निर्वाचनको माहौल बनाउँदै प्रधानमन्त्री

१० कात्तिक ८२, सोमबार

१० कार्तिक , काठमाण्डौ ।

प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशलाई निर्वाचनमय बनाउने माहौल सिर्जना गर्न सबैलाई आह्वान गरेकी छन् ।

उनले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई “एक राष्ट्रिय अनुष्ठान” का रूपमा सफल बनाउन सम्पूर्ण नागरिक, राजनीतिक दल र सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताएकी छिन् ।

Advertisement

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सामान्यीकरण गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन निर्वाचनलाई अवसरका रूपमा लिन आग्रह गरिन् ।

उनले भनेकी छिन् “सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन, असन्तुष्टि भए पनि शान्तिपूर्ण तरिकाले राखी आम जनताको मन जितेर निर्वाचनबाट अनुमोदन गर्नु नै लोकतन्त्रको सर्वोत्तम विधि हो।”

Advertisement

छठ पर्वको अवसरमा शुभकामना मन्तव्य प्रकाशित गर्दै प्रधानमन्त्री कार्कीले सत्य, अहिंसा र प्रकृति प्रेममा आधारित यो पर्वले तराई–पहाडबिचको सांस्कृतिक एकतालाई सुदृढ बनाउने काम गरेको उल्लेख गरिन् ।

“हाम्रा चाडपर्वहरू सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक हुन्,” भन्दै अगाडी भनेकी छिन् “अहिलेको अवस्थामा सबै नेपालीबिच अझ बढी एकता र सद्भावको खाँचो छ।”

प्रधानमन्त्रीले सिङारिएका नदी–तलाउका किनार, कठिन व्रत र श्रद्धा–आस्थाले भरिएका छठका दृश्यहरूले नेपाली समाजमा खुसी र सामुदायिक भावना फैलाओस् भन्ने कामना पनि गरेकी छन् ।

प्रधानमन्त्री कार्कीको सन्देशले छठको धार्मिक र सांस्कृतिक महत्वसँगै आगामी निर्वाचनलाई राष्ट्रिय एकता र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अभियानका रूपमा जोड्ने प्रयास गरेको छ जसले देशलाई निर्वाचनको उत्सवमा रूपान्तरण गर्ने सङ्केत दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top