×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

पूर्वमुख्यमन्त्रीले न्यायिक आयोगका सदस्यलाई झपारे

१५ कार्तिक २०८२

१४ कार्तिक , काडमाण्डौ ।

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना तथा आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न कञ्चनपुर पुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई नेकपा एमालेका नेता तथा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले दुव्र्यवहार गर्दै सार्वजनिक रुपमा गलागलौजसहित झपारेका छन्।

Advertisement
Advertisement

जेनजी आन्दोलनमा दमन गरेको भन्दै कारबाहीको माग भइरहेका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा समेत नजाने र गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई समेत नमान्ने सार्वजनिक अभिब्यक्ति दिँदै आएका बेला नेकपा (एमाले)का पोलिटब्युरो सदस्य रहेका रावलले आयोगका सदस्य भण्डारीलाई गालीगलौज गरी दुव्र्यवहार गरेका हुन्।

बिहीबार आयोगको टोली जेनजी आन्दोलनमा भएका क्षतिबारे बुझ्न कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय पुगेको थियो। सो क्रममा आयोगका सदस्य भण्डारीले जेनजी आन्दोलनमा भएका क्षतिबारे सोधपुछ गर्न थालेपछि पूर्वमुख्यमन्त्री रावल आक्रोशित भएका थिए।

लगत्तै उनले भण्डारीलाई अभद्र रुपमा ’गेट लस्ट’ भनेका थिए। रावल कड्किएपछि आयोग सदस्य भण्डारीले किन जाने भनेर अंग्रेजीमै जबाफ फर्काएका थिए। त्यसपछि रावल भौतिक आक्रमणकै शैलीमा आयोग सदस्य भण्डारी नजिक गएका थिए।

‘मेरो घर जलायौ तिमी अपराधीहरुले,’ उनले आक्रोशित हुँदै भण्डारीलाई भनेका थिए। रावलको आरोपमा तत्काल जबाफ दिँदै भण्डारीले भनेका थिए– मैले जलाएको हो तपाइँको घर? ’तपाईंले हो, तपाईं आफै हो। बढ्ता कुरा गर्ने। मेरा बाल बच्चाहरुको हालत देख्नु भएको थियो? अहिले नाटक देखाउन आउने? मेरो पार्टी कार्यालय र भवन आगो लगाउँदा तपाईंले के हेर्नु भएको थियो । के अहिले यहाँ तपाँइ तमासा देखाउन आउनु भएको हो? राज्यको तर्फबाट नाटक देखाउन आउने? तपाईं अपराधी हो। यहाँ कर्मचारी साथीहरुलाई थर्काउने?,’ पूर्वमुख्यमन्त्री रावलले भने। रावल त्यतिमै रोकिएनन्। ‘छाँट देखाउन आएको हो यहाँ? ठालु बन्न आएको?,’ उनले अगाडि भने।

त्यो बीचमा प्रहरीहरूले नेता रावतलाई छेक्दै सम्झाउँदै गरेको सार्वजनिक भएको भिडिओमा देखिन्छ। सामाजिक संजालमा अहिले भाइरल भएको यो भिडियोमा अधिकांशले पूर्वमुख्यमन्त्रीको आलोचना गर्दै कतिपयले उनलाई कारबाही गर्नुपर्ने सम्मको प्रतिक्रिया दिएका छन् ।

तर रावलले भने भण्डारीको शैली शासकको जस्तो देखिएको कर्मचारीलाई थर्काएको र आफूलाई डोमिनेट गरेको फिल भएपछि केही सबाल–जबाफ भएको र आफूले सो कार्यक्रम बहिस्कार गरेको प्रतिक्रिया दिएका छन् ।

उनले आफू सरोकारवाला भएपनि नबोलाइएको गुनासो गरेका छन् । जेनजी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले पूर्वमुख्यमन्त्री रावलको भिमदत्त – ६ स्थित ११ धुर जग्गामा बनेको घर पनि जलाइदिएका छन् ।
जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरू सूचना एवं विवरण संकलनका लागि देशव्यापी दौडाहामा छन् । आयोगका अध्यक्ष गौरीबहादुर कार्की हेटौंडासहित मधेश प्रदेशको पश्चिमी भागहरू घुमेर फर्किने योजनामा छन् ।

सदस्य विज्ञानराज शर्मा केही साताअघि विराटनगर लगायतका क्षेत्रमा एक चरण भ्रमण गरिसकेका छन् । उनी पोखरा लगायतका क्षेत्रमा पुगेर फर्किने योजना छ । अर्का सदस्य भण्डारी नेपालगञ्ज लगायतका क्षेत्रसहित पश्चिमक्षेत्रका केही ठाँउको स्थलगत भ्रमण गरेर सूचना संकलन गरिरहेका छन् ।

आयोगले सामाजिक सञ्जाल एवं सार्वजनिक वृत्तमा उपलब्ध भिडियो एवं अरु प्रमाण अध्ययनका लागि नेपाली प्रहरी लगायत विभिन्न सेवाका कर्मचारीहरूलाई काजमा झिकाएको छ । उनीहरूले उजुरीका आधारमा अरू विवरण एवं प्रमाण संकलनको काम गरिरहेका छन् ।

यो साता देशका विभिन्न ठाँउमा पुग्ने पदाधिकारीहरू शनिबारसम्म फर्कने र अर्को सातादेखि काठमाडौंमै केन्द्रित अनुसन्धानको काम अघि बढाउने आयोगको तयारी छ । गएको असोज ५ मा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जेनजी आन्दोलनको न्यायिक जाँचबुझ आयोग गठन भएको थियो ।

गौरीबहादुर कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन्। उक्त आयोगमा पूर्व एआइजी विज्ञान राज शर्मा र कानुनविद् विश्वेश्वर प्रसाद भण्डारी सदस्य रहेका छन्। यस आयोगको तीन महिना समयअवधि रहेको छ।

आयोगविरुद्ध सर्वाेच्च अदालतमा समेत रिट परेपनि अदालतले अन्तरिम आदेश जारी नगरी सरकारका नाममा कारण देखाउ आदेश दिएको छ। जेनजी पुस्ताको आन्दोलनमा भएको दमनमा ठूलो संख्यामा युवाहरूले ज्यान गुमाएका छन्। अहिलेसम्म ७६ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top