NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

पूर्वमुख्यमन्त्रीले न्यायिक आयोगका सदस्यलाई झपारे

शुक्रबार कार्तिक १४ , २०८२
Reading Time: 1 min read
A A
पूर्वमुख्यमन्त्रीले न्यायिक आयोगका सदस्यलाई झपारे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ कार्तिक , काडमाण्डौ ।

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना तथा आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न कञ्चनपुर पुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई नेकपा एमालेका नेता तथा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले दुव्र्यवहार गर्दै सार्वजनिक रुपमा गलागलौजसहित झपारेका छन्।

जेनजी आन्दोलनमा दमन गरेको भन्दै कारबाहीको माग भइरहेका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा समेत नजाने र गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई समेत नमान्ने सार्वजनिक अभिब्यक्ति दिँदै आएका बेला नेकपा (एमाले)का पोलिटब्युरो सदस्य रहेका रावलले आयोगका सदस्य भण्डारीलाई गालीगलौज गरी दुव्र्यवहार गरेका हुन्।

बिहीबार आयोगको टोली जेनजी आन्दोलनमा भएका क्षतिबारे बुझ्न कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय पुगेको थियो। सो क्रममा आयोगका सदस्य भण्डारीले जेनजी आन्दोलनमा भएका क्षतिबारे सोधपुछ गर्न थालेपछि पूर्वमुख्यमन्त्री रावल आक्रोशित भएका थिए।

लगत्तै उनले भण्डारीलाई अभद्र रुपमा ’गेट लस्ट’ भनेका थिए। रावल कड्किएपछि आयोग सदस्य भण्डारीले किन जाने भनेर अंग्रेजीमै जबाफ फर्काएका थिए। त्यसपछि रावल भौतिक आक्रमणकै शैलीमा आयोग सदस्य भण्डारी नजिक गएका थिए।

‘मेरो घर जलायौ तिमी अपराधीहरुले,’ उनले आक्रोशित हुँदै भण्डारीलाई भनेका थिए। रावलको आरोपमा तत्काल जबाफ दिँदै भण्डारीले भनेका थिए– मैले जलाएको हो तपाइँको घर? ’तपाईंले हो, तपाईं आफै हो। बढ्ता कुरा गर्ने। मेरा बाल बच्चाहरुको हालत देख्नु भएको थियो? अहिले नाटक देखाउन आउने? मेरो पार्टी कार्यालय र भवन आगो लगाउँदा तपाईंले के हेर्नु भएको थियो । के अहिले यहाँ तपाँइ तमासा देखाउन आउनु भएको हो? राज्यको तर्फबाट नाटक देखाउन आउने? तपाईं अपराधी हो। यहाँ कर्मचारी साथीहरुलाई थर्काउने?,’ पूर्वमुख्यमन्त्री रावलले भने। रावल त्यतिमै रोकिएनन्। ‘छाँट देखाउन आएको हो यहाँ? ठालु बन्न आएको?,’ उनले अगाडि भने।

त्यो बीचमा प्रहरीहरूले नेता रावतलाई छेक्दै सम्झाउँदै गरेको सार्वजनिक भएको भिडिओमा देखिन्छ। सामाजिक संजालमा अहिले भाइरल भएको यो भिडियोमा अधिकांशले पूर्वमुख्यमन्त्रीको आलोचना गर्दै कतिपयले उनलाई कारबाही गर्नुपर्ने सम्मको प्रतिक्रिया दिएका छन् ।

तर रावलले भने भण्डारीको शैली शासकको जस्तो देखिएको कर्मचारीलाई थर्काएको र आफूलाई डोमिनेट गरेको फिल भएपछि केही सबाल–जबाफ भएको र आफूले सो कार्यक्रम बहिस्कार गरेको प्रतिक्रिया दिएका छन् ।

उनले आफू सरोकारवाला भएपनि नबोलाइएको गुनासो गरेका छन् । जेनजी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले पूर्वमुख्यमन्त्री रावलको भिमदत्त – ६ स्थित ११ धुर जग्गामा बनेको घर पनि जलाइदिएका छन् ।
जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरू सूचना एवं विवरण संकलनका लागि देशव्यापी दौडाहामा छन् । आयोगका अध्यक्ष गौरीबहादुर कार्की हेटौंडासहित मधेश प्रदेशको पश्चिमी भागहरू घुमेर फर्किने योजनामा छन् ।

सदस्य विज्ञानराज शर्मा केही साताअघि विराटनगर लगायतका क्षेत्रमा एक चरण भ्रमण गरिसकेका छन् । उनी पोखरा लगायतका क्षेत्रमा पुगेर फर्किने योजना छ । अर्का सदस्य भण्डारी नेपालगञ्ज लगायतका क्षेत्रसहित पश्चिमक्षेत्रका केही ठाँउको स्थलगत भ्रमण गरेर सूचना संकलन गरिरहेका छन् ।

आयोगले सामाजिक सञ्जाल एवं सार्वजनिक वृत्तमा उपलब्ध भिडियो एवं अरु प्रमाण अध्ययनका लागि नेपाली प्रहरी लगायत विभिन्न सेवाका कर्मचारीहरूलाई काजमा झिकाएको छ । उनीहरूले उजुरीका आधारमा अरू विवरण एवं प्रमाण संकलनको काम गरिरहेका छन् ।

यो साता देशका विभिन्न ठाँउमा पुग्ने पदाधिकारीहरू शनिबारसम्म फर्कने र अर्को सातादेखि काठमाडौंमै केन्द्रित अनुसन्धानको काम अघि बढाउने आयोगको तयारी छ । गएको असोज ५ मा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जेनजी आन्दोलनको न्यायिक जाँचबुझ आयोग गठन भएको थियो ।

गौरीबहादुर कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन्। उक्त आयोगमा पूर्व एआइजी विज्ञान राज शर्मा र कानुनविद् विश्वेश्वर प्रसाद भण्डारी सदस्य रहेका छन्। यस आयोगको तीन महिना समयअवधि रहेको छ।

आयोगविरुद्ध सर्वाेच्च अदालतमा समेत रिट परेपनि अदालतले अन्तरिम आदेश जारी नगरी सरकारका नाममा कारण देखाउ आदेश दिएको छ। जेनजी पुस्ताको आन्दोलनमा भएको दमनमा ठूलो संख्यामा युवाहरूले ज्यान गुमाएका छन्। अहिलेसम्म ७६ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।

Tags: #पूर्वमुख्यमन्त्रीको जाँचबुझ आयोग#पूर्वमुख्यमन्त्रीले न्यायिक आयोग

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
९८६२२१३०५७
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.