NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
Reading Time: 1 min read
A A
एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ कार्तिक , काठमाण्डौ ।

अमेरिकाले उत्तर कोरियाका नेता किम जोङ उनसंग भेटवार्ताका लागि जोड गरिरहेको छ । पहिलो कार्याकालमा किमलाई भेटेका डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हाल्नासाथै पुन भेट गर्ने इच्छा व्यक्त गरेका थिए ।

तर अहिलेसम्म पनि उनको त्यो इच्छा पुरा भएको छैन । यसबीच किमले रुस र चीनको समेत भ्रमण गरिसकेका छन् । यसले किमसंगको भेटका लागि ट्रम्पलाई झनै उद्ेलित गरिरहेको छ ।

यसैबीच ट्रम्प प्रशासनका अधिकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच बैठकको चाँजोपाँजो मिलाउने विषयमा गोप्य रूपमा छलफल गरेको बताएका छन् ।

ट्रम्प नोभेम्बर महिनामा एसियाको भ्रमणमा जाँदैछन् तर यो बैठक हुनेमा धेरैलाई शंका रहेको स्रोतहरूले बताएका छन् । अधिकारीहरूले अहिलेसम्म यस्तो भेटघाट आयोजना गर्न आवश्यक पर्ने ठूला तयारी वा व्यवस्थापन गरेका छैनन् ।

ट्रम्पको पहिलो कार्यकालमा कहिलेकाहीँ भएको जस्तो गरी वाशिङटन र प्योङयाङबीच अहिले कुनै आधिकारिक सम्पर्क छैन । यस वर्षको आरम्भमा ट्रम्पले उत्तर कोरियाका नेतालाई पठाएको पत्र पनि उत्तर कोरियाले अस्वीकार गरेकाले जवाफ आएको नआएको दुई स्रोतहरूले सीएनएनलाई बताएका छन् ।

आगामी भ्रमणका लागि ह्वाइट हाउस हाल अमेरिकासँग व्यापार तनाव बढिरहेको बेला चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बैठक तय गर्नमा बढी केन्द्रित भएको बताइएको छ ।

तर, ट्रम्पले सार्वजनिक र निजी रूपमा दुवै तरिकाले उत्तर कोरियाली नेतासँग भेट्ने इच्छा व्यक्त गरेका छन् । अधिकारीहरूले पनि उनको एसिया भ्रमणका क्रममा यस्तो भेटका लागि ढोका बन्द गरेका छैनन् ।

ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले ट्विटरमा निम्तो लेखेपछि ४८ घण्टाभित्रै कोरियाको असैन्यीकृत क्षेत्रमा किमसँग हात मिलाउने कार्यक्रम मिलाइएको थियो । परिस्थितिहरू कति चाँडो बदलिन सक्छन् । भनी त्यसले देखाउँछ ।

स्रोतहरूका अनुसार, गत अगस्टमा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंगलाई ह्वाइट हाउसमा ट्रम्पले स्वागत गर्दा किमसँग भेट्ने ट्रम्पको रुचि बढेको थियो । उक्त भेटमा लीले ट्रम्पलाई दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशनका वाणिज्यमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन निम्तो दिएका थिए र त्यो अवसर किमसँग भेट गर्न उपयुक्त हुनसक्ने सुझाव दिएका थिए ।

ट्रम्पले उक्त विचारलाई अस्वीकार गरेनन् र त्यसबारे विचार गर्ने बताए । ट्रम्पले भनेका थिए, ‘म त्यहाँ जान्छु र उनीसँग कुराकानी हुनेछ । उनी (किम) पनि मसँग भेट्न चाहन्छन् । हामी पनि उनीसँग भेट्न चाहन्छौं र सम्बन्ध सुधार्नेछौं ।’

उत्तर कोरियाका नेता किमले पनि गत महिनामा उत्तर कोरियाको संसदमा दिएको भाषणमा ट्रम्पसँग भेट्न खुला मनस्थितिको संकेत दिएका थिए । त्यसलाई उत्तर कोरियाको सरकारी मिडियाले प्रसारण गरेको थियो ।

किमले भनेका थिए, ‘व्यक्तिगत रूपमा अझै पनि अमेरिकाका राष्ट्रपति ट्रम्पसँग मेरो राम्रो सम्झना छ । अमेरिका आफ्नो व्यर्थको आणविक निःशस्त्रीकरणको अडान छोडेर यथार्थ स्वीकार गर्दै उत्तर कोरियासँग शान्तिपूर्ण सहअस्तित्व खोज्न चाहन्छ भने हामी अमेरिकासँग कुरा गर्नेछौं ।’

तर, सन् २०१९ मा ट्रम्प र किमबीच पानमुनजोममा भएको भेटपछिका परिस्थिति परिवर्तन भइसकेका छन् । त्यस भेटमा दक्षिण कोरियाले मुख्य भूमिका खेलेको थियो र उत्तर कोरियालाई वार्ताको टेबलमा फर्काउने वातावरण तयार पारेको थियो ।

त्यस भेटमा ट्रम्प उत्तर कोरियामा पाइला राख्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए । त्यस समयमा दुई कोरियाबीचको सम्बन्ध सुध्रिएको थियो । अहिले दक्षिण कोरियामा नयाँ राष्ट्रपति आएका छन् ।

अघिल्ला राष्ट्रपतिले किमको शासनप्रति लिएको कठोर नीतिलाई उनले अझै परिवर्तन गर्न सकेका छैनन् । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार, हाल उत्तर र दक्षिण कोरियाबीच उत्तर कोरिया–अमेरिका शिखर बैठकबारे कुनै पनि प्रकारको संवाद भइरहेको छैन ।

यसैबीच ह्वाइट हाउसका सुरक्षा टोलीहरूले ट्रम्पको भ्रमणअघि स्थान निरीक्षण गर्न दुईपटक दक्षिण कोरिया भ्रमण गरिसकेका छन् । तर, ती दुवै भ्रमणमा पानमुनजोम क्षेत्रको निरीक्षण नगरिएको एक दक्षिण कोरियाली सरकारी स्रोतले जनाएको छ ।

यसले सन् २०१९ मा जस्तै किमसँग पुनः भेटका लागि सम्भावना कम रहेको देखाउँछ । ह्वाइट हाउसले यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।

Tags: #किमलाई भेट्न ट्रम्पको इच्छा

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.