साहित छन् ।

एक त आफूहरुले पनि मतदान गर्न पाउने, अर्को आफ्नै नेतृत्व वा समर्थनमा नयाँ दल गठन गर्दै चुनावमा जित निकाल्ने गरीको भाग लिने तयारीमा छन् । यसका लागि भित्रभित्रै तयारी पनि थालिएको छ ।

यसबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ऊर्जामन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच सम्भावित सहकार्यबारे गृहकार्य भइरहेको चर्चा छ ।

चुनावबाट फेरि पुरानै शक्ति उदाए भने जेन–जीको ठूलो बलिदानी व्यर्थ जाने भएकाले वैकल्पिक शक्ति बलियो गरी प्रस्तुत हुनेबारे छलफल चलिरहेको छ । पूर्वबाट छुट्टै दल घोषणा गरिसकेका धरानका मेयर हर्कराज साम्पाङसँग समेत संवादको ढोका खुलै राखिएको बताइएको छ  ।

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसमेत नयाँ दल गठनको गृहकार्यमा छन् । त्यसका लागि भइरहेका छलफलमा रास्वपा त्यागेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठसमेत सक्रिय सहभागी छिन् । यो पार्टी एक साताभित्रै निर्वाचन आयोगमा दर्ता गर्ने गरी विधान लेखनलगायत काम भइरहेको बुझिएको छ ।

पार्टीमा जोड्न विवेकशील साझा पार्टीका केही नेतासँग समेत छलफल भइरहेको छ । यता रास्वपाले संवादका लागि पुकार बमको नेतृत्वमा समिति बनाएको छ । रास्वपाले घिसिङलाई नै पार्टीमा ल्याउन बढी जोडबल गरिरहेको छ ।

तर घिसिङ पार्टीमा आएको अवस्थामा भूमिका के हुने भन्ने टुंगो लागिसकेको छैन । यता रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कारागारमा रहेका बेला नयाँ नेतृत्व ल्याएर पार्टीलाई पुनर्जीवन दिनुपर्ने मत पनि रास्वपाभित्र छ ।

केहीले घिसिङलाई पार्टी नेतृत्व दिने र लामिछाने पार्टी सभापतिले पद छाड्ने हो भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रले समेत समर्थन जनाउन सक्ने संकेत दिएका छन् । यसबीच गोपी हमालदेखि बाबुराम भट्टराईसम्म समेटेर छलफल चलिरहेको बुझिएको छ ।

पुराना दलहरुविरुद्ध वैकल्पिक शक्ति निमार्णको तयारी भइरहँदा यसैबीच नयाँहरुबीच मै पनि मनमुटाव र घोचपेच भने चलिरहेको छ । एकातिर हर्क साम्पाङ र बालेन्द्र साहको फेसबुकमा जुहारी चलिरहँदा अर्कातिर सामाजिक अभियन्ता इः र बालेनबीच पनि यो क्रम सुरु भएको छ ।

ईःले सामाजिक सञ्जालमार्फत केपी ओली र बालेनको राजव्यवहारमा कुनै अन्तर नरहेको बताएका छन् । उनले लेखेका छन– ’समयले मलाई गलत प्रमाणित गरोस् भन्ने आशा सहित यो भन्दै छु– केपी, बालेन, दुर्गा जस्ता पात्रहरूबिच फेस भ्याल्यूमा वैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन ।

तिनीहरू आफ्नो अटलता र बर्चस्व कायम गर्न जुनैपनि हदसम्म जान तयार हुन सक्छन्। यस्ता पात्रले प्रस्तुत गर्नसक्ने भन्दा विकसित र गतिशील नेतृत्वको काबिल बन्न हाम्रो समाजमा, हर मनमा गम्भीर आत्मसमीक्षा जरूरी छ। यी केवल आम हिपोक्रिसीको ऐनामात्र हुन्।’

यसमा जवाफ फर्काउदै बालेनले ईः लाई आफै नेता बन्न आग्रह गरेका छन् । उनले मिलेर आए ईः लाई अध्यक्ष बनाएर आफू कार्यकर्ता रहन तयार रहेको पनि बताएका छन् । ईः पोस्टको कमेन्टमा बालेनले आफ्नो दोस्रो फेसबुकबाट लेखेका छन– ’८० बर्ष पुग्दा पनि आफू पीएम बन्ने, आफू अध्यक्ष बन्ने देशमा मैले ३५ वर्षकै उमेरमा तपाईँहरू आउनुस् , देश चलाउनुस् भनिरको छु त, ई सर । सबै जना मिल्नुस, बालेनलाई मात्र नेता नसोच्नुस्, तपाईँहरू पनि लिडर बन्नुस् । म तपाईँ लाई पीएम, पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँ लाई मिलाएर ल्याउनुस् । म कार्यकर्ता बन्न तयार छु ।’ देश मलाई नै छोड्ने हो भने पनि म बिना एक जना मन्त्री, एक्लै देश बनाइदिन सक्छु, तर यस्तो सोचले देश बन्दैन ।’ भन्दै जवाफ फर्काएका छन् ।

यसअघि पनि ई र बालेनबीच फुटपाथ व्यापारीलाई सडकबाट हटाउने महानगरको कारबाहीका कारण मतभेद देखिएको थियो । उक्त विषयमा ईले बालेनको नीतिविरुद्ध आन्दोलनसमेत गरेका थिए ।

जेनजी समूहहरु बीच देखिएको मतभेदहरु साम्य नभएको अवस्थमा जनताकाबीचमा प्रभाव बढाइसकेका यी पात्रहरुबीचको जुहारीले नयाँ चाहानेहरुलाई भने खिन्न बनाएको छ । यद्यपि यी सबै टकरावहरुलाई चिरेर एक ढिक्काका साथ चुनावमा होमिनेमा पनि जेनजीहरुले आशा व्यक्त गरेका छन् ।

Tags: #घर्किदै दल दर्ताको समय#नयाँ दल गठन

लोकप्रीय

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

विचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच
खेलकुद

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

जेलर र रविको बयान मिल्यो,कसरी नख्खुबाट निस्किए ?

बुधबार कार्तिक १९ , २०८२

हालका पोस्टहरू

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.