×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

सप्तरीको एक मन्दिरमा पुजारीको गो ली हानी ह त्या

३ कार्तिक २०८२

२ कार्तिक , काठमाण्डौ ।

सुन्दा पनि अनौठो लाग्ने अब मन्दिरका पुजारीहरूको पनि गोली हानी हत्या गरिने थालेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।

Advertisement
Advertisement

धार्मिक आस्थाको केन्द्र मन्दिरभित्रै पुजारीमाथि गरिएको यस्तो निर्मम आक्रमणले समाज कता गइरहेको हो भन्ने गम्भीर प्रश्न उठाएको छ। घटना आज बिहान करिब २ बजे भएको हो।

मन्दिर परिसरमा कुटी बनाएर वर्षौँदेखि एक्लै बस्दै आएका पुजारी साहलाई अज्ञात व्यक्तिहरूले रातको समयमा मन्दिरबाट बाहिर निकालेर पिठ्युँमा गोली प्रहार गरेका थिए।

गोली लाग्ने बित्तिकै साहको घटनास्थलमै मृत्यु भएको बताइएको छ। स्थानीय राम सुन्दर साहका अनुसार पुजारी साह गाउँका सबैको आस्थाको केन्द्र थिए, र कहिल्यै कसैसँग वादविवाद पनि भएको थिएन।

“उहाँले सबैको पूजापाठ गर्थे, कसैसँग दुस्मनी थिएन, यस्तो घटना भयो भन्ने विश्वास गर्नै सकिँदैन,” उनले भने। गोली चलेको आवाज सुनेर स्थानीयले तुरुन्तै काचनस्थित प्रहरी चौकीमा जानकारी दिएका थिए। त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी टोली पुगेर घटनास्थल नियन्त्रणमा लिएको थियो।

प्रहरीले घटनास्थलबाट दुई वटा गोलीका खोका फेला पारेको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए।

उनका अनुसार सीमावर्ती क्षेत्र भएकाले शङ्कास्पद व्यक्तिहरूमाथि चेकजाँच कडा पारिएको छ र अनुसन्धानलाई तीव्रता दिइएको छ। धार्मिक स्थलका सेवकमाथि यसरी गोली चल्नु केवल अपराध होइन, यो समाजको नैतिक अधोपतनको सङ्केत हो।

Advertisement

यस प्रकारका घटनामा सरकार र सुरक्षासंस्थाले तुरुन्त र ठोस कारबाही नगरेसम्म जनविश्वास पुनः स्थापित हुने छैन।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top