NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

दुर्गा प्रसाईंलाई अब दिल्लीले त्यागेको हो ?

मङ्लबार कार्तिक १८ , २०८२
Reading Time: 1 min read
A A
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ कार्तिक , काठमाण्डौ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सत्तामा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेको हिन्दू राष्ट्रवादी संस्था राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस)सहित, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथहरुले पनि नेपालमा हिन्दुराज्य र राजसंस्था पुनर्वाहालीका लागि निकै प्रयास गर्दै आएको ओपन सिक्रेट जस्तै छ ।

भारतीय मठाधिसहरु, धर्म गुरुहरु नेपाल आएर यसका लागि प्रवचन दिनेदेखि यहाँका हिन्दुवादी संघसंस्थामा लगानी गरेका कुराहरु प्नि आए । नेपालका पूर्वराजालाई हिन्दु नरेश भन्दै आदित्यनाथसहितले विशेष सम्मानसमेत दिए ।

LS Auto

पछिल्लो पटक काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा निस्किएका र्याली, प्रदर्शनहरुमा योगीका फोटोसहित आरएसएसको पोस्टर पनि देखियो । यद्यपि भारतीय पक्षले यसको खण्डन पनि गरेको थियो ।

तर भारतको हिन्दु पक्षधरहरुले नेपालमा हिन्दुराज्य चाहेको र राजसंस्थालाई पनि स्पेस दिलाउनका लागि प्रयास गरेका कयौं उदाहरणहरु र दुवैतर्फका कुटनीतिज्ञहरुका बयानहरु पनि आइरहेकै थिए ।

यसबीच राजसंस्था पुनस्थापनासहित हिन्दु राज्यका लागि राप्रपासहितका राजावादी दल वा समूहहरुलाई ओभरटेक गर्दैै नेपालमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ एकाएक उदाए । एकाएक किन भने यसअघि उनी माओवादी हुँदै एमालेका कट्टर कार्यकर्ता भएका थिए ।

तर मेडिकल कलेजलाई सम्वन्धनसहितका आफ्ना स्वार्थ पूरा नहुने देखिएपछि उनले प्रचण्ड र ओलीसंग दूरीमात्रै बढाएनन्, उनीहरुको विरुद्धमा धाराप्रवाह वाकयुद्ध सुरु गरे । त्यसपछि राजावादी पथमा हिड्न थाले ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक भए । पूर्वराजालाई झापामा बोलाएर कार्यक्रम गरे, नागरिक अभिनन्दनका गराए । राजावादीकै एजेण्डाका लागि मेचीदेखि महाकालीसम्म बैंकका ऋणी, सहकारी र लघुवित्त पीडितहरुलाई सडकमा उतारेर कार्यक्रम गर्दैआए ।

पछिल्लो पटक चैत्र १५ मा काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनको कमाण्डर भएपछि उनी झनै चर्चाको शिखरमा पुगे । सो प्रदर्शनलाई उग्र बनाएको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा उनी भागेर भारत पुगे ।

केही दिनपछि नेपाल फर्किदा प्रहरीको नियन्त्रणमा पुगेर, पूर्पक्षका लागि केही महिना कारागारमा समेत रहे । रिहा भएपछि केही दिन शान्त रहेका उनी जेनजी आन्दोलनपछि एकाएक फेरि सक्रिय भएका छन् ।

जेनजीले राजनीतिक उथलपुथल पारेपछि त्यसको एक स्टकहोल्डरका रुपमा सैनिक मुख्यालयमा समेत पुगे । उनको यो मुभले धेरैलाई आश्चार्यचकित नै बनायो । दुर्गा प्रसाईँ एक्लै छैनन्, उनका पछाडि ठूलै शक्ति छ र त्यो भारत हो भन्नेहरुलाई ठूलै बल दियो ।

अब प्रसाइँले आगामी मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र त्यसले व्यवस्था नै परिवर्तन गर्ने भन्दै चेतावनीसहित जनताहरुलाई सो अवधिका लागि तयारी गर्न समेत आह्वान गरेका छन् । यसैबीच भारतीय पक्षबाट भने दुर्गा प्रसाईँ, उनको अभियान वा आन्दोलनमा आफ्नो कुनै सरोकार नभएको भन्दै खण्डनहरु आउन थालेको छ ।

भारतीय सञ्चारमाध्यम एनडीटिभीका अनुसार भारत सरकारले नेपालका राजतन्त्रवादी व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक अभियानप्रति आफ्नो कुनै चासो र सम्बन्ध नभएको बताएको छ । क्यान्सर उपचारका लागि प्रसाईं यसै हप्ता भारत आइपुगेको तर उनले यस भ्रमणलाई ’नेपालको राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापना गर्ने अभियानका लागि भारतीय नेताहरूसँग सम्पर्क गर्ने र नैतिक समर्थन प्राप्त गर्ने प्रयास’ भनेका छन् ।

तर भारतीय अधिकारीहरूले उनका गतिविधिमा भारतको कुनै संलग्नता वा चासो नभएको बताएका छन् । कूटनीतिक र सुरक्षा स्रोतहरूका अनुसार बरु भारतीय अधिकारीहरूले प्रसाईंको राजनीतिक सक्रियतालाई एक अनावश्यक विचलनका रूपमा हेरेका छन् र नेपालको निर्वाचित सरकारसँग स्थिर सम्बन्ध कायम राख्न र यसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारत अडिग देखिएको छ ।

यस विषयका जानकार एक अधिकारीले एनडीटीभीसँग भनेका छन्, ‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबी नगर्न चेतावनी दिएका छन्।’

दिल्लीका अधिकारीहरू प्रसाईंले गरेको भारतीय सहानुभूतिको दाबीबाट चिढिएको भनेर समाचारमा उल्लेख छ । ‘प्रसाईंको राजनीतिसँग भारतको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध छैन’, नेपालसँग कूटनीतिक सम्बन्धमा संलग्न एक वरिष्ठ अधिकारीले भने, ‘उनका गतिविधिलाई भारतबाट कुनै समर्थन छैन।’

कूटनीतिक र सुरक्षा स्रोतहरूका अनुसार, भारतीय अधिकारीहरूले प्रसाईँको राजनीतिक सक्रियतालाई एक अनावश्यक झन्झटका रूपमा लिएका छन् । अहिले भारत नेपालको निर्वाचित सरकारसँग स्थिर सम्बन्ध कायम राख्न र नेपालको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेपको अनुभूति हुन नदिनमा सचेत छ ।

एनडीटीभीसँग कुरा गर्दै विषयसँग परिचित एक अधिकारीले भने, ‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईँलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबी नगर्न चेतावनी दिएका छन् ।’

स्रोतले प्रसाईँ वा उनका छोरा दुवैले यस भ्रमणका क्रममा कुनै पनि भारतीय सरकारी वा पार्टीका प्रतिनिधिसँग भेटघाट गर्न नसकेको बतायो । तर भारतीय मिडियामा प्रकाशन भएको यो खबरलाई प्रसाईले भने अफवाह भएको भन्दै खण्डन गरेका छन् ।

उनले समाचारलक्षित गर्दै समाजिक संजालमा लेखेका छन्, अबको आन्दोलन कसैको इसारामा होइन, यो आन्दोलन नितान्त नेपालीको, नेपाली माटोको र नेपाली आत्मसम्मान र स्वाभिमानको आन्दोलन हुनेछ, म निजि काममा भारतमा छु।

तर विदेशी डलरमा चल्ने केही झोले मिडियाहरूले दुर्गा प्रसाइको भारत दुरी भ्रामक शीर्षकका समाचार फैलाइरहेका छन् । त्यसप्रति मेरो घोर आपत्ति छ। म स्पष्ट रूपमा भन्छु — अहिले म कसैसँग भेटघाटमा छैन।यदि कोही कसै संग भेट भए फोटोसहित प्रमाण सार्वजनिक गर्ने छु ।

आन्दोलनलाई लिएर भ्रम नफैलाऔँ, देशलाई अझै भद्खालो मा हाल्ने काम नगरौ, सत्य र देशप्रेमको बाटोमा दृढ रहौँ, यो आन्दोलन कुनै विदेशी शक्तिको आडमा होइन, यो आन्दोलन हाम्रो बैदिक सनातन धर्मको रक्षा, हिन्दु राज्य पुनस्र्थापना, र राष्ट्रिय स्वाभिमान पुनर्जागरणको पवित्र अभियान हो। यो नेपालको अन्तिम निर्णायक लडाइँ हो, जहाबाट स्थायी शान्ति र एकताको युग सुरु हुनेछ।

आगामी मंसिर ७ गतेदेखि सुरु हुने अनिश्चितकालीन देशव्यापी आम हड्ताल सहितको आन्दोलन हाम्रो राष्ट्रिय स्वाभिमान, आत्मनिर्भरता र स्वतन्त्रताको प्रतीक हुनेछ । उनले थप लेखेका छन्, अर्को कुरो धर्म भुसालजी को झुटको खेति गर्ने अनलाइन ले दुर्गा प्रसाई लाइ भारतले डिपोट गर्ने शीर्षकको समाचार देखेर नै म त्रिभुवन बिमानस्थल हुदै नेपाल एयरलाइन्स बाटै भारत आयको हु। अनलाइनको झुटको खेति येति ले पुस्टि भएन र ?

गएको चैतमा उनकै नेतृत्वमा आयोजना भएको आन्दोलन हिंसात्मक बनेपछि उनी भागेर भारत गएका थिए । भारतले उनलाई पक्राउ गरेर नेपाललाई बुझाएको थियो । प्रदर्शनको क्रममा समर्थकहरूले दर्जनौं सार्वजनिक र निजी भवनहरूमा आगजनी गरेका थिए । सो घटनामा प्रसाईविरुद्धको मुद्धा अहिलेपनि अदालतमा विचाराधीन छ ।

Tags: #दुर्गा प्रसाईं

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन
ताजा समाचार

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.