×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

१७ कार्तिक २०८२

१६ कार्तिक , काठमाण्डौ ।

चिनियाँ राष्ट्रपति सी जिंगपिङ र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङबीच ग्यङ्जुमा भएको भेटवार्ता जति कूटनीति र द्विपक्षीयरुपमा महत्वपूर्ण छ त्यतिनै यी दुई नेताबिच सो क्रममा भएको हास्य, ब्यंग्य अनि सन्देश उति नै रोचक छ, जसले धेरैको ध्यान खिचेको छ ।

११ वर्षपछि पहिलोपटक सीले अमेरिकाको निकट सहयोगी देश दक्षिण कोरिया भ्रमण गरेका हुन् । यो क्रममा उनले कोरियाली राष्ट्रपति लीलाई दुईवटा शाओमी मोबाइल फोन उपहार दिए । त्यसक्रममा उनले हाँस्दै भने, ‘हेर्नुहोस् त, कुनै ब्याकडोर छ कि छैन ।’

त्यो सुनेर दुवै देशका अधिकारीहरू हाँसे । तर, त्यो मजाकभित्र प्राविधिक विश्वास र राजनीतिक अविश्वासको गहिरो सन्देश लुकेको थियो । शाओमी फोन उपहारको छनोट सामान्य थिएन । शाओमी चीनको प्रमुख प्रविधि ब्रान्ड हो र यसले चीनको नयाँ पुस्ताको औद्योगिक महत्त्वाकांक्षा देखाउँछ ।

सीले यो उपहार सामसङको मुलुकमा ल्याएर प्रतिस्पर्धा र आत्मविश्वासको सन्देश दिन खोजेका हुन् । चीनले हालसालै ल्याएको पाँच वर्षे आर्थिक योजनामा पनि प्रविधिमा आत्मनिर्भरतालाई मुख्य लक्ष्य बनाएको छ ।

राष्ट्रपति लीले सीलाई गो नामको पुरानो रणनीतिक खेल खेल्ने उच्च गुणस्तरको काठको बोर्ड उपहार दिएका थिए । त्यो खेल नै यी दुई देशबीचको सूक्ष्म कूटनीतिक सन्तुलनको प्रतीकजस्तो देखिन्थ्यो ।

तर, जब लीले शाओमी फोनको सुरक्षा कस्तो छ भनी सोध्दा सीले हाँस्दै तपाईं आफैं हेर्नुहोस्, ब्याकडोर छ कि छैन भनी जवाफ दिए । यस संवादले दुनियाँका ठूला देशबीच प्रविधि र विश्वासको गहिरो समस्या रहेको देखाएको छ ।

ब्याकडोर शब्दले अहिलेको ठूलो विवादलाई स्मरण गराउँछ । कुन देशको प्रविधि सुरक्षित छ, कुनले निगरानी गर्छ र कसले कसको डाटा हेर्छ भनी ब्याकडोरले इंगित गर्छ । यही कारणले नै अमेरिका र उसका सहयोगीहरूले ह्वावे र अरू चिनियाँ कम्पनीहरूमा कडा प्रतिबन्ध लगाएका छन् ।

सीको ठट्टाले यो मुद्दालाई हल्का बनाएको देखिए पनि त्यसले चीनको आत्मविश्वास पनि देखाएको छ । अब चीनले आफूलाई कमजोर ठान्दैन भन्ने कुरा यसबाट प्रमाणित भएको छ । सीको त्यस भनाइ अमेरिकामाथिको सानोतिनो व्यंग्य हो ।

केही समयअघि अमेरिकाले विदेशमा बेचिने उन्नत चिपमा ट्य्राकिङ फङ्सन राख्ने प्रस्ताव गर्दा चीनले यसको कडा विरोध गरेको थियो । त्यतिबेला अमेरिकी कम्पनी एनभिडियाले आफ्नो चिपमा कुनै ब्याकडोर नभएको स्पष्ट पार्नुपरेको थियो ।

सीको मजाक त्यस घटनाको प्रतिध्वनिका रूपमा लिइएको छ । निगरानी गर्दा अब दोषी को हो भनेर भन्न सजिलो छैन भन्ने एक किसिमको सन्देश यसबाट गएको छ । यो घटना एशिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) सम्मेलनपछि भएको हो ।

त्यहाँ सीले चीनलाई क्षेत्रीय स्थिरता र विकासको केन्द्रका रूपमा प्रस्तुत गर्न खोजे । दक्षिण कोरिया भने अमेरिका र चीन दुवैसँगको सम्बन्ध सन्तुलनमा राख्न खोजिरहेको देश हो । राष्ट्रपति लीका लागि यो भ्रमण अवसर र चुनौती दुवै थियो ।

अमेरिकासँगको सुरक्षा सम्बन्ध कायम राख्दै चीनसँगको आर्थिक सहकार्य पनि नटुट्ने गरी अघि बढ्नु दक्षिण कोरियाको लक्ष्य हो । बैठकमा लीले उत्तर कोरियासँगको वार्ता पुनः सुरु गर्नका लागि सीसँग सहयोग मागे ।

सीले सहकार्य बढाउन र साझा चुनौतीहरूसँग मिलेर सामना गर्न तयार रहेको बताए । यसको अर्थ चीन वार्ताको विपक्षमा छैन, तर अमेरिकाको योजना अनुसार दबाब दिन पनि चाहँदैन । तनाव नियन्त्रणमा रहोस् तर आफ्नो प्रभाव कायम रहोस् भन्ने चीन चाहन्छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top