चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त

१ कार्तिक , काठमाण्डौ ।

चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले जनमुक्ति सेना (पीएलए) का दोस्रो वरीयताका जनरल ह वेइदङसहित नौ जना वरिष्ठ सैन्य अधिकारीलाई बर्खास्त गरेका छन् ।

यो कदमलाई चीनको हालसम्मकै सबैभन्दा ठूलो सैन्य शुद्धीकरण अभियानका रूपमा हेरिएको छ। चिनियाँ रक्षा मन्त्रालयका अनुसार बर्खास्त गरिएका नौ जना जनरलहरूमा सेन्ट्रल मिलिटरी कमिसन (सीएमसी) का वरिष्ठ सदस्यहरू, रकेट फोर्सका प्रमुखहरू र अन्य उच्च कमाण्डरहरू छन्।

तीमध्ये जनरल ह वेइदङ, सीएमसीका अर्का सदस्य मिआओ हुआ, राजनीतिक कार्य विभागका पूर्व उपप्रमुख ह हङजुन, रकेट फोर्सका प्रमुख वाङ हाउबिन, पूर्व कमाण्डर ली युचाओ, लिउ गुआङबिन, राजनीतिक कमिस्नर झोउ यानिङ, नौसेना विभागका वरिष्ठ अधिकारी छु झोङ्बो र सशस्त्र विभागका कमान्डर झाङ झेनझङ रहेका छन्। ।

रक्षा मन्त्रालयले सार्वजनिक गरेको वक्तव्यअनुसार यी अधिकारीहरू भ्रष्टाचार र पदसम्बन्धी अपराधमा संलग्न रहेको ठोस प्रमाणका आधारमा कारबाही गरिएको हो। फाइनान्सियल टाइम्स र रोयटर्सलगायतका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार, उनीहरूलाई कम्युनिस्ट पार्टीबाट निष्कासन गरी सैन्य अभियोजन कार्यालयमा मुद्दा पठाइएको छ।

जनरल ह वेइदङ सेन्ट्रल मिलिटरी कमिसनका दुई उपाध्यक्षमध्ये एक र कम्युनिस्ट पार्टीको पोलिटब्युरोका सदस्यसमेत थिए। उनी पीएलएका तेस्रो शीर्ष अधिकारी मानिन्थे र आगामी वर्षहरूमा उच्च पदमा बढुवा हुने तयारीमा थिए।

६० वर्षपछि पहिलो पटक यस्तो स्तरका उच्च सैन्य अधिकारी हटाइएको भन्दै चिनियाँ राजनीतिक वृत्तमा यो कदमलाई ऐतिहासिक मानिएको छ। रक्षा मन्त्रालयका अनुसार यो निर्णयले सेनाभित्रको अनुशासन कडाइ गर्न, एकीकृत संरचना बलियो बनाउन र युद्ध तयारीलाई प्राथमिकता दिन सहयोग गर्नेछ।

सी चिनफिङले सन् २०२३ देखि सेनाभित्र व्यापक भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका छन्। सुरुवातमा खरिद–व्यवस्थापन र ठेक्का प्रक्रियामा संलग्न अधिकारीहरू लक्षित भए पनि पछिल्लो समय यो अभियान स्थल सेना, नौसेना, रकेट फोर्स र सशस्त्र प्रहरीसम्म फैलिएको छ।

विश्लेषकहरूका अनुसार, यो शुद्धीकरण केवल आर्थिक अनियमिततासँग सीमित छैन — यसले राष्ट्रपति सीका लागि सैन्य नेतृत्वप्रति विश्वासको संकट प्रकट गरेको संकेत पनि दिन्छ।

रूस–युक्रेन युद्धपछि चीनले आफ्नो सैन्य तत्परता र संरचनालाई पुनर्समीक्षा गर्न थालेको र यही क्रममा आन्तरिक सफाइ अभियान तीव्र भएको विश्लेषकहरूको बुझाइ छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top