×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

१८ कार्तिक २०८२

१७ कार्तिक , काठमाण्डौ ।

दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले राजनीतिक दल खोल्ने भएका छन् । सुशीला कार्कीको क्याबिनेटमा मन्त्री बन्ने सूचीमा परेर पनि शपथ खाने बेला नाम काटिएका सुनारले अब राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

Advertisement
Advertisement

सुनारले आफू राजनीतक पार्टी गठनको तयारीमा रहेको बताएका छन् । यसका लागि उनले पार्टीको नाम, झन्डा, चुनाव चिह्न तथा एजेन्डा के कस्तो राख्दा ठिक होला भनेर सामाजिक सञ्जालमा सुझाव मागेका छन् ।

‘हामी राजनीतिक पार्टी निर्माणको तयारीमा जुटिरहेका छौँ। पार्टीको नाम, चुनाव चिह्न, झन्डा, एजेन्डा के कस्तो राख्दा ठिक होला? तपाईँको सुझाव के छ’, उनले भनेका छन्, ‘र, पार्टीमा आबद्ध हुन चाहने साथीहरू पनि सम्पर्कमा आउनूस्।’

यही कात्तिक ९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न ठिक्क परेका बेला सुनारका मुद्दासम्बन्धी विवाद सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले नाम हटाएकी थिइन् ।यसैबीच फागुन २१ गतेका लागि निर्वाचन तोकिएयता राजनीतिक दल गठन गर्ने क्रम बढेको छ ।

आइतबार मात्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगबाट श्रम संस्कृति पार्टीको दर्ता प्रमाणपत्र लिएका छन् । यससँगै अब मुलुकमा एक सय २५ पार्टीले दलका रूपमा मान्यता पाएको आयोगले जनाएको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलनपछि अरू १६ वटा पार्टी दलका रूपमा मान्यता पाउन पाइपलाइनमा छन् । आयोगका अनुसार जेनजी आन्दोलनपछि आयोगमा १७ वटा राजनीतिक दल दर्ताका लागि निवेदन परेका छन् ।

आयोगका अनुसार दल दर्ताका लागि हालसम्म बुद्ध एयरका मालिकसमेत रहेका वीरेन्द्रबहादुर बस्नेतको गतिशील लोकतान्त्रिक पार्टी, सुरेन्द्र भण्डारीको नेपाल नागरिक पार्टी, ज्ञानेन्द्रकुमार तामाङको उज्यालो नेपाललगायतका पार्टीबाट दल दर्ताका लागि आयोगमा निवेदन परेको छ ।

आयोगका अनुसार दल दर्ता प्रक्रिया आयोगको नियमित प्रक्रिया हो, तर यही फागुन २१ मा घोषणा गरिएको निर्वाचन प्रक्रियामा सहभागी हुन आयोगले आगामी मंसिर १ देखि १० सम्म निवेदन दिन सबै दलहरूलाई सूचना जारी गरेको छ ।

यसबीच धेरैको चासो भनेको काठमाडौंका मेयर बालेन साह र तीनवटा मन्त्रायल सम्हालिरहेका कुलमान घिसिङले कहिले नयाँ पार्टी दर्ता गर्ने हुन् वा रास्वपामा जालान् वा अन्य के गर्लान् भन्नेमा रहेको छ ।

तर अहिलेसम्मको चर्चा र भएका छलफलहरु हेर्दा बालेनले स्वयंको नेतृत्वमा कुनै दल नखोल्ने तर कुलमानलाई अध्यक्ष बनाएर नयाँ दल वा रास्वपामा जाने भन्नेमा बहस अघि बढेको छ । यसमा पनि रास्वपासंग भएका अहिलेसम्मका छलफलमा सहमति जुटिनसकेको अवस्थामा अब यो खेमाले नयाँ पार्टी खोल्न लागेको चर्चा बढेको छ ।

अब बालेन, कुलमान र सुमना श्रेष्ठको पहलमा नयाँ दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । बालेन, घिसिङ र सुमनाको कोर टिमबीच हाल दैनिक छलफल भइरहेको छ । घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभामा भाग लिन दिल्लीबाट स्वदेश फर्किसकेका छन् ।

अबको केही दिनमै नयाँ दल दर्ता र पदाधिकारी घोषणा हुने बताइएको छ । यो नयाँ पार्टीमा रास्वपाका असन्तुष्ट नेताहरू तोसिमा कार्की, गणेश कार्की, मुकुल ढकाल लगायत समेटिने तयारी छ। त्यस्तै, हालका जेन–जी आन्दोलनका प्रतिनिधिहरू, पुराना विवेकशील–साझा पार्टीका कार्यकर्ताहरू, र नेपाली कांग्रेस तथा एमाले छाडेका युवा नेताहरू समेत नयाँ दलमा जोडिँदै छन् ।

विशेषतः जेन–जी आन्दोलनमा सक्रिय भूमिका खेलेका कलाकार निश्चल बस्नेतलगायत केही सांस्कृतिक अभियन्ताहरूलाई पनि नयाँ दलमा समेट्ने तयारी भइरहेको बुझिएको छ । धरानका मेयर हर्क साम्पाङ, नेपालगन्जका मेयर गोपी हमाल र जेन–जी अभियन्ता मिराज ढुंगाना समूहसँग पनि छलफल जारी रहेको बताइएको छ ।

यद्यपि हर्कले दलको प्रमाणपत्र लिइसकेको अवस्था छ । यता बालेनले आफ्ना नजिकका सहयोगीहरू कुमार बेन, सुमना श्रेष्ठ, भुपदेव शाह र सन्तोष गिरीलाई संगठन संरचना र नीति निर्माणको जिम्मा दिएका छन् ।

सन्तोष गिरीलाई संगठन विभागको प्रमुख बनाउने प्रस्ताव अघि सारिएको छ । बालेन जनप्रतिनिधिको हैसियतले प्रत्यक्ष रूपमा दल सञ्चालनमा नदेखिए पनि आफ्ना नजिकका नेतामार्फत रणनीति तय गर्दै छन् ।

यो नयाँ दलले जेन–जी आन्दोलनको विचार, सुशासन, पारदर्शिता र युवाको नेतृत्वलाई मूल एजेन्डा बनाउनेछ । यसैबीच फागुन २१ को निर्वाचन प्रयोजनका लागि एक लाख चार सय ७५ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगका अनुसार २०६४ फागुन २० सम्म जन्मिएका नेपाली नागरिकले फागुन २१ को निर्वाचनमा भाग लिन सक्ने छन्। आयोगले अनलाइनबाट मतदाता नामावलीमा नाम राख्न सकिने व्यवस्था मिलाएको छ ।

Advertisement

फोटो खिचाउन भने नजिकैको निर्वाचन कार्यालयमा जानुपर्ने व्यवस्था छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८० लाख मतदाता थिए । आयोगले मतदाता नामावलीमा नाम राख्न आगामी कात्तिक ३० सम्मको समय दिएको छ । कात्तिक ३० पछि अनलानइनबाट फाराम भर्न नसकिने व्यवस्था आयोगले मिलाएको छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top