विराटनगरमा यही महिना रेल आउने

विराटनगर,असोज १९

भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रमा यही महिना भित्र रेल आउने भएको छ । रेल ल्याउनका लागि आवश्यक पूर्वधारको काम ९५ प्रतिशत पूरा भएकाले परीक्षण स्वरुप बुधनगरसम्म रेल ल्याउने तयारी गरिएको हो ।

भारतीय निर्माण कम्पनी इर्कनले बथनाहा कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा पुगेकाले यी महिनामा रेल ल्याउने तयारी अनुसार काम भईरहेको कम्पनीका जेनेरल मेनेजर प्रदीपकुमारले दिएको जानकारी दिए ।

Advertisement

अहिले भारतको बथनाहादेखि बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रमा पनि लिक बिछ्याउने काम सम्पन्न भएको छ । जसमा भारत तर्फ ५ किलोमिटर र नेपाल तर्फ ३ किलोमिटर क्षेत्र रहेको छ ।

भारतीय रुपैयाँ ३ सय ७३ करोडको लागतमा निर्माण भइरहेको उक्त परियोजनामा हालसम्म २ सय ३५ करोड बजेट खर्च भइसकेको निर्माण कम्पनीले जनाएको छ ।

भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर रहेको छ । प्रदीपकुमारले आउँदो अक्टोबर मसान्तसम्ममा बुधनगरसम्म परीक्षणका लागि रेल ल्याउने तयारी भएको बताए ।

नेपाल रेल बिभागका प्रमुख बलराम मिश्र,भारतको रेल विभागका उच्च अधिकारीसहितको टोलीले कटहरी–बथनाहा रेलमार्गको आज अवलोकन गरी भई रहेको कामको बारेमा जानकारी लिएका हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top