छठ पर्व आजदेखि सुरु

८ कात्तिक ८२, शनिबार

८ कार्तिक , काठमाण्डौ ।

मिथिला क्षेत्रको सबैभन्दा ठुलो धार्मिक पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सूर्य उपासना र प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने यो चार दिनीय पर्वका अवसरमा तराई लगायतका प्रमुख घाटहरूलाई आकर्षक रूपमा सजाउने काम अन्तिम चरणमा पुगेको छ।

छठ पर्वका लागि पोखरी लगायतका जलाशयहरूमा सरसफाइ र सजावट तीव्र गतिमा भइरहेको छ। स्थानीय छठ समितिहरूले बत्ती, पण्डाल र प्रवेशद्वारहरूमा रङ्गिन बत्ती र फूल मालाले सजावट गरिरहेका छन्।

Advertisement

घर नजिकैका सागर, ताल, पैनी, पोखरीहरूमा विशेष सजावट गरिएको छ। यो पर्व हिन्दु मात्र होइन, मुस्लिम समुदाय लगायत अन्य समुदायलेपनि विशेष पूजा आजा गरेर मनाउने गर्छन् ।

भक्तजनहरूले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामलजस्ता अन्न धोएर, घरकै जाँतोमा पिसी, त्यसको पिठोबाट पूजा सामग्रीहरू तयार गर्छन्। । पर्व नजिकिएसँगै जनकपुर, विराटनगर, वीरगन्ज लगायतका तराईका अधिकांश क्षेत्रका बजारहरूमा भीड बढेको छ।

Advertisement

बाँस र माटोबाट बनेका सामग्रीहरू घैँटो, हात्ती, टोकरी (छिट्टी), नाङ्लो, कनसुपती, कलश लगायतका सामाग्रीहरूको बिक्री बढेको छ । यी सामग्रीलाई शुद्ध र धार्मिक दृष्टिले पवित्र मानिने भएकाले यसको माग उच्च छ।

पछिल्लो समयमा पहाडी क्षेत्रमा समेत यो पर्व मनाउने चलन बढेको छ । चार दिनसम्म चल्ने यो पर्वको पहिलो दिन आज ‘नहाय–खाए’ मनाइँदै छ। दोस्रो दिन आइतबार दिनभर उपवास बसेर राति ‘खरना’ विधिअन्तर्गत खीर बनाएर देउतालाई चढाइन्छ।

तेस्रो दिन सोमबार साँझ अस्ताउँदै गरेको सूर्यलाई ठेकुवा, भुसवा, केराको घरी र अन्य पकवानसहित अर्घ दिइन्छ भने अन्तिम दिन मङ्गलवार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ।

छठ पर्व मिथिला क्षेत्र मात्र होइन, सम्पूर्ण तराई–मधेस र हिमाल पहाडमा समेत मनाइन थालेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top