महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

३१ असोज , काठमाण्डौ ।

सुशीला कार्की नेतृत्वकोा सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गरिरहेका वैज्ञाानिक मन्त्री महावीर, आफू जस्ता छन् त्यस्तै देखाउँछन् । जे बोल्छन् ह्दयदेखि सुझबुझ पूर्णरुपमा बोल्छन् । पूरा गर्न नसकिने र नहुने कुरा नबोल्न स्वभावका महावीरको सादगी स्वदेशमा मात्रै होइन विदेशमा समेत उदाहरणीय छ।

अमेरिकामा सुनौलो भविष्य छाडेर देशका गरिब र विपन्न अशिक्षित जनताको जिवनस्तर उकास्नेकर्मबाट देशको मन्त्रीसम्म बनेका महावीरले अहिले देशको शिक्षा नीतिलाई दिशानिर्देश गरिरहेका छन् ।

उनले अहिलेसम्म जे गरेका छन् पारदर्शी रुपमा जनतामाझ पस्किदै आएका छन् । तर उनका विषयमा केही नेताहरुले नै अफवाह फैलाएपछि भने पछिल्लो समय मन्त्री महावीर रिसाएका छन् । यी सोझो मन्त्रीलाई रिस उठ्ने परिस्थिती भने नेकपा एमालेका पोलिटब्युरो सदस्य महेशले निम्त्याइदिएका छन् ।

बस्नेतले गाडी चाहिँदैन, क्वार्टर चाहिँदैन भन्ने मन्त्रीहरूसँग पहिले नै त्यस्तो सुविधा हुनुपर्छ भनेर टिप्पणी गरेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै मन्त्री पुनले आफ्नो त्यस्तो घर र गार्ड देखाउन चुनौती दिएका हुन्। भिडिओमा बस्नेत भनिरहेका छन्, ‘मलाई गाडी चाहिँदैन, मलाई क्वार्टर चाहिँदैन, के भन्या यो? यसको मतलब तपाईंहरूसँग मन्त्रीको जत्तिकै बस्न सक्ने घर रै’छ, मन्त्रीको जत्तिकै दुईतीन्टा गाडी रै’छ। मन्त्रीको जत्तिकै सुविधा सम्पन्न तपाईंहरूको वरिपरि सुरक्षाकर्मीहरू रै’छन्। कहाँबाट आयो यो?’

सोही अभिब्यक्तिमार्फत अकुत सम्पत्तिको आरोप लगाउँदै हल्ला फैलाएको भन्दै शिक्षामन्त्री महावीर पुनले बस्नेतलाई कडा चेतावनी दिएका छन्। उनले बस्नेतलाई घमण्ड र चुरीफुरी नगर्न सुझाव दिँदै, आफू सरकारी सुविधा नलिई दरवारमै बसिरहेको प्रमाण देखाउन चुनौती दिए र भनेका छन्, “तिमी अझै धेरै वर्ष बाँच्ने उमेरमा छौ, खाल्डोमा जाने काम नगर।”

महावीर लेख्छन्, महेश भाई , मलाई क्वाटर चाहिदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हूँ। म केशर शम्सेरको दरवारमा बसेको छु जहा मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र मेरो गार्ड कहाँ छ देखाउ । तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त। तीन चार पटक त भेटेर कुरा पनि भएको थियो त यार । तिम्रो फोन नम्बर म संगै छ त अहिले सम्म । खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै बर्ष बाँच्ने उमेर छ– महावीर पुन।

यसअघि जेनजी आन्दोलन र त्यसको बलमा बनेको अन्तरिम सरकारको कडा रूपमा आलोचना गरिरहेका बस्नेतले मन्त्री महानवीर पुनको अभिव्यक्तिको समर्थन गरेका सथिए । पुनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत एकआपसमा खुट्टा तानातान र गुटबन्दी नगर्न जेनजीलगायत सबै नेपाली नागरिकलाई आह्वान गरेका थिए।

त्यस अपिलमा उनले रणबहादुर शाहको पालादेखि २०८२ सालसम्मका राजनीतिक इतिहास उल्लेख गर्दै आपसी फुटले मुलुक र व्यवस्थालाई नै नोक्सान पुग्ने चेतावनी दिएका छन्। त्यसप्रति पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बस्नेतले सहमति जनाएका हुन्।

‘पञ्चायती व्यवस्था चालबाज र गुटबन्दीले ढल्यो। २०४६ देखि २०८२ सम्मको इतिहासले देखाउँछ। जब राजनीतिक दलहरू स्वार्थ र खुट्टा तानातानमा फस्छन्, त्यो बेला जनता र युवापुस्ता सडकमा आउँछन्।

जेनजी पुस्ताले पनि अब त्यही गल्ती दोहो¥याउन हुँदैन’, बस्नेतले महावीर पुनको तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘महावीर पुनजीको यो भनाइलाई समर्थन गरियो।

एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो। नेपाललाई सुधार्न इतिहास दोहो¥याउन नदिऊँ राजनैतिक दलहरू र जेनजीलगायत सबै उमेर समूहका व्यक्तिहरूले आत्मसात् गरौँ। देशलाई विदेशी रणभूमि बन्न नदिऔँ। विकृति र विसंगति हटाएर मुलुक निर्माणको संकल्प गरौँ।’

यसअघि पनि मन्त्री महावीरले छोरीलाई करोडौ खर्चेर डाक्टर पढाइरहेको आरोप लागेपछि प्रष्टिकरण दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.