×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

१५ कार्तिक २०८२
१४ कार्तिक , काडमाण्डौ ।
२०७९ भदौमा डोजर अघिअघि थिए, कालो चस्मा, कालो कोटमा  मेयर बालेन्द्र शाह, बालेन । उनको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो  ।  सामाजिक संजाल र संचारमाध्यामहरुबाट प्रत्यक्ष प्रशारण भए ।
देशभर र विदेशमा रहेका नेपालीहरुले समेत वाहवाही गरे ।  यसको विरोध नभएका होइनन् तर बालेन्द्र शाह बालेनलाई  युवाहरु माझ ब्रान्ड बनाउन यो डोजर अभियानको समेत  ठूलो भूमिका रह्यो ।
जो   छोटो  समयमै  जेनजीहरुका लागि प्रधानमन्त्रीका लागि निर्विकल्प बने भने वर्तमान  जेनजी सरकार निर्माणका रणनीतिकार सम्म बनेका छन् ।   उनले आज  फेरि योजनाबद्ध रुपमा डोजर अभियान सुरु गरेका छन् ।
नक्साविपरीत निर्माण भएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले  ०७९ भदौ  ८ गते  सुन्धारास्थित काठमाडौं मल अगाडि डोजर चलायो, जतिबेला महानगरपालिका प्रमुख शाह स्वयं ‘ फिल्ड’मा खटिएका थिए ।
काठमाडौं मल अगाडि डोजर चलेको दोस्रो दिन   ९ भदौमा नयाँ बानेश्वरस्थित अल्फाबिटा अगाडि पनि यस्तै दृश्य देखियो । सुरुमा बालेनसहितको टोली त्यहाँ निरीक्षणमा पुग्यो । विवादको केही छिनपछि नक्सासहित बालेन अघिअघि पुगे भने पछिपछि डोजर ।
ढिलै नगरी डोजर नक्साविपरीतका संरचना भत्काउन थाले ।   त्याहाका संचालकसँग बालेनको प्रस्तुती र त्यसपछि हेर्दाहेर्दै चलेको डोजर राष्ट्रिय  चर्चाको विषयमात्रै बनेनन् बालेनको चर्चा झन चुलियो ।  महानगरपालिकाले एक महिना भित्रै  सयभन्दा बढी ठाउँमा अनधिकृत संरचना हटाउन डोजर चलायो ।
महानगर प्रमुख मेयरमा बालेनको उदयपछि ‘अनधिकृत संरचना हटाउने’ अभियान नै चलेको छ । यो अभियान जारी रहने जनाउँदै महानगरले ‘जे प्रयोजनका लागि नक्सा पास भएको हो, त्यसअनुसार हुनुपर्ने’मा सचेत गराउँदै आएको  थियो ।
सुरुमा अनधिकृत संरचना हटाउन बालेन आफैं फिल्डमा खटिए । उनको निर्देशनअनुसार   महानगर टोलीले ‘अनधिकृत संरचना हटाउने अभियान’लाई निरन्तरता  दियो ।   यो अभियानलाई ‘बालेनको डोजर’को संज्ञा नै दिन थालिएको छ ।
०७९ साउन २३मा  ‘नियम सबैलाई लागू हुन्छ, नक्सा पासबिना बनाइएको संरचना हटाइन्छ’ भन्दै बालेन थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल पुगेका थिए ।  कर्मचारीसहित पुगेका उनी नर्भिक अस्पतालका केही भूभागमा ‘नियमविपरीत निर्माण भएका घररटहरा हटाउने लिखित सूचना टाँसेर फर्किए ।
दोस्रो दिन संरचना हटाउन पुगेका उनले म्याद दिएर फर्किए । पछि, सर्वोच्चले ‘सो संरचना नहटाउन अल्पकालीन आदेश’ दियो । एकपछि अर्को ‘एक्सन’  दिने बालेनले महानगरभित्रका ठूला भवनको अवैध संरचना हटाउने कार्यलाई पहिलो प्राथमिकता दिए  ।
अदालतको  निर्देशन आलोचना, आन्तरिक रुपमा नै असहयोग, महानगरभित्रको किचलो, संघीय सरकारकै असहयोगसहित विभिन्न अड्चन झेलेपछि  पछिल्ला समय निस्क्रिय झै देखिएका बालेनका डोजर फेरि सडकमा निस्किएका छन् ।
महानगरले  आज थापाथलीस्थित आश्रमआसपास बनेका अनधिकृत संरचना हटाएको छ । झरीका बाबजुद नगर प्रहरीसहित खटिएको टोलीले अनधिकृत संरचना भत्काएको हो । महानगरले आज बिहान जरुरी सार्वजनिक सूचना निकालेर महानगरभित्र अतिक्रमित जग्गा र ती जग्गामा बनेका संरचना सात दिनभित्र खाली गर्न चेतावनी दिएको छ ।
महानगरले उक्त चेतावनीसँगै अनधिकृत संरचनामाथि डोजर चलाएको हो । महानगरका प्रमुख बालेन शाहले यस अभियानलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् ।  काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरण   अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने तयारीमा जुटेका छन् ।
दुवै निकायले शुक्रबार संयुक्त रूपमा सूचना जारी गर्दै महानगर क्षेत्रका सबै अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन दिएका छन् । सूचनामा असोज २ गते महानगर र प्राधिकरणबिच भएको बैठकले सार्वजनिक जग्गा र मापदण्ड विपरीत बनेका संरचना हटाउने निर्णय गरेको उल्लेख गरिएको छ ।
त्यसअनुसार अब सात दिनभित्र जग्गा खाली नगरे कारबाही गरी जबरजस्ती हटाइने चेतावनी सूचनामा दिइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कुनै पनि व्यक्ति वा संस्थाले भवन वा संरचना मापदण्ड विपरीत बनाउन नपाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मा स्थानीय तहकै भएको उल्लेख गरिएको छ ।
त्यसैले ऐनको उल्लङ्घन गरी बनेका संरचना तोकिएको समयभित्र हटाउन सूचनामा अल्टिमेटम दिइएको छ । संयुक्त सूचनामा भनिएको छ, ‘यो सूचना अनुसार समयमै जग्गा खाली नगरे आवश्यक कारबाही गरी हटाइनेछ ।’ साथै सर्वसाधारणलाई पनि अतिक्रमणबारे जानकारी भए प्राधिकरणको कार्यालय वा वेबसाइटमा सूचित गर्न सूचनामा आग्रह समेत गरिएको छ ।
सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने अभियानअन्तर्गत पहिलो चरणमा धोवीखोला करिडोरमा पर्ने १८६ रोपनी अतिक्रमित जग्गा खाली गराउने प्राधिकरणको तयारी गरिएको छ । केभीडीएको विवरण अनुसार यी जग्गा काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाभित्र पर्ने यो सूचीमा चर्चित विद्यालय, कलेजदेखि निजी व्यवसायीले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका संरचना रहेका छन् ।
यसमध्ये सबैभन्दा धेरै अतिक्रमण बुद्धनगरस्थित अक्सिडेन्टल स्कुल ले गरेको छ, उक्त स्कुलले १० रोपनी ७ आना सार्वजनिक जग्गा आफ्नो परिसरमा मिलाएको विवरण केभीडीएसँग छ ।
त्यस्तै, बबरमहलको किङ्स कलेजले १ रोपनी ८ आना १ पैसा ३ दाम, अनामनगरको इच्छुक सांस्कृतिक प्रतिष्ठान ले ६ रोपनी १५ आना १ पैसा १ दाम, धनोन्तरी फुटसल ले ६ रोपनी ९ आना २ पैसा ३ दाम, र राजधानी पेट्रोल पम्प अगाडि ८ रोपनी १ आना १ दाम अतिक्रमण गरेको पाइएको छ ।
यस्तै, निलोपुल नजिक १ रोपनी १५ आना २ पैसा ३ दाम, घले बस्तीमा ८ रोपनी १४ आना ३ दाम, भत्केको पुल नजिक १२ रोपनी १२ आना १ पैसा १ दाम, बैजनी पुलमा १२ रोपनी ८ आना २ दाम र कालोपुलमा ११ रोपनी ११ आना ३ पैसा २ दाम अतिक्रमण भएको छ ।
अर्कोतर्फ, बुढानीलकण्ठ नगरपालिकाभित्र पर्ने एचआर पेट्रोल पम्पले १७ रोपनी ११ आना ३ पैसा र लोयोलिटी स्कुल ले ५ रोपनी ६ आना ३ पैसा २ दाम जग्गा मिचेको विवरणमा उल्लेख छ । सो क्षेत्रमा करिब ५५ रोपनी पर्ती खुला जग्गा पनि विभिन्न संरचना बनाएर अतिक्रमण गरिएको पाइएको छ ।
प्राधिकरणका का अनुसार, धोवीखोला करिडोरमा मात्र करिब २५ सय रोपनी सार्वजनिक जग्गा मिचिएको अनुमान छ ।   महानगरपालिकाले यसअघि पनि धोवीखोला, टुकुचा, विष्णुमती र मनोहरा करिडोर क्षेत्रमा डोजर चलाएर मापदण्ड विपरीतका संरचना हटाउने प्रयास गरेको थियो ।
तर धेरैजसो ठाउँमा कानुनी प्रक्रिया र सरकारी सहयोग नपाएपछि काम अधुरै रह्यो ।तीन वर्षअघि थापाथलीमा सुकुम्वासी बस्ती हटाउने क्रममा स्थानीय प्रतिकार भएपछि महानगरले डोजर रोक्नु परेको थियो । त्यसबेला महानगर प्रहरीहरू घाइते समेत भएका थिए ।
महानगरले त्यसपछि प्रहरी र सरकारसँग सहयोग मागेको थियो, तर आवश्यक सहयोग नपाएपछि अभियान रोकिएको थियो । यस पटक भने जसरी पनि अतिक्रमित जग्गा फिर्ता ल्याउने योजना रहेको महानगर प्रहरीले बनाएको छ ।
महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभाग भवनको बेसमेन्ट खाली गराइसकेको छ । ‘पार्किङका लागि’ भनेर नक्सा पास गरेकामा अन्य प्रयोजनका लागि प्रयोग भएको पाइएपछि बेसमेन्ट खाली गराइएको हो ।
नयाँ बानेश्वर क्षेत्रका भवन अवलोकन गरी अवैध रूपमा बनाइएका संरचना र अवैध रूपमा ‘अन्डर ग्राउन्ड’मा व्यवसाय सञ्चालन गरिएका घरमा महानगरले एक्सन लिइसकेको छ । महानगरले डोजर चलाएरै न्युरोडस्थित आरबी कम्प्लेक्स अगाडिको संरचना पनि भत्काएको छ ।
मेयर बालेनले दरबारमार्ग पुगेर नक्सा पासबिना संरचना बनाइएको भएमा तुरुन्तै हटाउन निर्देशन दिएका थिए । महानगरको टोलीले बालाजु क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।
अवैध संरचना हटाउने अभियानमा निस्एिका बालेन फेरि फोहोर राजनीतिले भने घेरिएका छन् ।  नुवाकोटस्थित ल्यान्डफिल्ड  साइटमा फोहोर विर्सजन गर्न अवरोध गरेपछि काठमाडौं महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ ।
काठमाडौं उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तबरले राख्न आग्रह गरेको हो । महानगले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घरर कम्पाउण्डमा सुरक्षित तवरले राख्न वातावरण व्यवस्थापन विभागले भनेको छ ।
फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न समेत अनुरोध गरेको छ । बञ्चरेडाँडाका स्थानीयहरुले विभिन्न माग राख्दै फोहोर बोकेको गाडी बीच बाटोमै रोकेका छन् । जसको कारण उपत्यकामा फोहोरको समस्या फेरि बल्झिएको छ ।
मन्त्री र मेयर बालेन साहले आएर स्थानीयुसँग वार्ता गर्नुपर्ने माग राखेका छन् ।  बालेनको सुरु भएको डोजर अभियान र फोहोर व्यवस्थापनमा सुरु भएको अवरोध बारे तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top