×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी

५ कार्तिक २०८२

४ कार्तिक , काठमाण्डौ ।

पकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी फेरि नेतृत्वमा फर्किएका छन् । उनले अब पाकिस्तानको एकदिवसीय टोलीको कप्तानी सम्हाल्ने भएका हुन् । ओपनर तथा विकेटकिपर मोहम्मद रिजवानलाई हटाउँदै अफ्रिदीलाई नयाँ कप्तान नियुक्त गरिएको हो ।

Advertisement
Advertisement

पछिल्लो १२ महिनामा वानडे फम्र्याटमा यो नेतृत्व परिवर्तन भएको यो तेस्रो पटक हो । पाकिस्तानी क्रिकेटमा परिवर्तनको लहर निरन्तर जारी छ । त्यसै क्रममा फेरि एकपटक नेतृत्वमा फेरबदल गरिएको हो ।

नेतृत्व परिवर्तनको चर्चा पहिलेदेखि नै थियो । अन्ततः सोमबार इस्लामाबादमा बसेको बैठकमा यो निर्णय औपचारिक रूपमा गरिएको हो । बैठकमा प्रमुख प्रशिक्षक माइक हेसन, उच्च प्रदर्शन निर्देशक आकिब जावेद र राष्ट्रिय टोलीका छनोट समितिका सदस्यहरूको उपस्थितिमा अफ्रिदीलाई कप्तानका रूपमा छनोट गरिएको थियो।

रोचक कुरा के छ भने सन् २०२३ मा अफ्रिदीलाई टी–२० टोलीको कप्तान बनाइएको थियो । तर, कुनै स्पष्ट कारण नबताई एक सिरिजपछि नै उनलाई पदबाट हटाइएको थियो । तर, पाकिस्तान सुपर लिग (पीएसएल) मा भने अफ्रिदी निकै सफल कप्तान साबित भएका छन् ।

उनको नेतृत्वमा लाहोर कलान्डर्सले सन् २०२२, २०२३ र २०२५ मा गरी तीन पटक उपाधि जितेको छ । अफ्रिदीले हालसम्म ६६ वटा एकदिवसीय र ९२ वटा टी–२० खेल खेलेका छन्, जसमा उनले जम्मा २४९ विकेट लिएका छन् ।

साथै उनले ३२ टेस्ट खेलमा १२० विकेट झारेका छन् । पाकिस्तानले आगामी महिना दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्न लागेको छ । खेल फैसलाबादमा हुने छ ।

रिजवानले वनडे कप्तानका रुपमा आफ्नो कार्यकालको सुरुवात बलियो गरि गरेका थिए, उनले नोभेम्बर २०२४ मा अस्ट्रेलियामा पाकिस्तानलाई २–१ ले सिरिजमा जीत दिलाएका थिए । जुन २२ वर्षमा अस्ट्रेलियामा पाकिस्तानको पहिलो जीत थियो ।

त्यसपछि पाकिस्तानले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा ३–० ले पराजित गरेको थियो र जिम्बाबेमा २–१ ले सिरिज जितेको थियो । २०२५ भने रिजवानका लागि चुनौतीपूर्ण साबित भयो ।

पाकिस्तानले घरेलु ट्राई सिरिजको फाइनल न्युजिल्याण्डसंग हार्न पुग्यो । र फेब्रुअरीमा च्याम्पियन्स ट्रफीको पहिलो चरणमै बाहिर निस्कियो । सबैभन्दा ठूलो झट्का बेस्टइन्डिजमा लाग्यो, जहाँ पाकिस्तान २–१ ले हार्न पुग्यो, क्यारेबियनमा ३४ वर्षमा यो उसको पहिलो हार व्योहोरेको सिरिज थियो ।

Advertisement

यता शाहीनले गत वर्ष जनवरीमा न्युजिल्याण्डमा पाँच टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानको कप्तानी गरेका थिए । तर टोलीले ४–१ को हार ब्योहोरेपछि उनलाई सो भूमिकाबाट हटाइएको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top