पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनी विराटनगरमा

विराटनगर,असोज १९
शेयर बजार सम्बन्धी जानकारी दिन पहिलो पल्ट बिराटनगरमा प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५ शुरु भएको छ । नेपाल धितोपत्र बोर्डद्वारा आयोजित दुई दिने प्रर्दशनीमा धितोपत्र सम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौँ बाहिर पहिलो पटक ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी आयोजना गरिएको हो ।

प्रदर्शनीमा लगानीकर्तासहित लगानकर्ताका लागि जानकारी दिने, धितोपत्र बजार नियमन निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी, क्रेडिट रेटिङ संस्था, सामूहिक लगानी कोष, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी, डिम्याट खाता खोल्ने निक्षेप सदस्यसम्बन्धी सेवा प्रदान गरिनेछ ।

Advertisement

पूँजीको विकासबिना अर्थतन्त्रको विकास असम्भवः मुख्यमन्त्री राई

प्रर्दशनीको उद्घाटन गर्दे प्रदेश १ का मुख्यमन्त्री शेरधान राईले पूँजीको विकासबिना अर्थतन्त्रको विकास असम्भव रहेको बताएका छन । मुख्यमन्त्री राईले पूँजी बजारलाई विकास गर्न संघीय,प्रादेशिक र स्थानीय गरी तीनवटै सरकार मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

बोर्डका अनुसार प्रर्दशनीमा सहभागीहरुले निःशूल्क डिम्याट खाता खोल्ने सुविधा पाउने र एक नेपाली एक डिम्याट खाता अभियानको सुरुवात गरिउको छ ।

प्रदर्शनी समारोहमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की , सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता, मर्चेन्ट बैंकर एसोसिएनका महासचिव मेखबहादुर थापा, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट, मोरङ चेम्बर एण्ड कमर्शका अध्यक्ष सुरेशमान श्रेष्ठ, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख विनोद आचार्य, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, लगायतको सहभागीता रहेको थियो । उक्त प्रदर्शनीमा १२० स्टलहरु रहेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top